[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 215209 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-08-05 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिटाहुर हो चाईन्?जो केरे आबो जिम्मालका बा तोप बाजे उ बेलामा जिल्?लाका डिट्?ठा थिए। चाईन्?जो डिट्?ठा भन्?नेपछि गाम्?लेहुर कट्?टु मुत्?थे। आबो जिम्माल तोप बाजेको कान्?छो छोरो आनि सानैदेखि पुल्?पुलिएर हुकेंको। गाम्?मा जे चायो त्?याई हुन्?थो। उसको गाँजाको सुईठो लाउनि बानी त सानैदेखिको हो है गाम्?ले हो।
 
Posted on 11-08-05 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीसो चीसो हावामा
यो मन तेसै बरालिन्छ

झ्यालबाट हेरेको जमुनीलेऽ
झ-झल्को आउँछ

उकाऽलीको दोबाटो
पाइला जमुनीकोतिरै लम्किन्छ

लुकी चोरी खेलेको
देउरालीको पाखमा
झ-झल्को आउँछ

के भो आधी रातमा
यो मन जुमनीलाई खोज्दछ

-सिरे

जमुनी तिहारमा २ दिन माइत गा बेला यो सिरेले रातभरि सुत्न दिएन यै गीत सुसेलेको छ सुसेलेको छ। हुँदा हुँदा जिम्मावल बाका रिडियाले पनि बजाम्न थालो सिरेको यो गित त।
 
Posted on 11-08-05 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटाहुर हो,
हैन हिजाऽज भउते ऱ दादा कता मोरेचन कुन्नि, यता तिर त अनाहार (अनुहार) देखाम्दैनन केरे ।

अस्ति सुकबार हो कि क्या हो, भउतेले चईनी "जवईँ, हेर्नुस, भैँसिले राँओ (राँगो) खोजो, दादाकाँ चईनी बिकासे
मुर्रा राँओ छ अरे, तेही लिन जान परो" भनेर भन्थे, त्याँसी दुबै जाना को नाक मुख अनाहार देखेको छैन है मैले त
। हैन, नम्मेलाई केही थाहा थियो कि ?

उता चईनी गोताएँ र बेँसीथानेलाऐ चईनी बिर्खे जिम्मालले डराम्न देछन के, बिचराहुरको त सातोपुत्लो
उडेच केरे नि तिनलाई देखेर त ।


बरु धेरै भो, पुन्टे दाजी र नेपे दाजी पुनि कता गएचन कुन्नि । चइनी कता हो, पुन्टे दाजीले मदेसतिर जग्गा सग्गा किन्नी भनेर जग्गा हेर्न गाका छन अरे भनेर पुनि भन्थे गाम तिर, के हो कसो हो ।

Keep rolling...



के
 
Posted on 11-08-05 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते त हरायेको हरायेई भयो केरे....दादा चाई यतै छन्?.....दादा को गीत पुरा
अर्न मन लाग्यो......
उकाली को दोबाटो, पाइला तिम्रै तिर लम्कन्?छ
डाडामा बसी कुरेको, झझल्को आऊदछ
के भो आधी रात मा यो मन जुमनीलाई खोज्दछ
सिरे...:पी
 
Posted on 11-09-05 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छुपुमा छुपु धानहै रोप्?नु हातमा बिउ छँदैं।
चौतारीमा रमाईलो गरौं यि गाम्?ले बसुन्?जेल।
-लाल बहादुर खाती





 
Posted on 11-09-05 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडो आएछ कि के हो चाहिने जो, चौतारो त सूनसान देखिन्छ।
बिर्खे बूढाले चाइने जो सिरेलाई फेला पारे कि पारेनन् कुन्नि?
 
Posted on 11-10-05 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाडा सबै जना आ-आफ्नै घरा आगो तापेर बसे जस्तो छ ! ल ल गोतामे बाबु एउ दुइटा मूढा ल्याउ त , चौतारीको छेउ तिर आगो ताप्नु पर्यो । यसो बिर्खे बुढा पनि आङ तन्काएर आगो ताप्न आउथ्ए कि ? दादा र भउते त खोइ कता हराए कुन्नि ? सिरे मूला त टाप नि बिर्खे जिम्मालले कुट्टचन भनेर, के के मिसार खुवाच के चिलममा ।
 
Posted on 11-10-05 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुईयययय......लु बल्ल चौतारिआँ आइयो...हाआआई...
हन के हो रोपाई को फोटु टासेका छन नि ....धान भित्र्याउने बेला भैसको हाम्रो चैनी
मुईसिर लागो ...हिजो टारि खेताँ दाई सकेर आँधी मा चाईनेजो पौडि खेल्न गाको
त्?यो सिरे ले एक सर्को तान्?ने हो बाजे भन्?यो, लु ले न त भनेर ४-५ सर्को तान्देको ताँसी(त्?यसपछि) त टाऊको घुमाईआल्यो....सिर ले समातेर
माथि सटकाँ (सडक मा) लेर गो(लिएर गयो)। चाइनेजो एक त पौडि खेलेर
थाकेको ज्यान त्यसाँथी( त्यस माथि) गाँजा को सुराँ (सुर मा), पैरा घरे किस्नेका गएर ४ घान मकै र एक
सिसि मुला को अचार हसुरिएछ...ताँसी होशै भयेन..बल्ल उठेर आम्दै छु....
घराँ जाहानले मार्ने भै आज मैतेल (मट्टितेल) लेर आउनु बुढा भन्या थि ब्यान (बिहान)
आफ्नु यो ताल छ यी क्यार्नु....
 
Posted on 11-10-05 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल न चौताराबासि हरु कता गए
 
Posted on 11-11-05 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जिम्माल बूढा हुर्रिँदै आको देखेर सिरे र जमुनी छक्क परे। बूढा आँगनमा टेक्नै नपाई "तँ साईँध्वा, तँ--------! नाम नभा' चीज--------"भनेर लठ्ठी उजाउँदै सिरेलाई हान्न भनेर गए। सिरे जमुनीको आडमा लुक्न गयो, लठ्ठिले जमुनीको टाउको झण्डै फुटेको। धन्न तेतिबेलै बेंसीथाने जेठा कता'ट आइपुगेछ र बूढाको हातबाट लठ्ठी खोसेर फाल्देछ।
"के को कल हो यो? के भो हँ जिम्माल बा? " बेंसीथानेले सोधेछ।
"यो साईँध्वाले मलाई नाम नभा' चीज मिसा'र गाँजा ख्वायो। रातभरि चौतारीमा लड्नुपरो, उठ्न खोजो, मरिगए सक्ने होइन।"
"त्यस्तो नाम नभा' चीज पनि हुन्छ बूढा?" जमुनी भाउजु हाँसिन् खिल्ल। (ख्याल राम्री देखिन्नन् हाँस्दा! त्यसै सिरेले किन उडाउँथ्यो?!)
"त्यो दरबारमा भटट--- हुँदाको कालो पदार्थ क्या?" बूढा अझै रिसले काँप्दै थे।
"यी बूढाले चरेस-सरेस भनेका होलान्। " बल्ल बोले सिरे। "म किन जिम्माल बालाई तेसो गर्थें! तिंमी बूढा चिलाउने घारीतिर गयौ होला पिसाब फेर्न। त्याँको काँचो वायु लाग्यो तिम्लाई। झारफुक नगरी हुन्न। नमेका बूढामामा हेराउन, भूत पिरेत भगाउन र किचकन्नी समाउन सात गाऊँ कहला'का छन्, तहीँ नगई हुन्न।"
यतिञ्जेलसम्म बूढाको रिस मरिसकेको थियो। जमुनी भाउजुले चिटिक्क परेको कपमा चा ल्याएर बाँडिन् सबैलाई। त्यसपछि सिरेले एक चिलिम गाँजा फेरि बनायो।
"बुझ्यौ बूढा, राती हिँड्दा त्यो सानेको पसलतिर बरालिने लुते कुकुरलाई लिएर हिँड्नु। कुकुर साथाँ भे' भूत-सूत, किचकन्नीले छुन त के हेर्न पनि सक्दैनन्" सिरेले जिम्माललाई सल्लाह दियो।
"ठिक भनिस् कान्छा। अब तेसै गर्नुपर्ला।" गाँजाको धून चढेपछि बूढा जल्लाई पनि कान्छा भन्छन्।
"ल बुहारी, आज मलाई पनि भात बसाल।" भूढाले जिम्माल्नी पनि बिर्से।


 
Posted on 11-11-05 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको अन्तमा "बूढाले जिम्माल्नी पनि बिर्से।" हो।
 
Posted on 11-11-05 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गोतामेले पनि गज्जब लेख्छ गाठे ।
लुते कुकुर यता र उता अर्दै हिड्थ्यो बल्ल त्यसको ठेगान लाग्ने भो ।
 
Posted on 11-11-05 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai ramro Gautamji!

"ल बुहारी, आज मलाई पनि भात बसाल।" बूढाले जिम्माल्नी पनि बिर्से।
 
Posted on 11-11-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढा हिजोको गाजाको तालले आज ढिलो ऊठे। पधेरा गर सुचि निचि अरिवरि जिम्माल माइलि भैसीलाइ कुडो पकाउदै थिइन ।जिम्माल बुढा बुढि सग चुइक्क पनि नबोलि दिशा जादा पानि लाने टोकारि आगनको डिलमा घोप्टो पारेर सिरेको घर तिर ऊकालो लागे ।जिम्माल माइलाले जिम्माल्नी को रिस बेहोरेको ३० बर्ष भइसक्यो। कता दिउसै लगोटि तानिदिने हो माइलिले, बुढा दाइने हातले लगोटि र देब्रे हातले देउराली चुरोट तान्दै कटेरोको छेल पर्दै हराए। फोहोरि बुढा, तेइ हातले चाक धुन्चन, तेइ हातले चुरोट सामउचन । त्यो थाहा छ सिरेलाइ, तेसो भर बुढालाइ चिलिम मोल्न कइले पनि दिन्न । तर तान्ने बेलामा बुढाले तेइ देउरे हातले तान्चन । तेसबेला सिरि गाजा लार हो कि के हो, थाहा नपाए झै अर्च । यसो सिरेको तरोमा के पुगेका थिए भौ अर्दै लुते कुकुर बुढातिर आइपुग्यो । जिउ भरि लुतो भए पनि माइलाले सारै माया मान्चन लुतेलाइ। रोटेपानि टारि देखि जुकेपानि टारि सम्मका लाखु धपाउने तेइ लुते मात्र हो । आइजा मोरा, जिम्माल बुढाले लुतेलाइ सुमसुमाए। तरो खोलेर बुढा छिर्न लाग्दा लुते सिरेको आगनमा पुगिसकेको थियो । सिरे लुतेलाइ देख्ने बितिकै एक ढुङ्गो दियो, लुते कुइ अर्दै बुढातिर लाग्यो । तेइ बेलामा दिइहाले बुढाले सिरेलाइ लाठि चार्ज । कसो बेसिथाने आइपुगे नत्र सिरेको के हाल हुन्थयो । एकछिन पछि त सिरेले फकाइहाल्यो नि बुढालाइ । अनि त के २ सम्धि जस्तै गाजाको सुरमा गफ चुट्न थालि हाले नि । बिचारा जिम्माल बुढा भरे त जिम्मालनि ले लगौटि छोड्ने भइनान चु चू चु।

 
Posted on 11-11-05 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बूढाको फोटु। गाँजा नखा' बेलाको हो यो। गाँजाको सूरमा त धोती फुस्केको पनि चाल पाउन्नन् यी बूढा।

 
Posted on 11-11-05 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep rolling...

 
Posted on 11-11-05 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास कुरो त के भओ भनि बिर्खे जिम्मालले आज चईनी उही देउराली सिखरेट झै मानेचन केरे, स्वाँट्ट-स्वाँट्ट पारेर
एउ चिलीम जम्मै ताने सुरुमै । बुढा त "हैन, चईनी परभु शिबजीले खानी कुरो भन्चन, मलाई त खोई कासो (खोकी)
पुनि लाएन है, यस्ताले त के लाग्ला र ?" भन्दै सप्पै तानेर सके केरे ।

त्याँसी त इउ छिन पछि त 'खोई, खोलो काँ छ ?" भन्चन बा । मैले "क्यार्नी हो र खोलाँ, क्यार्न चाईयो तपैलाई खोलो "
भनेको त तिर्खा लागो अरे । त्याँसी जमुनिले एक हतहरो (सानो गाग्री) भोरि पानी ल्याएर दिई, बुढाले पानी खाए, मुख
सुख पुनि धोए, त्याँसी तेही आँगनको डिलमा सिरानी हालेर पल्टे केरे । जिम्मालले त "अरु पुनि पानी लेउ बुहारी" भन्न
थाले । तेसो भासि अरु बेला पुनि पानी चाईन्च, अहिले लगभग सकिईसकेको रैच भनेर जमुनि चईनी डोको र गाग्री बोकेर
पानी लिन पँधेरा तिर लागी ।

मैले एउटा गुन्द्रो दछ्याईदिन (विछ्याउन) परो, जे भा पुनि भुईमा त सुते बुढा, फेरि चईनी कमिला समिला ले टोक्लान भनेर
घर भित्र गुन्द्री खोज्न गएँ केरे । तेति खेर सम्मन त गाँजाले मलाई पुनि अलि अलि घुमाईसकेच केरे ।

भएको के थियो भने लगभग दुई साता अगाडि मेरो भुल्ली बाख्रो ब्याएर दुईटा लोर्के पाठा पाएको थियो । अब बाख्रका पाठा त
अलिक ठुला नहुन्जेल डोकाले थुनेर घर भित्रै राख्नी चलन हुन्च केरे, अब बाहिर राखे सुरक्षा नहुनी केरे तीनको । फेरि घर भित्रै
राख्दा भने भुईको चिसो लाग्ला भनेर एउटा थोत्रो गुन्द्री दछ्याएर मैले पुनि डोकाले थुनेर राख्ने गरेको थिएँ । रातिमा थुन्ने गर्थेँ,
दिउसोमा खोलिदिएको पाठाहुर तेतै आँगन तिर चरि रहेका थिए ।

चईनी गाँजाको सुरमा मैले तेही पाठाले बस्नी गरेको, तीनले चईनी दिसापिसाप अरेको गुन्द्री लगेर जिम्माललाई दछ्याईदिएछु केरे ।
जिम्मालले पानीले मुख सुख धोएका केरे, तेहाँ त सबै चीज सबै थोक सबै घुर-फोहोर चईनी पानीमा मिसिएर, ढाडिएर चईनी हिलो
भएर जिम्मालको लुगा कपडा भोरि लागेछ केरे । अब जिम्माल बुढा त जता गए पुनि चईनी बाख्रो बाख्रो जस्तो चईनी बोका बोका
जस्तो गनाम्मी (गन्ध आउने) पो भएछन केरे ।

जमुनि पँधेराबाट पानी लिएर आए पछि पो त मलाई पुनि थाहा भओ त । जमुनिले मलाई त हुक्न सम्म हुकी (गाली गरी) ।
"चईनी जिम्मालनीले के भन्लिन अब, जिम्माल बुढा मत्रै हो र तिनले लाको लुगा पुनि पुरै बोका गनाम्च, कम्तीमा पुनि गुन्द्रो
कस्तो हो भनेर त हेर्न पर्च केरे नि " भनेर मलाई अर्न सम्म गाली अरि ।

तेसो भासि चईनी यतिकै राखे त मलाई जिम्माल-जिम्मालनीले मार्चन भनेर मैले पुनि बुढालाई उठाएर चईनी लौरो टेकाएर
चौतारीमा लगेर तेही सुताईदिएँ । त्याँसी गोताएँलाई भनेर जिम्माल नबिउँझन्जेल चईनी यीनको हेरबिचार गर, समाखान गर
भनेर भन्न गाको त गोताएँलाई पुनि भेटिन । तेसो भासि मैले आफैले बिरामी मुन्छे कुरे झै कुरेर छ यही चौतारीमै बसि
राको छु केरे, जिम्माल बुढा चईनी मुढो पल्टे झै पल्टिईराखेका छन यही छापाको चौतारीमा ।


Keep rolling...


 
Posted on 11-12-05 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मार्यो! अब कुर्न बस्नेको खैरियत छैन। बूढा बिम्झेसी सबभन्दा पहिला जल्लाई देख्छन् उसैलाई ठोक्छन्,"मलाई बोका-बाख्राको आची दल्दिने" भनेर। बरु यसो गरौँ सिरे; बूढा मूढा भैहाले गाँजाको सूरमा, अब गोडा चारेक घण्टालाई काम पुग्यो। यीनी नबिम्झँदै यीनका लुगा खोल्देर धोइदिऊँ। अलिअलि चिसै लाइदिए हुन्छ थाहा पाम्दैनन्।

"कम अन लुते---------, यु ह्वेर गोइङ?" ल हेर बूढा सपनामा करा'का। अंग्रेजीमा बोलाम्छन् कुकुरलाई। लुते पनि यतै छ बूढालाई सूंघ्दै वरिपरि घुम्दै कुईं कुईं गरिरा'च बिचरो।

 
Posted on 11-14-05 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा सिरे हेर एक्लै चौतारिया बिर्खेलाइ कुरेर बसेको । अब चाइनि नचाइनि काम अरे पसि तेस्तै हो । फेरे चौतारिमा त आजकाल सुन्ने र च बेर्खे र सिर मात्रै । ल है गोतामे बाबु यसो बिर्खे बुढालाइ बिम्झाउने केइ उपाय निकाल्म ।
 
Posted on 11-15-05 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन भर्खर बिम्झजेर चौतारिआ हेरेको..सुनसान छ नि गाठे.. कता गएचन गाम्लेहरु
मुइसिर लाग्यो भनुम अब .सबै धान भित्रयाउने चटारो मा हुन कि के हो??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters