हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
किन हो कुन्नी यो गीत सुन्दा निक्कै रमाइलो लाग्छ हो ।
रिठ्ठे अहिले फेमिली रियुनिएनमा व्यस्थ छ , भोलिको कार्जेक्रम फिक्स भको छ , सप्पै कुरो भोली फैसला हुन्छ जे होश , हेरौ के के हुन्छ , बज्जे सँग फोनमा कुरो गर्दा निक्कै भद्र भलाद्मी सुनिन्छ भेटेसी थाहा पाईन्छ ।
ठीक छ तमाङ ठीक छ ल पर्गती गर्नु पर्छ , समर क्लास पनि जादै ल ठीक छ खुशी लाग्यो सुनेर ।
चौतारीमा कोर्ने नगरे पनि सधै चियाउने गर्छु।लामो समय पछि कोर्दैछु। म नया भने होइन है। फेरी नया नाम दिएर स्वागत गरिदिनुहोला। मेरो नाम नमे हो, माथी सबै संग दौडिदै छु। चौतारीको रोल नं १, धेरै दिन सम्म गयल। ए ए ए धेरै दिन गयल भएर होला, दोडिनेमा मेरो नाम त मिटिएछ। नाम मेटिए पनि ढिलो ढिलो गरी चौतारीको रफ्तारलाइ पछाउदै छु। दौतरी नामको चउरमा खेल्न थाले पछी चौतारीको चिसो हावा खान सधै पछिपर्दछु। तर आज गोकुल जी को लेखले एक बिहानै चौतारीको चिसो हावा खान मन लाग्यो। ल है चौतारीको भित्तामा एउटा टासो टास्न अनुमती चाहान्छु।
(लौ कोही आउनुभएन हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )
आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।
साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउँ आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।
कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।
राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।
माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चन्द्रमा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण भन्दा अरु केही होइन । आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेख्हरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको लागि ।
पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार होस् । सबैका हातबाट लेखिएका ति भावनाहरी एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।
लौ नमे दाई नि आउनु भा रेछ। कत्ती छिटो आएर टाँसेर पनि गै सकेछन। चौतारीका पुराना पुराना अवतारिका बखान सुन्दा सार्है रमाइलो लाग्छ। एस्सो बेला बेलामा फुर्सत मिलाएर आउँदै गर्नु नि।
लु मेरो सब भन्दा पैले नमे दाईलाई प्रणाम, अब ठुल्दाइ आउँदै होलान, ठुल्दाइलाई पनि प्रणाम गरेछु।
बाँकी आउन बाँकी कामचोरहरुलाई पनि आदभान्समा प्रणाम, लु जा
अनी अँ, रिट्ठे सोम र हर्के सोमको जम्का भेट भो? के के भो? को हन्द्सोम रेछ? ल ल छिनो फ्यानओ गर्नु पर्यो। झत्तै फोटो टासुम त।
गूड् मर्निङ चौतारी तारेमाम नमे अनी ठुल्दाइ, हैन कल्ले मेटाएछ नम्या नाम दौडिने ठाम बाट लहरे लाई भनेर आज फेरी हाल्न लाउला। अनी लेख रमाइलो लायो। लौ ठुल्दाइ हिजो भन्या हैन आईपुए म त ल ठुल्दाइ को फेमस चिलिम सल्काउन जाम न त। अरु आईपुगेउ भने धुर्ब्या पसलाँ छम है हामी।
हैन दुबइ बुढाले नदेख्या हो मलाई? म नि याही छु नि, म नि जाने हो नि धुर्ब्या पसलमा, चिया खान। नमे दाई को लेख देखे, ठुल्दाइले मलाई देखेनन। बिस्टे काजी सोझै आए, नमे दाइलाई देखे, ठुल्दाइलाई त चिलिम नि अफर गरे, मलाई देखेनन बाSSSSS। के गर्या एस्तो?
लु रिसाएरै भे नि प्रणाम स्विकार्नु, तर रिस चाँही उुठिराछ, भन्द्याछु
एह हैन पुरे का बाट घुसेछ बिचमा। म सुरु मा आउँदा नमे मात्त थियो,अनी लेख्दै गरेर टास्न लाग्द एक रिफ्रेस मार्देको ठुल्दाइ लाई देखी अनी फेरी कलम चलार ठुल्दाइ लाई नि तारेमाम ठोकेर टास्याँ मात्त के थे पुरे त सप्पै भन्दा माथि पो देखे, साह्रै तल तल लागेको ले फेरी कैची लाउन मन लाएन अनी हिड्या दाजु भाई, किन रिसाउनु पुरे,ल आउ आउ, " ए धुर्बे ल एउटा इस्पेसल बनाउ त हाम्रो पुरेलाई" ठुल्दाइ कस्तो तान्या त्यो चिलिम सकेर हात पोल्न लाई सक्यो र,ल अर्को सल्काउ अनी लागौ बिस्तारै।
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.