[Show all top banners]

Bornto_Rise
Replies to this thread:

More by Bornto_Rise
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Must Read
[VIEWED 7359 TIMES]
SAVE! for ease of future access.
Posted on 05-01-13 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

प्रचण्डपथीय सर्वहाराकरण


- लेखनाथ न्यौपाने
टावर बनाउने, विलासी जीवन बिताउने र जहाज चार्टर गरेर चुनावी सभामा जाने कतै नभएको सर्वहाराकरणको नमूना प्रचण्डले देखाएका छन्।

 

तस्वीर: दिवाकर क्षेत्री
 
सडकको एउटा गुमनाम मान्छे पुष्पकमल दाहाललाई जनयुद्ध र जनयुद्धमा बगेको पसिना, आँसु र रगतले प्रचण्ड बनायो। आश्चर्य, उनै प्रचण्ड अहिले जनयुद्धको अन्त्य र जनमुक्ति सेना विघटनको कारण बन्दै संसदीय व्यवस्थामा भव्य आर्थिक कमाउ बनेका छन्।

 

प्रचण्ड–बाबुराम जनयुद्धभरि सपरिवार दिल्ली बसे। उनीहरूको विलासी जीवन चलाउन (भन्न त जनताको मुक्तिकै लागि भनिन्थ्यो) देशका अरू ठाउँ र राजधानीमा चन्दा उठाउँदा कैयौं कार्यकर्ता समातिए भने कैयौं आजसम्म बेपत्ता छन्। दिल्ली पुर्‍याउन बोरामा पैसाको भारी बोकेर हिंड्दा सयौं मारिएर शहीद भए। सीमा पार गर्दा र पार गरेपछि पनि भारतीय भूमिमा दर्जनौं समातिए र त्यहाँको जेलमा लामो समय थुनिए। जनताका छोराछोरीले उठाएको यस्तो जोखिम र बलिदानको कुनै लेखाजोखा छैन। मालिकको जीवन बिताएका प्रचण्डको परिवार भने सग्लै छ।

हदैको स्खलन

प्रचण्ड एशियाका धनीमध्येका राजनीतिक नेता हुन् भन्ने रिपोर्ट सार्वजनिक भएकै बेला राजधानी र राजधानी बाहिर उनको लगानीमा टावर (जस्तै मुक्ति, सीता टावर) हरू बन्दै गरेको खबरहरू सार्वजनिक भए। त्योअघि नै प्रचण्डको सुत्ने खाट, लगाउने घडी र केसमा दल्ने जेलको दामबारे चर्चा चलेको थियो। जुम्लाको चामल र जाजरकोटे च्याखुराको मासु उनको भान्सामा हुनैपर्ने चर्चा नसेलाउँदै छोरालाई सगरमाथा सयरमा दिएको रु.२ करोड र नातिको नाममा ब्याङ्कमा राखेको रु.२ करोडको समाचार सार्वजनिक भयो। त्यसपछि लाजिम्पाटको रातो बङ्गलाको मूल्य र स्वामित्व अनि लडाकू शिविरमा भएको आर्थिक अनियमितताबारे एमाओवादीको भृकुटीमण्डप भेलामै प्रमाणसहित कुरा उठे।

जनयुद्धका नायक, पीएलएका सर्वोच्च कमाण्डर र सर्वहारा वर्गका मुक्तिदाता क. प्रचण्डबारेका माथिका खबर र तथ्य विरोधीहरूको मिथ्या हर्कत मात्र हो भन्नेहरूलाई समेत लज्जित बनाउँदै उनी जहाज चार्टर गरेर संसदीय चुनाव (संविधानसभा भने पनि संसद्कै चुनाव हो) प्रचारको लागि बर्दिया पुगे, ज्ञानेन्द्र र ओवामा शैलीमा। तत्कालीन राजा बाहेक यस्तो घिनलाग्दो रवाफ अरूले नदेखाएकोमा कम्युनिष्ट, त्यसमा पनि सर्वहारा माओवादीमा २४० वर्ष शासन गरेका राजा जत्रै आर्थिक हैसियत कहाँबाट आयो भन्ने प्रश्न उठ्ने नै भयो। वास्तवमा, हाम्रा आफन्तहरूको रगतसँग साटिएको पैसा प्रचण्ड र एमाओवादीले संसदीय चुनाव प्रचारको निम्ति यो ढंगबाट छर्नु विकृति र स्खलन बाहेक केही होइन।

गरीब किसान–मजदूरहरूलाई सत्ताको मालिक बनाउन गरिएको जनयुद्ध र यसले देखेको सपनाको हत्या यस्तो बीभत्स रूपले हुन्छ भन्ने कल्पना प्रचण्ड स्वयंले बाहेक शायदै कसैले गरेका थिए। त्यति ठूलो त्याग, समर्पण र बलिदानलाई प्रचण्ड र एमाओवादीले द्वन्द्वकाल र द्वन्द्वपीडित भनेका छन्, पुरानो सत्ताले जस्तै। जबकि, बाटो देखाउनेदेखि ज्यान फाल्नेसम्मका कामको योगबाट माओवादी यो ठाउँमा आइपुगेको हो र पुष्पकमल दाहाललाई प्रचण्ड पनि त्यसैले बनाएको हो।

आफन्त र आफ्नै अंग गुमाउनेहरूको जीवन र दैनिकीलाई प्रचण्डको राजकीय ठाँटले नून–चूक छर्किरहेको देखाउँछ। तर, सतहमै देखिने यी पीडाले प्रचण्डको रौं पनि पोलेको देखिंदैन। पछुवाहरू भने फूलमाला लगाएर प्रचण्डलाई अझ् विकृतितिर जान उक्साइरहेका र थपडी बजाएर आफ्नै इतिहासको हत्यामा रमाइरहेका देखिन्छन्। त्यसैले यतिबेला प्रश्न उठ्छ, जनता र कार्यकर्ताले पसिना, आँसु र रगत प्रचण्डलाई कुवेर बनाएर विलासी जीवन जिउन सक्ने बनाउन बगाएका थिए कि जहाज चार्टर गरेर चुनावी नौटङ्कीमा नाच्न?

प्रचण्डको पछि लाग्नेलाई हेक्का छ?

सिटामोल र जीवनजल खान नपाएर मरेका, सामान्य रोगले थलिएका छोराछोरीको उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर आत्महत्या गरेका र खाडीबाट दैनिक तीन चारवटा स्वदेश आउने लाश― यी घटना हिजो जस्तै आज पनि भई नै रहेका छन्। उनीहरूलाई छाड्दा पनि नदेखेका प्रचण्डको आह्वान र योजनामा ज्यान फाल्ने शहीदका बा–आमा र छोराछोरीको अभाव, बिचल्ली र विघटनको दैनिकीका ठूला ग्रन्थ बन्छन्। उनीहरूको जीवन र भविष्य डोरी छिनेको चङ्गा जस्तो छ। शरीरभरि गोली र पिप बगिरहेका घाउ बोकेका घाइतेहरूको उस्तै पीडा छ। जुन राज्य व्यवस्थाविरुद्ध ज्यान बाजी राखेर लड्न प्रचण्डले कासन गरे, आज त्यही व्यवस्थाको सुदृढीकरण गर्न जहाज चार्टर गरेर उनै दौडिरहेका छन्। यो बेइमानी हो कि योगदान भन्ने प्रचण्डको पछि लागेका द्वन्द्वपीडितलाई शायद हेक्का छैन।

जहाज चार्टर गरेर प्रचण्डले गरेको चुनावी भाषणमा सुकुम्बासी, गरीब किसान र श्रमिक सर्वहाराहरू पनि थिए होलान् र भाषणमा उनले तिमीहरूकै लागि म जहाज चार्टर गरेर आएको हुँ पनि भने होलान्। सुकुम्बासी, गरीब किसान र श्रमिक सर्वहाराहरूको मनले त्यसो भन्ने प्रचण्डलाई स्वागत गरे कि दुत्कारे होलान्? शहीद, बेपत्ताका परिवार र घाइतेहरूले ताली दिए होलान् कि गाली? त्योभन्दा अचम्म यो छ कि, बुर्जुवाहरूले ढाँट्छन्, शोषण गरेर आफू धनी हुन्छन् तर देश र जनतालाई सधैं कङ्गाल बनाउँछन् भनेर कुनै बेला भन्ने प्रचण्ड नै आज त्यस्तै गरिरहेका छन्।

नेपाली राजनीतिमा मुख्यतः कम्युनिष्ट पार्टीका नेताहरूले पटक पटक यस्तो धोकाधडी गरेका छन्, तर किन भन्ने प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ। जुन वर्गको निम्ति आन्दोलन (सशस्त्र वा निशस्त्र) संचालन हुन्छ त्यो वर्गको नेतृत्व नहुनु त्यसो हुनुको एउटा कारण हो। प्रचण्ड नै यसका उदाहरण हुन्। श्रमिक सर्वहारा मुक्तिको लागि भनेर थालिएको जनयुद्ध र यसको मुख्य नेतृत्व प्रचण्ड स्वयं भने मध्यम वर्गीय, बुर्जुवा बुद्धिजीवी थिए। सोच्ने तरिका इर्स्यालु हुने यो वर्गको मानिस सधैं माथिल्लो वर्गमा उक्लने उद्देश्य राख्छ। मौका पाउनासाथ आन्दोलन र वर्गलाई धोका दिने कारण त्यही हो। प्रचण्ड यसको जिउँदा उदाहरण हुन्।

(न्यौपाने विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष हुन्।)


 
Posted on 05-01-13 11:36 AM     [Snapshot: 78]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali people are bhedas and most of the sajhaites who respond to my posts with negative comments without doing their research have the same mentality of those bhedas who support Prachanda. No concept of individual thinking just blindly follow the herd.
Last edited: 01-May-13 12:02 PM

 
Posted on 05-02-13 12:48 PM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So rid brother, u r saying, every little conspiracy bullshit that u have posted in sajha thus far is your own work?? ( can someone pls put this in a "condascending wonka" meme pls)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters