cybernepali
Replies to this thread:
More by cybernepali
What people are reading
Subscribers
Please log in to subscribe to cybernepali's postings.
:: Subscribe
|
सामूहिक बलात्कारमा परेकी युवतीको कानुनमन्त्रीलाई दर्दनाक चिठी
|
[VIEWED 11988
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 12-18-14 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
काठमाडौ, पुस १ - माननीय कानुनमन्त्री,नरहरि आचार्यज्यू,नमस्कार।म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ। मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन। तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु। कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु। आजको कान्तिपुरमा उनको मार्मिक चिठ्ठी यसरी छापिएको छ।मेरो नाम पूजा बोहरा हो। घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ। मेरो बुबाको यथेष्ट जग्गाजमिन छैन। त्यसैले उहाँले धनीको घरमा हली बसेर सात सन्तानको लालनपालन गर्नुभएको हो। मेरो बुबा गरिब र अशिक्षित भए पनि सायद शिक्षाको महत्त्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राविमा भर्ना गरिदिनुभयो। मेरो भाग्य नै भन्नुपर्यो, जुन दिन विद्यालय टेक्ने अवसर पाएँ, कुनै परीक्षामा दोस्रो हुनु परेन।'छोरी होस् त फलानोजस्ती' भन्ने सुन्दा मेरा गरिब आमाबुबा गर्वका साथ सन्तुष्टिको सास फेर्नु हुन्थ्यो। अरूभन्दा तेज पढाइ भएका कारण मलाई विद्यालयले छात्रवृत्तिको सुविधा दिएको थियो। घरैनजिकको त्यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। त्यसपछि पढ्न अर्को विद्यालय जानुपर्ने भयो, जुन मेरो घरबाट डेढ घन्टाको उकालो-ओरालो जंगलैजंगलको बाटोमा थियो। एक त म सानी ९ वर्षकी थिएँ, अर्कोतर्फ जंगलको बाटो एक्लै जानुपर्ने भएकालेमेरो आमाबुबाले 'अब विद्यालय जानु पर्दैन, बरु विवाह गरिदिन्छौं' भन्नुभयो। मेरो गाउँमा महिनावारी नभएकी छोरीलाई बेहुली बनाएर अन्मायो भने ठूलो धर्म लाग्छ भन्ने विश्वास छ। आमाबुबाको कुरा थाहा पाएर मेरा स्कुलका गुरुहरू घरमै आई सम्झाईबुझाई गरिदिनुभयो र मैले अर्को विद्यालय गएर पढ्ने अवसर पाएँ।अर्को विद्यालय गएपछि मैले झन् मिहिनेत गरेर पढ्न थालें। जसरी हुन्छ, राम्रो अंक ल्याएर एसएलसी पास गर्ने र भविष्यमा इन्जिनियर बनेर आफू जन्मेको दुर्गम पहाडी गाउँको विकास गर्ने मनमनै अठोट गरेकी थिएँ। त्यही क्रममा २०६८ चैत ७ देखि एसएलसी परीक्षा सुरु हुने खबर आयो। सिद्धेश्वर उच्च माविका विद्यार्थीका लागि बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो। एसएलसीका लागि परीक्षा केन्द्र तोकिएको विद्यालय मेरो घरबाट ५ घन्टाको पैदल यात्रामा मात्र पुगिने र परीक्षा बिहानै ८ बजेदेखि हुने भएकाले मलाई फेरि अर्को समस्या आइपर्यो। धन्य, बुबाले बजारमै एकजना आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिनुभयो।दुई दिनको परीक्षापछि गणित विषयको तयारीका लागि एक दिन छुट्टी थियो। बिदा भएका कारण म बसेको घरका आफन्तको अनुमति लिएर पाटनबजारस्थित पुस्तक पसलमा गणितको गेसपेपर किनेर ल्याउँछु भनी गएँ। त्यो बजारमा एउटैमात्र पुस्तक पसल थियो। एसएलसी चलिरहेका कारण विद्यार्थीहरूको भीड थियो। म आफ्नो पालो कुरिरहेकी थिएँ। पुस्तक पसले 'हिजोको जाँच कस्तो भयो, राम्रो गर्यौ ?' भन्दै मसँग बोल्दै थियो। त्यहाँ बस्दाबस्दै गर्मी भयो। चैतको महिना त्यसै पनि गर्मी बढेको थियो। मैले 'पानी दिनुस् न दाइ, कस्तो प्यास लाग्यो' भनें। ऊ 'एकैछिन है' भनी पुस्तक पसलको सटरबाट भित्र अर्को कोठातिर गयो। अनि रित्तै आई 'पानी सकिएको रहेछ, मैले लिन पठाएको छु' भन्यो। मैले 'ठिकैछ घरमै गएर पिउँछु, मलाई किताबदिनुस्, गइहाल्छु' भनें।त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो। उनीहरूले एउटा मलाई दिए, दुईवटा गिलास आफूहरूले पिए। त्यो पिएको ४-५ मिनेटजतिमै मलाई कस्तो चक्करलागेजस्तो, त्यो पसल पूरै उल्टो फर्केजस्तो, वाकवाक लागेजस्तो भयो। मैले त्यही पुस्तक पसलेलाई 'दाइ मलाई वाकवाक लागेजस्तो भयो, ट्वाइलेट कता छ' भनी सोधें। ऊ 'ट्वाइलेट अलि पर छ, म देखाइदिन्छु' भनी अघिअघि लाग्यो।म ट्वाइलेटभित्र पस्नेबित्तिकै ऊ पनि सँगसँगै पस्यो। मैले किन आएको भन्दा 'हल्ला नगर्, म जे-जे भन्छु, त्यही मान्' भन्दै भित्तातिर धकेल्यो। एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो। उसले 'कोही आए भने मलाई बोला है'भनी अर्को कुनै मान्छेलाई ट्वाइलेटबाहिर अह्राएको सुनेकी थिएँ। अब ट्वाइलेटभित्र दुईजना केटाहरू र म भयौं। मेरो खुट्टा थर्थरी काम्न थालेको थियो। अत्तालिएर स्वर पनि राम्रोसँग निस्किरहेको थिएन। तर पनि गुहार भन्दै चिच्याउन खोजें।म चिच्याएको देखेर एक जनाले मलाई समात्ने र मुख थुन्ने, अर्कोले कपडा खोल्ने गरे।म भने आफूलाई बचाउन ठूलो कसरत गर्दै थिएँ। २-३ मिनेटको घम्साघम्सीपछि, त्यो ट्वाइलेटमा ब्लेड रहेछ, त्यसले मेरो खुट्टाको औंला र पैतालामा काटिदिए। 'अब यो ब्लेडले तेरो घाँटी चिर्छौं' भन्दै थिए। म रुन, कराउन, बोल्न नसक्ने भइसकेकी थिएँ। उनीहरूले काटेको ठाउँबाट रगत बगिरहेको थियो। यत्तिकैमा उनीहरूले आफ्नो लुगा खोलेर मेरो मुखमा कोचिदिए र पालैपालो अस्मिता लुटे। मेरो सामूहिक बलात्कार गरे। मेरो अस्मिता लुट्नेहरू एउटा बैतडी जिल्ला, भूमेश्वर-३ को सागर भट्ट -वर्ष २३) थियो भने अर्को बैतडी, गुजर-२ को अमर अवस्थी -वर्ष ३०) थियो। सागर भन्ने जगन्नाथ पुस्तक पसलको सञ्चालक थियो भने अमर चाँदनी फोटो स्टुडियोको सञ्चालक थियो। उनीहरूले मलाई कति घन्टासम्म लुछे, त्यो याद छैन। होस आउँदा म ललितपुर जिल्लाको पाटन मानसिक अस्पतालको आकस्मिक कक्षमा लडिरहेकी थिएँ।हिजोसम्म सबैकी हाइहाइ भएर पुजिएकी म सबैकी पि्रय पूजा, अनि भविष्यमा इन्जिनियर बनी आफ्नोदुर्गम जिल्लामा योगदान पुर्याउने अभिलाषा बोकेर बडो हर्षका साथ एसएलसी परीक्षामा सामेल भइरहेकी म पूजा सबैको तिरस्कारकी पात्र भएकी थिएँ। पत्रपत्रिका, टीभी, एफएममा मेरो समाचार आएको थियो। मेरो परिचय फेरिएको थियो। १४ वषर्ीया बालिका एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परी मानसिक सन्तुलन गुमाई अस्पतालमा भनेर सबैतिर प्रचार भएको थियो।पछि बुबा, आमा र काकाबाट मैले यी सबै कुरा थाहा पाएँ। पशुहरूले मलाई लुछ्नुजति लुछेर मरी भन्ने ठानी एकान्त नालीमा फालिदिएका रहेछन्। पुस्तक किन्न भनेर हिँडेकी म बेलुकासम्म नफर्केपछि आफन्तहरूले खोज्न जाँदा मलाई रगताम्य भई घ्यारघ्यार गरी नालीमा लडिरहेको अवस्थामा भेटेका थिए रे। बेहोस अवस्थामा फेला परेकी म होसमा त आएछु, तर पुरै मानसिक सन्तुलन बिग्रेको हालतमा।उता बैतडीमा मेरो स्कुलमा सबै साथीहरू, गुरुहरू एकजुट भई जुलुस निकालेपछि मात्र ती दुई जना अपराधीलाई प्रहरीले समातेर अनुसन्धान थाल्यो। अनि ममाथि परेको घटनाप्रति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै जनाले सहानुभूति प्रकट गर्नुभयो। मिडियाले लगातार मेरो अवस्था उजागर गरिदियो। त्यसैले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी तत्काल मलाई एक लाख रुपैयाँ औषधोपचार खर्च पनि प्रदान गर्यो। प्रधानमन्त्री बाबुराम भट्टराईकै आदेशमा ती अपराधी पुर्पक्षका लागि थुनामा राखिएछन्।घटना भएको छ महिनापछि मात्रै मेरो मानसिक अवस्थामा सुधार आई पहिलेका कुराहरू सम्झन सक्ने भएँ। उता अपराधीहरूले 'पागलले त जे पनि भन्छ, जसलाई पनि आरोप लगाउँछ, हामी निर्दोष छौं' भन्दै छन् रे भन्ने सुनें। तसर्थ २०६९ पुस ९ गतेका दिन मलाई सहयोग गर्ने रक्षा नेपाल भन्ने संस्थाका कर्मचारी र अभिभावकको सहयोगमा म जिल्ला अदालत, बैतडीमा जिल्ला न्यायाधीश हिमालयराज पाठकका अगाडि बयानका लागि उभिएँ। त्यतिबेला मेरो सामुन्ने उभिएका ती अपराधीको हर्कत म यहाँ बयानै गर्न सक्दिनँ। मेरो बयान, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गरेको कपडा परीक्षण, अस्पतालले सामूहिक बलात्कार भएको भनी दिएको स्वास्थ्य परीक्षणको रिपोर्टलगायत अन्य अनुसन्धान र प्रमाणका आधारमा जिल्ला न्यायाधीशको इजलासले ती अपराधीहरूलाई १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँको जरिवाना तोक्यो।बयानपछि फेरि फर्किएर रक्षा नेपालकै सेल्टरमा आएँ। संस्थाकै सहयोगमा आत्मविश्वासी, निडर बन्ने तालिम लिन थालें। २०६८ सालको एसएलसी त ती अपराधीका कारण छुटिहाल्यो। इन्जिनियर बनी देशको सेवा गर्ने सपना टुटिहाल्यो। ०६९ सालभरि मानसिक र शारीरिक अवस्था मजबुत पार्ने, अदालत धाउनेमै गयो। ०७० सालमा चाहिँ पुनः १० कक्षा दोहोर्याएर पढें र त्यही सालको एसएलसीमा ७० प्रतिशत अंक ल्याई पहिलो श्रेणीमा पास हुन सफल भएँ।ती अपराधीले निमोठिदिएको मेरो जीवनमा थोरै आशा पलाउन थाल्यो। यो सफलतासँगै पुनः आफ्नो लक्ष्यमा पुग्ने सपना देख्न थालें। अलिकति खुसी हुन नपाउँदै २०७१ असार ३ गते कान्तिपुर दैनिकको प्रथम पृष्ठमा 'बैतडीमा छात्रा बलात्कार प्रकरण, सामूहिक बलात्कारमा दोषी ठहरिएकालाई उन्मुक्ति' भन्ने समाचार छापिएको देखें। त्यही समाचारबाट थाहा भयो- एक वर्षअघि बैतडी जिल्ला अदालतले १३ वर्ष कैद भनी गरेको फैसलालाई पुनरावेदन अदालत, महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीकोसंयुक्त इजलासले उल्टाइदिएको रहेछ र दुवैजना अभियुक्तलाई निर्दोष भनी सफाइ दिएको रहेछ।यो फैसला सुनेपछि अहिलेसम्म मेरो हालत के भइरहेको छ भन्ने कुरा म यहाँ व्यक्त गर्न सक्तिनँ र कसैले अन्दाज पनि लगाउन सक्तैन। अहिले ती दुवै जना अपराधी ठूलै युद्ध जिते जसरी गाउँमा छाती फुलाएर हिँडिरहेका छन्, म भने युद्धमा हारेको सिपाहीझैं लत्रिएर बस्नुपरेको छ।माननीय कानुनमन्त्रीज्यू, म अहिले अभिभावकविहीन भएकी छु। अपराधीहरू निर्दोष भनी छुटेकाले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँ फर्किन सक्तिनँ। तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु भने नेपाल सरकारलाई अभिभावक ठानेकी छु। त्यही अभिभावकहरूमध्ये सम्बन्धित क्षेत्रका मन्त्री हुनुभएकाले तपाईंलाई यो पत्र कोरेकी हुँ। तपाईंका दुई छोरीहरू हुनुहुन्छ भन्ने थाहा पाएकी छु। कृपया मलाई पनि आफ्नै छोरीझैं ठानी न्याय दिलाइदिनु हुन अनुरोध गर्दछु।मन्त्रीज्यू, अहिले बलात्कारसम्बन्धी नयाँ कानुन बन्दै छ भन्ने सुनें। १ सय ६१ वर्ष पुरानो अहिलेको मुलुकी ऐनमा परिमार्जन हैन, परिवर्तनको जरुरी छ। संशोधनमात्र हैन, संवेदनायुक्त हुनु जरुरी छ। जन्मकैद भने पनि त्यो आखिर २४ वर्षको मात्र सजाय हो रे भन्ने जानकारी पाएकी छु। अनि जति नै वर्षको कानुन बनाए पनि बलात्कृत छोरीले मैलेजस्तै सास्ती, पीडा त पाउने हुन्। बलात्कारको पीडा सबैलाई उस्तै हुन्छ। तसर्थ अब बन्ने ऐनमा बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गरी बलात्कृत छोरीहरूको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ भन्ने म जोडदार माग गर्छु।अन्त्यमा माननीय मन्त्रीज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषी सावित भई १३ वर्षका लागि जेल चलान भएका ती बलात्कारीहरू छुट्नु भनेको के उनीहरू निर्दोष अनि मचाहिँ दोषी हुँ त ? यदि म दोषी हुँ भने मलाई तुरुन्तै कारबाही गरियोस्, हैन भने ती बलात्कारीहरूलाई पुनः पक्राउ गरी सजाय सुनाइयोस्।पूजा बोहराप्रकाशित मिति: मंगलबार, पौष १, २०७१ ०६:५३:४३
http://setopati.com/chapa-bata/21445/
|
| |
|
|
|
|
manpau
Please log in to subscribe to manpau's postings.
Posted on 12-18-14 5:59
PM [Snapshot: 170]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Very very sad. I do not know what to write other than crying. I think we need more punishment to prevent this. How can a bookstore guy can rape for a student who is appearing for the exam? Please please those two persons should be hang.
|
| |
|
|
Highflyingeagle
Please log in to subscribe to Highflyingeagle's postings.
Posted on 12-18-14 11:02
PM [Snapshot: 274]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Kaliyug nai ho, sano bela ma pachi yesto huncha bhanda sochthe, aile dekhna pai rahecha kaliyug, khai ta Krishna, aauncha bhanthe, sabko ghanti kaatcha chakra le bhanthe, dikkai lagi sakyo, krishna dekhna napayera. Lau Krishna sadhain Hat Jodchu, Chando aau, Sab papi lai kati narka ma jaamma pari deu.
|
| |
|
|
Pokhrelikanchi
Please log in to subscribe to Pokhrelikanchi's postings.
Posted on 12-19-14 10:50
AM [Snapshot: 423]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन तेसरी १३ वर्ष को लागि जेल मा racheko मान्छे कसरि १ वर्ष मा निस्किन मिल्छ . नेपाल त गुन्डा र बेइमान फटाहाह कै हुनी भयो ..हे भगवान तिमि नै आएर केहि गर !!!!
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|