[Show all top banners]

Mr Nepal99
Replies to this thread:

More by Mr Nepal99
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के संचारकर्मी पनि 'साम्प्रदायिक' हुन मिल्छ !
[VIEWED 10453 TIMES]
SAVE! for ease of future access.
Posted on 05-24-12 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-जेवी पुन मगर


आज आदिवासी जनजाति महासंघको बन्दले जातीय ध्रुवीकरणको राजनीतिलाई देखिनेगरि बाहिर ल्याइदिएकोछ । आङकाजीलाई उग्र मन्तब्यका निम्ति उत्तेजित पार्न प्रश्न गर्ने पत्रकार र उत्तेजित भएपछि विरोध गर्न उनलाई हातपात गर्न र शेर्पालाई बाहिर पठा भनि नाराबाजी गर्ने पत्रकारहरु पत्रकार कम जातीय संस्थाका कार्यकर्ता बढी लाग्छन् । नेपाली पत्रकारिताको सबैभन्दा विद्रुप यस्तै रुपले आज संचारकर्मीहरुमाथि हातपात हुनु सामान्य हुन थालेकाछन्, जुन आज बन्दको क्रममा पनि भयो ।

पत्रकार कुनै जाति, धर्म र पार्टीको हुदैन तर नेपालमा सबैभन्दा बढी यो पेशा जाति र पार्टी सापेक्ष छ । दलका भातृसंगठन नै भएर काम गरिरहेकाहरुले कस्तो ब्यावसायिकता निभाउलान् भनेर बहस नगर्दा पनि हुन्छ । ति पक्का कार्यकर्ताकै रोलमा छन् । तर जातीय कार्यकर्ताको रोलमा पनि खुलेर देखिईनु शुभसंकेत होइन ।

मधेस आन्दोलनमा एउटा प्रश्न उठेकोथियो - पत्रकार महासंघ २०४६ सालको बहुदल ल्याउन र २०६२-६३ को आन्दोलन गरि राजतन्त्र फाल्न सडकमा उत्रेकोथियो । तर त्यहि महासंघ किन मधेस आन्दोलनमा चुप रहयो । बरु उल्टै पत्रकारले आन्दोलनलाई भारतीय र आपराधिक भनेर दुष्प्रचार गरे । यहि आरोपका बलमा मधेस आन्दोलनमा संचारकर्मीहरुमाथि आक्रमण भएकाथिए । त्यतिबेला मधेसी पत्रकारहरुले महासंघको समानान्तरण संघ नै खोलेकाथिए ।

अहिले त्यहि कुरा फेरि जनजातिले पनि दोहोर्याएकाछन् । अखण्ड सुदुरपश्चिमका नाममा भएका र बाहुन क्षेत्रीले जातीय राज्यको विरुद्धमा गरेका आन्दोलनलाई कभर गर्नेहरुले सुदुरमा भएको थारु आन्दोलनलाई किन कभर नगरेको । जबकी त्यो अखण्ड सुदुरको भन्दा डबल थियो । त्यसको फोटो समेत दिइएन भनिदैछ । यसले ठूलो असर पार्छ ।

वेव पोर्टलहरुमा भएका समाचारहरुका अनुसार, जातीय संघीयतको विरोधमा भएको भनिएको आन्दोलनले नवलपरासीमा थारुको सग्रहालय जलाउछ । पोखरामा लखन थापाको शालिक तोडफोड गर्छ । ( मगर भएकोले ? ) त्यसो गरेको भन्दै सडकमा निस्केकालाई प्रहरीले गोली ठोक्छ । तर त्यो समाचार महत्वमा पर्देन ।

त्यहि माथि सरकारले एक दिन बन्द गरेका बाहुन क्षेत्री आन्दोलनको माग सकारै पूरा गरिदिन्छ । आदिवासी घोषणा गरेर नुनचुक थपिदिन्छ । यसको प्रभाव र असर बारे संचारकर्मीको कलम चल्दैन । यसरी जातीय हिंसा भड्काउने काम स्वंय हामी संचारकर्मी र सरकारकै ब्यवहारका कारण भैरहेकोछ ।

करिब ९० प्रतिशत बाहुन क्षेत्री समूदायको पकडमा नेपाली संचारमाध्यम रहेकोले यस्तो राजनीति गरिएको बुझाई यी समूदायहरुको छ । सघन बन्दै गएको यस्तो मानसिकताले नेपाली संचार जगतलाई थप चुनौती थपिदिएकोछ ।
भोलि पत्रकार महासंघले विरोधमा आन्दोलन गर्ला तर त्यसको सन्देशलाई माथिको मानसिकताले परिभाषित गरिनेछ जुन प्रत्युत्पादक हुने पक्का छ । यस्तो बेला राज्य र दल भावुक भई जातीय उग्रता बढाउन थाल्यो भन्दैमा पत्रकारहरु पनि त्यसमा फँस्नु हुँदैन ।

यतिबेला पत्रकारले सबैभन्दा बढी ब्यावसायिकता देखाउन जरुरी छ । महासंघ स्वंय ब्यावसायिक संस्था भएकोले उसले गर्ने निर्णय सबैभन्दा महत्वपूर्ण छ । यसका नेतृत्वले ठंडा दिमागले सोंचेर यस अघि राजा फाल्न र बहुदल ल्याउन भएका आन्दोलन भन्दा यो नितान्त भिन्न छ भन्ने बुझ्नुपर्छ । पहिचान केन्द्रित यस्ता आन्दोलन भावना केन्द्रित हुन्छन त्यसैले कुनै प्रतिक्रिया दिदा त्यसले प्रतिक्रियाको राजनीति जन्माउला नजन्माउला र कस्तो ब्याख्या विश्लेषण गरिएला भन्ने कुरा सोंच्नुपर्छ । अर्को महत्वपूर्ण कुरा के नभुलौं भने हिजों महासंघले आन्दोलन गरेको सत्ता विरुद्ध हो जबकि अहिले उठिरहेका आन्दोलन अधिकारका निम्ति सत्ताविरुद्ध केन्द्रित छन् ।

यतिबेला सबै संयत्र दुर्वल भएकोबेला आन्दोलनकारीहरुले पत्रकार महासंघको औचित्यमाथि पनि प्रश्नचिन्ह उठाईदिए भने भोलि विभिन्न आन्दोलनका नाममा हुने दादागिरीको खबरदारी गर्ने संयन्त्र भुत्तो हुने डर रहन्छ । त्यसैले संचारकर्मी मित्रहरु उत्तेजित नहोंऊ । संयम धारण गरौं । लेखेर संवाद गरौं । समस्या सुल्झाउन मदत गरौं ।

मीडिया पनि समाजको एउटा अंग हो । त्यसमा काम गर्ने संचारकर्मी पनि नेपाली समाजबाट आएका प्राणी हुन् । ती भिन्न हुन्छन् भन्ने कोरा कल्पना र अपेक्षा हामीले राख्नु हुदैन । तर पत्रकार भैसकेपछि केहि न्यूनतम धर्म निर्वाह गर्नेपर्ने हुन्छ । जनजाति महासंघको पत्रकार सम्मेलनमा पत्रकारहरु जसरी लड्न उद्दत हुन्छन् ( फेसबुकमा छ्यास्छ्यास्ती रहेको भिडियो हेरौं ) त्यस्तो काम संचारकर्मीको होइन । आन्दोलनकारी त्यसै त उत्तेजित हुन्छन् तिनलाई उत्तेजित पार्नु पनि हाम्रो धन्दा होइन । शेर्पा उत्तेजित भए भन्दैमा पत्रकारले पाखुरा सुर्कनु मुर्खता सिवाय केहि होइन । लेखेर हो विरोध जनाउने । भिडेर होइन । त्यसैले हो, पत्रकारलाई चौथो अंगको मान्यताको सेरोमोनियल मान्यता दिइएको ।

रहयो कुरा, सापेक्षिकता र निरपेक्षताको नेपाली पत्रकारिता कति स्वतन्त्र, कति सापेक्ष कति निरपेक्ष छ भन्ने बारेमा एउटा थेसिस नै तयार हुनसक्छ । तर त्यसका निम्ति नेपाली पत्रकारले प्रायश गर्न दुख मान्ने अध्ययनको भने नितान्त जरुरी छ ।
के नभुलौं भने बजारवादले च्यापेको मीडियाको आफ्नो स्पष्ट ऐजेण्डा हुन्छ । उसको आफ्नो मिसन हुन्छ । नेपालमा त्यो वाहेक अर्को पनि स्वार्थ थपिएकोछ । त्यो देखिदैन । अपृश्य छ । सिके लालकै शब्दमा नेपालका मीडिया परम्परागत सत्ता बचाउन सधै अग्रमोर्चामा छन् ।

नेम चोस्कीले त्यसै भनेका होइनन् । ब्यापार गर्न भनि खुलेका मीडिया कसरी हुन्छ स्वतन्त्र ? उ जे गर्दा आफ्नो ब्यापार फस्ताँउछ त्यहि गर्छ । त्यसैले पत्रकारहरुले के नविर्सो भने जातीय अग्राधिकार जस्ता अलोकतान्त्रिक पद्धतिको विरोधमा कलम चलाउउने पत्रकारहरुले आफुले होल्ड गर्न चाहने अग्राधिकारको वारेमा पनि सचेत हुन जरुरी छ ।

पत्रकार सर्वज्ञाता हुन्छन् र सर्वलौकिक हुन्छन् भन्ने जस्ता अति रुढ मान्यतामा हुर्केको नेपाली पत्रकारिताका विद्याथीले पेशागत अंहता त्यागेर आफ्नो पेशागत मर्यादालाई मात्र ख्याल राख्ने हो भने धेरै समस्याको समाधान हुन्छ । फेरि दोहोर्यउछु - कसैलाई अग्राधिकार जस्ता तानाशाहिता अभ्यास गर्ने अधिकार दिईनु हुदैन तर पत्रकारले पनि पत्रकार भएकै नाताले त्यस्तो तानाशाहिता देखाउने कुनै अग्राधिकारको माग गर्नु हुदैन । त्यो नैतिकता र पेशागत मर्यादा कुनैले पनि दिदैन ।

हामीकहाँ पत्रकार समाजसेवा गर्न निस्केका ठूला त्यागी हुन् भन्ने भ्रम छर्न खोजिएकोछ, जुन सोहै आना गलत हो । आफुलाई विशेष दर्जा दिईनुपर्ने अग्राधिकारको माग त्यसै कारण राखिदै आइएकोछ । तर ति पेट पाल्न आएकाहुन् । एउटा ब्यापारिक प्रतिष्ठानको सामान्य मुलाजिम हुन् भन्ने कुरा बताउन खोजिदैन । यस्तो यथार्थ बुझाएपछि सबै भ्रमको तुँवालो हट्छ । स्वंय पत्रकार पनि यस्तो दिग्भ्रमित यातनाबाट मुक्त हुन जरुरी छ ।

 
Posted on 05-24-12 8:08 AM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Last edited: 24-May-12 08:09 AM

 
Posted on 05-24-12 1:10 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्न भन्दा भन्दै पनि हूईने वातावरण लाइ दोस दिदै सन्तोस गरौ ??????  



 
Posted on 05-24-12 1:20 PM     [Snapshot: 159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K patrakar ko bich ma basera patrakar lai nai marchu bhanna milcha angkaji le.   Patrakar haru reporters club ma Angkaji ra janjati ko news cover garna aakai thiye. Tara patrakar lai  bahun bhandai  marchu bhanne lai kasari sahan garna sakincha.

 
Posted on 05-24-12 2:04 PM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Got tired of this ethnic shiat.... Keep it to urself
 
Posted on 05-24-12 6:10 PM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन मगर जी,
कोइ पनि सम्प्रदैक हुन मिल्दैन न नेता, न जनता, ना पत्राकर आनी कसै लै पनि धम्कि दिन मिल्दैन प्रजातान्त्रिक गणतन्त्र मा. यहाँ गान्धी कोइ पनि छैन, एउटा गाला मा थप्पड हानेपछि अर्को गाला थाप्ने. अमेरिका मा  भए आंग काजी  को राजनीतिक जिबन समाप्त हुने थियो तेसरी धम्कि दिदा. प्रजातान्त्रिक र खुल्ला समाज मा धम्कि दिन मिल्दैन. कोइ नपुसक पनि होइनां, बाकि राख्दैनौ भन्दा पनि चुप लाग्ने. आंग काजी  ले तेसरी उत्तेजित भएर  " बाकी राख्दैनउ "  भनेको सानो कुरा होइन. नयूटन भन्ने बैज्ञानिक थिए तिनले भनेका थिए "   to every action there is equal but opposit reaction "

मलाइ के अचम्म लगिराछा भने धेरै थुप्रै मान्छे हरुले आंग काजी को समर्थन गर्नु , जब हाम्रो स्तर , नै एस्तो छ, आफ्नो  समाचार छापियेना  भने बाकी नराख्ने रे, आफ्नो चाहि त्यो स्तर, अनी अरु बाट कुन स्तर खोज्ने?
हेर्दै जानुस, देश जातिय राज्य मा नै गए पनि सबै को समाचार सबै ले छाप्दैनान अनी  आफ्नो समाचार नछपने जति सबै लाई बाकि नराख्ने ? 
ल भनौ, पत्रकार सम्प्रादैक भए रे, तिनी हरुले, बाउन को मात्र समाचार छापे रे , तिनीहरुले तेसो गरे भन्दै मा तिनीहरु लाई बाकि नराख्ने अधिकार कसै लाई पनि हुदैन

अनी तिब्बत बाट आको मान्छे ले खस लाई आदिबासि होइन भन्न  मिल्छ ? आफु चाहि  आदिबासी आरु चाहि  होइन रे. आफु खुसि आफैलाई आदिबासी भन्ने?
आफ्नो मन पर्ने बाउन (प्रचण्ड)  को तलुवा चाट्ने अरु लाई चाही बाकि नराख्ने  ?

 
 
Last edited: 24-May-12 06:20 PM

 
Posted on 05-24-12 6:13 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्छ मिल्छ

मज्जाले मिल्छ

किन नमिल्नु ?

जुन देशमा देश चलाऊने ठेक्का लिएका प्रधानमन्त्री साम्प्रदायिक हुन मिल्छ, सरकार साम्प्रदायिक हुन मिल्छ , बडे बडे बिद्दवान र प्रोफेसर साहेबहरु साम्प्रदायिक हुन मिल्छ त्यो देशमा पत्रकार मात्र किन साम्प्रदायिक हुन नमिल्ने ? के आफ्नो पेशाप्रति इमान्दार र निष्ठावान् बन्ने जिम्मेवारी संचारकर्मीको मात्र हो?

 
Posted on 05-24-12 10:14 PM     [Snapshot: 354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

( पत्रकार महासंघ २०४६ सालको बहुदल ल्याउन र २०६२-६३ को आन्दोलन गरि राजतन्त्र फाल्न सडकमा उत्रेकोथियो । तर त्यहि महासंघ किन मधेस आन्दोलनमा चुप रहयो । बरु उल्टै पत्रकारले आन्दोलनलाई भारतीय र आपराधिक भनेर दुष्प्रचार गरे ।)  JB ji, 2046, 2062-63 ko andonal ra Madesh andolan lai yautai tarika le hernu hudaina... 2046, 2062-63 ko andolan ra Madesh andolan 99% different cha.....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters