[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतीय जनता के चाहन्छन् ?
[VIEWED 11508 TIMES]
SAVE! for ease of future access.
Posted on 09-06-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भारतीय जनता के चाहन्छन् ?




अखण्ड भण्डारी
रियल जुसमा अखाद्य वस्तु पाइएकोबारे केही नेपाली सञ्चार माध्यमले समाचार दिए ।


प्रतिवाद गर्दै भारतीय दूतावासले विज्ञप्ति निकाल्यो र भन्यो, 'यो
विज्ञापन नपाएको प्रतिशोध हो ।' उसको त्यस्तो रवैयालाई कूटनीतिक मर्यादा
उल्लंघन र नेपाली सञ्चार माध्यममाथि हस्तक्षेप भन्दै मिडिया संगठनहरूले
आपत्ति जनाए ।


त्यही सन्दर्भमा भारतको 'दी टाइम्स अफ इन्डिया' ले स्वदेशी कूटनीतिक
अधिकारीको बचावट र नेपाली सञ्चार जगत्को आलोचना गर्दै समाचार दियो । त्यसमा
उसले ऋतिक रोशन प्रकरणलाई समेत उदाहरण दिँदै नेपाली मिडियाले भारतविरुद्ध
जनता उकास्ने गरेको आरोप लगायो ।


त्यो समाचार उसको अनलाइनमा राखिएपछि नेपाल, भारत र अन्य देशबाट पाएका
प्रतिक्रिया त्यसैको पुछारमा प्रकाशित भए । हो, नेपालबाट गएका प्रतिक्रिया
स्वभावतः नेपाली मिडियाकै पक्षमा हुन सक्छन् । तर, मान्नुपर्छ- भारतीय
जनताले मानमर्यादा नभएका आफ्ना राजदूत र सरकारले छिमेकीलाई गर्ने दमनको
कट्टर विरोध गरे । 'दी टाइम्स अफ इन्डिया' को अनलाइनमा उक्त समाचारसँगै
प्रकाशित गैरनेपाली पाठकका प्रतिक्रिया यस्ता छन्-


अपिल शर्मा, लखनउ -हाल बेल्जियम)


मलाई लाग्छ- हामी सधैं सत्यको पक्षमा उभिनुपर्छ । मलाई देशभित्र र बाहिर
जहाँका पनि हाम्रा कर्मचारीको विश्वास लाग्दैन । तिनीहरू निहित उद्देश्य
पूर्तिका लागि स्वार्थी व्यवहार देखाउँछन् ।


नेपाल परापूर्वदेखि हाम्रो घनिष्ट मित्र हो । दुई देशका तल्लो तहमा जनताको
मित्रतालाई हेरौं र नाफामूलक 'ज्वाइन्ट भेन्चर' लाई बीचमा ल्याएर
शताब्दीऔंको सम्बन्ध नबिगारौं ।


जतिबेला जुसको घटना भयो, म नेपालमै थिएँ । मैले आफैं पनि डाबर नेपालको
खराब उत्पादन देखेको हुँ । मलाई त लाज पो लाग्यो- गरिब नेपालीसँग किन यस्तो
व्यवहार गरिएको होला ! नेपालको एकोहोरो आलोचना गर्ने हाम्रा नागरिक र
मिडिया देख्दा पनि मलाई लाज लाग्छ । हामीले नेपालीलाई दिएको मात्र छैन,
उनीहरूबाट उत्तिकै लिएका पनि छौं । धेरै नेपालीले हाम्रो सीमा सुरक्षामा
रगत बगाएका छन् । नेपालीलाई दोषमात्र नदिऊँ, कृपया भारतीय जनता र मिडियाको
पनि चेत खुलाऊँ । विज्ञापनसँग जोडिएको विषयमा पक्कै केही अर्थ होला !


समुद्र पाठक, नयाँदिल्ली


भारत कहिल्यै विश्वको नेता हुन सक्दैन । किनभने, ऊ आफ्ना छिमेकीलाई समेत
खुसी राख्न सक्दैन । कुन देश भारतसँग खुसी छ- नेपाल, बंगलादेश, श्रीलंका,
पाकिस्तान, भुटान, माल्दिभ्स अनि बर्मा ? अहँ, हाम्रो देश कहिल्यै 'भारत
महान्' बन्न सक्दैन ।


गोलु, दुबई


हेर न को बोलिरहेको छ -एक नेपालीलाई जवाफ दिँदै), जुन मुलुकले महिनौंदेखि प्रधानमन्त्री छान्न सकेको छैन !


एचजे, मुम्बई (गोलुलाई जवाफ दिँदै)


-हो, नेपालले प्रधानमन्त्री छान्न सकेको छैन) किनभने यसको पछाडि भारत छ ।
भारत माओवादीको सरकार चाहँदैन । आफ्नो देशमा कसलाई प्रधानमन्त्री बनाउने
भन्ने नेपाली जनताले नै छान्न पाउनुपर्छ ।


बीएसबी, लन्डन


नेपालका आन्तरिक समस्यामा भारतले मनग्य हस्तक्षेप गर्दै आएको छ ।
श्यामशरणको भर्खरैको भ्रमण, भारतीय दूतावासका काउन्सिलरबाट माओवादी
सभासद्लाई दिइएको धम्की, सीमा क्षेत्रमा एसएसबीको आतंकजस्ता घटना हेर्ने हो
भने भन्न सकिन्छ- भारत जहिल्यै नेपाल र उसका नागरिकलाई दबाउन चाहन्छ ।


मार्स मेन्डोन्का, गोआ


यो मातृभूमि भारतका छिमेकमा अब कोही मित्र बाँकी होलान् र ?


विक, अस्ट्रेलिया


कतै यस्ता समस्याको पछाडि चीन त छैन ?


सौरभ, कोलकाता (विकलाई जवाफ दिँदै)


वास्तवमा, यसमा कुनै शंका छ र ? भारत आन्तरिक र बाह्य दुवैखाले राजनीतिमा
कमजोर हुँदै गएको छ । चीनलाई थाहा छ- कमजोरसँग कस्तो व्यवहार गर्ने !
पश्चिमाले वर्षौंदेखि यस्तै गर्दै आए, अब चीनको पालो ।


अनुज, भारत


समाचार छाप्ने पत्रिकाको पृष्ठभूमि हेरौं । तिनीहरू सही हुन् भने साँच्चै
समस्यामा परे । होइन भने नेपाल सरकारले लघारेर फाल्न सक्नुपर्छ ।


आईके, चेन्नई (अनुजलाई जवाफ दिँदै)


यो एउटा मात्र पत्रिको कुरा होइन, चार-पाँचवटा पत्रिकाले यसको रिपोर्टिङ गरिरहेका छन् ।


मनिता, भारत (अनुजलाई जवाफ दिँदै)


हो, अब नेपाल सरकारले भारतीय बहुराष्ट्रिय कम्पनीलगायत धेरैलाई लघारेर
फाल्नुपर्ने भएको छ । के तिनीहरूको चाहिँ कुरै नगर्ने ? यो त नेपाली जनताको
स्वास्थ्यसँग सम्बन्धित विषय हो ।


काश, बेलायत (मनितालाई जवाफ दिँदै)


ठीक हो । वास्तवमा यो भारतीय उपभोक्तालाई पनि सरोकारको विषय हो । रियल
जुस..., जेबारे हामी कुरा गरिरहेका छौं, नेपाली बजारका लागि छुट्टै बनाइएन
भने खुला सीमाका कारण यता आइहाल्छ नि ! (अनि नेपालीलाई मात्र हानि गर्छ
भनेर हुन्छ ?)


विनोद, अमेरिका


कान्तिपुर प्रकाशन बन्द गराउने भारतीय राजनीतिको एउटा पाटो हो यो । किनकि,
यसले भारतका कारण नेपाललाई परेका समस्याका विषयमा लेख्दै आएको छ । भारतीय
दूतावास आफूसँग 'लाइन' नमिल्ने प्रकाशनमा विज्ञापनका स्रोत थुन्न चाहन्छ ।
त्यही क्रममा बहुराष्ट्रिय कम्पनीलाई विज्ञापन रोक्न निर्देश गरिएको हो ।
यो नेपालीले प्रेस स्वतन्त्रता उपभोग गर्न पाउने अधिकारमाथि धावा बोल्ने
भारतीय दूतावासको खतरनाक प्रयास हो । 


ललल


जनता आखिर जनता नै हुन् चाहे ती नेपाली हुन् वा भारतीय । उनीहरू न अर्काको
थिचोमिचो सहन्छन्, न अर्कालाई गर्न नै चाहन्छन् । त्यही भएर होला- जम्मा
एक जना भारतीय पाठकले मात्र राजदूतको कदमलाई समर्थन गरेका छन् । बाँकी
सबैको आफ्नो सरकारलाई आग्रह छ- प्रजातन्त्रका लागि कहलिएको ठूलो देश भएर
त्यो इज्जत राख्न सकौं । छिमेकीसँग मित्रवत् व्यवहार गरौं । तर, आफ्नै
जनताको इच्छाविपरीत बेलाबेला किन चल्छ भारत ?
Last edited: 06-Sep-10 09:32 AM

 
Posted on 09-06-10 10:35 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good work blanky!
 
Posted on 09-06-10 1:19 PM     [Snapshot: 157]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like this post!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters