cybernepali
More by cybernepali
What people are reading
Subscribers
Please log in to subscribe to cybernepali's postings.
:: Subscribe
|
लग्जेम्बर्गका दाताले निर्माण गरेको ६५ लाखको पक्कि बिद्ध्यालय भवन रिबन काट्दाकाट्दै भत्कियो
|
[VIEWED 2722
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 05-11-15 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
 चरिकोट, वैशाख २२/सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौँ भनेर सोध्दा गाउँमा विद्यालय भवनको आवश्यकता छ भने । त्यसैको फलस्वरुप पछि जर्जले उपहारको रुपमा सिमिगाउँमा विद्यालय भवन निर्माण गर्न लगाएका थिए । विदेशी नागरिक जर्जले आफ्नो कुक गुणालाई भगवानका रुपमा मान्दा रहेछन् ।
विदेशी दातासहित गाउँमा पक्की विद्यालय भवनको उद्घाटन हुने खुसियालीमा पूरै गाउँ उद्घाटन समारोहमा ओइरिएको थियो । विद्यालय भवन उद्घाटन गर्न लक्जेमवर्गका दाता जर्ज, क्षेत्र नं १ का सभासद् पार्वत गुरुङ, जिविसका सामाजिक विकास अधिकृत नारायण सेढाईं र सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्मा संयुक्त रिबन काट्नै लाग्दा आयो विनाशकारी भूकम्प ।
‘दाता जर्जसहित अतिथिकै आँखा अगाडि ढल्यो रु ६५ लाखको नवनिर्मित भवन’ दोलखाको उत्तरी गौरीशङ्कर–३, सिमिगाउँका आङदोर्जे शेर्पाले भने । रिबन काट्ने अतिथि विवादका बीच चार जनाले संयुक्त रिबन काटी उद्घाटन गर्ने सहमतिमा पुग्न ढिला हुँदा विदेशी दाताले बनाई दिएको भवन उद्घाटन हुन नपाउँदै भत्कियो अर्का स्थानीय कोछिरी शेर्पाले बताए ।
“विद्यालयको भौतिक संरचना थपिँदा खुसी थियौँ । भवनकै कारण झन्डै मरेनौँ” सहायक जिशिअ माधवप्रसाद शर्माले अनुभव भन्नुभयो । “अब त अन्य भौतिक संरचना पनि ध्वस्त भयो कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता छ,” उनले दुखेसो पोखे ।
दोलखा सिन्धु कन्स्ट्रक्सनका गोकर्ण जोशी, लाक्पा शेर्पा र मेघराज शाहीले निर्माण गरेको सिमिगाउँ प्राविको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन कार्यक्रममा लक्जेमवर्गका २५ अन्य पर्यटक पनि उपस्थित भएका थिए । जर्जले भने भरिया र कुकको सपना अधुरो रहेकोमा दुखेसो गरे । जर्ज भन्छन् भरिया र कुकले काठमाडौँमा घर माग्लान् भनेको गाउँमा विद्यालय मागे ।
एक सय ३१ घरधुरी रहेको गौरीशङ्कर–२, ३, ४ का ४२ विद्यार्थीका लागि बनेको भवन निर्माणको नेतृत्व म्याकफड नेपाल भन्ने गैरसरकारी संस्थाले गरेको थियो । म्याकफड नेपालका प्रतिनिधि वसन्त पण्डितले भने, “हेर्दा राम्रो भवन थियो, आँखै अगाडि भत्कियो ।” रासस
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| Funny when Nepalis talk about Epstein and injustice |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| Why Oli must go for the UML to survive? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|