[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 198797 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 05-28-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अरु भाग पनि पढ्थें तर कमेन्ट गरेको थीइन, आज फेरी कता कता मैले चिनेको-सुनेको-देखेको-बुझेको कथा देखें। अरु केइ भन्नु छैन, अर्को भागको प्रतिक्ष्यामा"


purele ta sadhai comment garko hunthyo ta.  ke bhanya ho purele nai janos.


kathako ending chai maile ni bujhe bujhe jasto lagyo, baire thapdai jau ta chhito chhito.


 
Posted on 05-28-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे गुरु,
यो भाग त बबाल रहेछ, मनै च्यास छुने  । पेलम प्रभु पेलम अझै  ।

 
Posted on 05-28-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेले भेगसमा गर्नु गरेछ, त्यसैले लास्टमा एक्लै भएछ।
 
Posted on 05-28-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<purele ta sadhai comment garko hunthyo ta.  ke bhanya ho purele nai janos.>>>
खुशी तिमले बुझ्दैनौ होस् छोडदेउ।

 
Posted on 05-28-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री बैरेबाम बस्ताकोटी ज्यू,
साझा कथा कुथुङ्ग्री विकास आयोजना,
साझापूर, अउँरिका,

मिती:२०६६, पुरा दिन, पुरा बजे

विषय: जानकारी गराएको बारेमा।

महोदय,

सेवामा नम्र निवेदन यो छ कि, प्रभुको कथा पढ्दै जाँदा अत्यन्त आनन्द  आएको र, उक्त आनन्द अझै आऊने परिकल्पनामा झन परमानन्दको अनुभूती भएकोमा यो तुच्छ प्रभुको कथा कुरेर बस्नेकुराको जानकारी गराऊन श्रीमान समक्ष यो निवेदन पेश गरेको छु।
धन्यवाद्।

निवेदक,
बिर्ख बहादूर बोगटी
Last edited: 28-May-09 03:43 PM

 
Posted on 05-28-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे लाई यही भनाइ छ मेरो  "Happiness is not something ready-made. It comes from your own actions."


Dalai Lama


 
Posted on 05-28-09 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Magnum opus ..yo vanda badhi kehi vanna chahanna

 
Posted on 05-28-09 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे तिमी लाई एती बर्षमा रियाको याद आएन । तिम्रो मन त ढुङ्गा को रहे छ ।
 
Posted on 05-28-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा चाँही दामी छ बैरे

तर यो बैरे मान्छे चाँही लास्टै झुर रहेछ ल -

मन पर्दैन पनि भन्ने अनी उसैसँग के के गर्ने -

मन नपर्ने मान्छे ले केही नगर्नु नि - दु:ख पाउने भयो यो बैरे रे -

अब चाँही च्याङ्रा को बिहे मा रिया अर्को केटा सँग आवोस् लौ जा त - गर्नु पनि अत्ती हुन्छ नि -

त्यस्तो माया गर्ने मान्छे लाई हेरsssss गरेको - 
 
Posted on 05-29-09 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have a feeling that Riya is going to show up with kid ( may be his??? ). Lets see if I am wrong or right.Cannot wait to read next chapter.
 
Posted on 06-01-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kHushii
<<kathako ending chai maile ni bujhe bujhe jasto lagyo, baire thapdai jau ta chhito chhito>>
कथा बिचमा त बल्ल पुग्यो कसरी एन्दिङ बुझ्यौ एती चाडो ?


Bhakte
<<यो भाग त बबाल रहेछ, मनै च्यास छुने  । पेलम प्रभु पेलम अझै >>
ओहो भक्ते प्रभु धेरै दिन पछी दर्शन पाइयो , कथा पढ्दै गरेको ज्ञान भएर म क्रितज्ञ भए । प्रभुको पनि कमलो मन जसतो छ, आफुले यात्रो गर्दा पनि मनमा केही भएन क्या अर्नु ?


crazy love
<<बैरेले भेगसमा गर्नु गरेछ, त्यसैले लास्टमा एक्लै भएछ। >>
खै के भनुम अब मेरो पिडा माथि हास्ने अर्को एक थपियो ।


Birkhe Maila
<<सेवामा नम्र निवेदन यो छ कि, प्रभुको कथा पढ्दै जाँदा अत्यन्त आनन्द  आएको र, उक्त आनन्द अझै आऊने परिकल्पनामा झन परमानन्दको अनुभूती भएकोमा यो तुच्छ प्रभुको कथा कुरेर बस्नेकुराको जानकारी गराऊन श्रीमान समक्ष यो निवेदन पेश गरेको छु।>>


बिर्खे बा तपाईको यो कमेन्टलाई खै कसरी जवाफ दिउम ? आफ्नो शब्द कोश यो कथाको कमेन्ट को लागि रिताउनु भएकोमा म आभारी छु ।


NiTiSa
<<बैरे लाई यही भनाइ छ मेरो  "Happiness is not something ready-made. It comes from your own actions.">>
ठीक भन्यौ साथी, आफु त भाग्य पनि निस्केको राम बाण झै ठान्थे, उसले आफ्नो मार्ग जसरी नि लिएर छाड्छ झै लाग्थ्यो अब यो पनि त्यही भाग्यले कोरेको क्षण हो जस्तो लाग्थ्यो , तर शायद आफ्नै कर्मको फल भुगत्दै छु होला ।


AlterEgo
<<Magnum opus ..yo vanda badhi kehi vanna chahanna>>
प्रभु यो नेपाली छाउरो लाई किन गूगल गर्न लगाउने ? हेहेहेहेहे , तपाईको यो कमेन्टले मेरो दर्जा बढाईदिएको मा म धन्य छु


rhea
<<बैरे तिमी लाई एती बर्षमा रियाको याद आएन । तिम्रो मन त ढुङ्गा को रहे छ ।>>


म त नाम हेर्दा एक्छिन झन्डै खर्लङ भाको , रियाको याद नआउने त प्रश्न नै छैन , तर उसका याद हरु मेरो पापको एकान्ते प्रयासचित हो । उसको यादमा भुलेर जिन्दगी नै छोड्न त मिलेन , कथामा भनेको झै कती घाऊ त समयको धुलो र काम यो बोझले पूर्ण आटेको थियो तर एकान्तमा त्यो धुलो पंछाउदा उसका याद हरुले सताउ थियो । मन ढुङ्गाको पनि होइन, पहिले त स्वाभिमान म भन्दा नै ठुलो भयो तर पछी मनमा डर भने टन्नै थियो , के उसले मलाई बिर्सेंए सक्यो ? उसको जीवनमा अरु कोही छ कि ? उस्लाई पनि मेरो याद आउछ होला । यि प्रश्न हरुका जवाफ खोज्ने क्रममा नै समय बित्यो , तर उसलाई भने सोध्ने आट कहिले पलाएन । अब यसमा मेरो होस् वा मेरो मन को दोश त्यो चाँही छुटाउन अझै सक्या छैन ।


serial
<<कथा चाँही दामी छ बैरे
तर यो बैरे मान्छे चाँही लास्टै झुर रहेछ ल -
मन पर्दैन पनि भन्ने अनी उसैसँग के के गर्ने -
मन नपर्ने मान्छे ले केही नगर्नु नि - दु:ख पाउने भयो यो बैरे रे -
अब चाँही च्याङ्रा को बिहे मा रिया अर्को केटा सँग आवोस् लौ जा त - गर्नु पनि अत्ती हुन्छ नि -
त्यस्तो माया गर्ने मान्छे लाई हेरsssss गरेको - >>


बौचा अब मेरो जीवन को लक्ष्य अर्कै थियो पहिला के गर्नु, चामल पिस्दा धान सँगै घुन पनि पिसिन्छ भन्थे आफुले नि त्यही सोचियो, गल्ती भयो अब त्यही गल्तीको सजाय काट्दै छु । च्याङ्ग्राको बिहे को प्रतिक्षामा त म पनि छु , खै के हुने हो सम्झ्यो कि मन ढुक ढुक गर्छ हेहेहे हेर्दाइ जाम के लेख्या छ यो पुर्पुरो मा ।


Nitisa
<<I  have a feeling that Riya is going to show up with kid ( may be his??? ). Lets see if I am wrong or right.Cannot wait to read next chapter>>


लौ न यहाँ दुई नितिसा छन कि क्या हो ? लौ न कहाँ बाट भुरा हरु पलाए, राम राम राम राम बच्चा लिएर आयो भने म त फैन्ट हुन्छु च्याङ्ग्राको बिहे मा मेरो अर्थी उठ्ने छ । लौ यो आइडीया पनि ननकारौ ।


कथा त अझै एक दुई दिन रोक्नै पर्ला जस्तो छ , सब को मन चुक चुक भयो 


 
Posted on 06-02-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire!!


It is really a nice story.. I really appreciate your writing and look forward to read more.


 


 Let me pull this thread up this morning.


 


NepaliThita


 


 


 
Posted on 06-02-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि कथा छैन बैरे- खोइ अर्को भाग
 
Posted on 06-02-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय सँगै पुराना यादहरु नभरिए पनि काम र तरक्कीले समय ओगेट्न थाल्यो, अब त झन ति पल हरु आफ्नो एकान्तमा केलाउने सहारा मात्रै हुन पुगेका थियो । जाड तान्या बेला र एक्लो हुँदा दुबै को याद आउथ्यो तर आफ्नो घाऊ आफु सगै साची राख्थे .............

 

फोन फेरी बज्यो, फेरी नचिनेको नम्बर आयो , च्याङ्ग्राको नम्बर त मैले आफ्नो फोनमा राखी सकेको थिए तर एरिया कोड त अर्कै छ ।

 

 "हलो" भन्दै उठाए तर आवाज आएन । अमेरिकामा चाहिने भन्दा नचाहिने कल धेरै आउछ त्यही भनी फोन राखी आफ्नो काम तिर लागियो ।

 

यसरी नै केही दिन पछी जाने दिन पनि आयो, च्याङ्ग्राले जाने दिन भन्दा १ दिन अघी बेलुका टिकेट ईमेलमा पठाइ दियो । उसको ईमेल त्यही पुरानो नै थियो, मेरो पनि र मन मनै सोछे रियाको पनि त्यही त होला भनेर । टिकेट एक तर्फी मात्रै पठाएको थियो उसले, एक छिन त अच्चम्म परे फेरी सोचे कुन दिन फर्किने निधो नभएकोले होला । टिकेट प्रिन्ट गरी भोलीको तयारीमा थिए म ।

 

शुक्रबार काम बाट चाडै निस्की आफ्नो पोका पुन्टुरो बाधि, बिमान्स्थल तिर लागे, डेढ घण्टाको मात्रै उडान थियो उड्ने बित्तिकै पुगी हाले । एअरपोर्टमा च्याङ्ग्रा लिना आको थियो , उस्लाई देखेर मन नै हर्शित भयो यस्तो लाग्यो कि छुटेको परिवारको सदस्य भेट्या झै भयो ।

 

च्याङ्ग्रा पहिलेको भन्दा अली मोटाको रहेछ, नमोटाउस पनि कसरी ? पहिलेको जस्तै उभी उभी काम गर्नु पर्दैन थियो अफिसको क्युबमा उपर खुट्टी लगाइ काम गर्थ्यो । मासु मन पर्नेले स्टेक र रिब्स हुल्या होला, खैरेनी सँगै बस्या होला नेपाली खान के खान पाउथ्यो जंक खाको खाइ होला अनी जीउ किन नलागोस ।

 

एक अर्का लाई भेटे पछी खैरे तरिकाले हात मिलाईयो ( बुढी औला जुधाइ एक अर्काको काध आफ्नो काधमा जुधाएर ) । " के छ राजा " दुबै को प्रश्न एउटै थियो । त्यहाँ बाट हामी म बस्ने होटेल तिर गयौ , बाटोमा उही पहिले पहिलेका कुराहरु र के छ के हुँदै छ भन्दै बित्यो ।  च्याङ्ग्राको घर र होटेल बिच धेरै दुरी थिएन, मलाई होटेलमा छोडेर "ल फ्रेश भएर बस, म तलाई लिन एक, डेढ घण्टामा आउछु, बेलुकाको डिनर को तयारी गर्नु छ " । "हुन्छ भन्दै म आफ्नो कोठा तिर लागे ।

 

नुहाइ धुवाई, म तयार भएर बसे , सेप्टेम्बर महिना घाम पनि ढिलाई अस्ताउथ्यो बेलुकाको ८ बजे नि मध्यानन दिन जस्तै थियो । च्याङ्ग्रा आयो, हामी उसको घर तिर लाग्यौ । केटोले घर पनि सहि किन्या रहेछ, बस्ने चाँही दुई जना बाहेक अरु कोही थिएन , तर अहिले उसको हुनेवालाको आफन्त हरु बेलुकी आउने रहेछ ।

 

उसको घर भित्र जादा, ढोकैमा केरेनले अभिवादन गरिन । नेपालीमा " स्वागतम " भनी च्याङ्ग्राले सिकाको रहेछ अनी " यू ह्याव पुट ओन सम, वेट" भनी । म अच्चम्म परे , मलाई त देख्या थिईन कसरी मेरो वजन वाढ्या कुरा थाहा पाइ ? भन्दै सोची रहेको थिए च्याङ्ग्राको बैठकमा नेपाल देखी भेगस सम्मको हाम्रो केही फोटोहरु फ्रेममा राख्या देखियो । आफ्ना अतितका ति बहुमुल्य तस्बिर देख्दा जवानी फेरी याद आयो ।

 

केरेन "आइ गोट टु पिक माइ फेमिली, बे कोम्फी " भन्दै हिडि 

 

च्याङ्ग्रा - "के हो पुराना दिन याद आए कि क्या हो ?"

 

" यो पो दिन हरु त " मैले भने

 

च्याङ्ग्रा - "त्यही त अब त बुढा हुने उमेरले छुन आट्यो, ल हिड हिड बहिर जाम , बि बि क्यु गर्या छु , आज केरेनको परिवार सँग फोर्मल डिनर मात्रै हो............. मेन डिनर त भोली हुन्छ ।"

 

हामी बाहिर लाग्यौ, पछाडि चौर पनि ठुलै थियो

 

"तलाई के उही पहिले को झै सिभास नै हो ? ओन द रोक्स ?"

 

"हुन्छ ...... तैले त निकै प्रगती गरिश" मैले भने

 

"के हुनु यार, प्रगती भन्या यस्तै हो "

 

"अनी तेरो पहिलेको खै त "

 

" उहिलेको कुरा खुइले, छोड यो कुराहरु "

 

बाहिर बसी दारु पानी खाँदै थियौ, केरेन आफ्नो आफन्तलाई एअरपोर्टबाट लिएर आइपुगी ।  हामी पनि भित्र लाग्यौ , उस्का परिवार सँग चिना पर्ची भयो । एकै छिन बैठक मै बस्यौ, केही समय पछी खाने समय पनि भयो । खान खाएर हामी फेरी कुराहरु गर्न बस्यौ , खैरे हरु सँग गर्नु पर्ने कुरा दिप्लोम्याटिक कुरा मात्रै भयो ।

 

च्याङ्ग्रा मलाई छोड्न होटेल आयो, बाटोमा मैले उसको परिवार किन न आको कुरा सोधे । आमा खुशी भए नि बाउले मान्या रहेन छ त्यह भएर न आको कुरा जनायो । केटोको बिरोध बुढाले जमना देखी नै गर्या रहेछ, उु चाँही यहाँ घर जम गरी बसी सके छ ।

 

"मानी हाल्छ नि बुढा, अब एउटा नाती दे बुढा पग्ली हाल्छ नि "

 

"त्यही सोच्या छु मैले नि " च्याङ्ग्राले हाँस्दै भन्यो ।

 

आफ्नो कोठामा छिर्नु अघी एक एक सर्को उही पहिलेको झै उडाईयो । 

 

" भोली रेहर्सल छ १० बजे, १-२ घण्टामा सकिन्छ होला, त्यस पछी तेरो सुटको पनि फिटिङ गर्नु छ । केरेन भोली आफ्नो बाउ आमाको मा जान्छे । डिनर मेरो मै हुन्छ तर त्यो भन्दा अघी एअरपोर्टमा कसैलाई लिना जानु छ " च्याङ्ग्राले भन्यो

 

" कस्लाई "

 

"भोली नै थाहा पाइ हाल्छस नि " हाँस्दै च्याङ्ग्रा घर फर्क्यो ।     

 
Posted on 06-02-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रियालाई लिन जानी, मलाई थाहा छ, कमेन्ट नै गर्दिन भनेर बस्या, सकिन! त्यो मिस्स कल नि रिया कै हुन पर्छ। ल बैरे मज्जाको छ, भोलीको लागि मस्त भूमिका भो, अब कती बेला एअरपोर्ट पुग्ने हो, तेसैको प्रतिक्ष्यामा। छिट्टै राख्नु

 
Posted on 06-02-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे प्रभु कस्तो गेस हो यो , रिया को नम्बर भए त हुन्थ्यो कल ब्याक नै गरिन गल्ती पो गरे कि क्या हो ? अब एअरपोर्ट त उसलाई त लिन जाने होला नि च्याङ्ग्रा बजिए त्यसरी मुस्कुराउने अरु के हुन्थ्यो र
 
Posted on 06-02-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के भो त त्यसपछी


ल ल छिटो थपौ -


 
Posted on 06-02-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Intresting!! Can't wait for another part....


Nepalithita


 


 


 
Posted on 06-02-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire,
Yo ta Prison Break herya jastai vo..kasto thau ma episode khattam parne kya...arko episode eagerly wait gardai chu..

 
Posted on 06-02-09 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नितिसा एउटै हो बैरे कमेन्ट मात्र दुई चोटि राखेको,धेरै भयो हो? अनी किन doublespace राखेको? स्टोरी लामो ढेखियो तर पढ्नु यकैचिनमा सकियो।  Waiting for next part....


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters