[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "मन" हुनु त जगिया को जस्तो !!

[Please view other pages to see the rest of the postings. Total posts: 91]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 53591 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 07-08-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मन"  हुनु त जगिया को जस्तो!

 

 नाम जगिया, बर्ष ३२-३३ । श्याम बर्ण । नेपाली मुश्किल ले बोल्थ्यो।
जगिया पहिलो ब्यक्ती थियो मैले आफु पोस्टिङ भएको कार्यालय को गेट मै भेटेको। रिक्साबाट् ओर्लिंदै थिएं, उ  हतारिंदै मेरो ब्याग उठाउन आए, सलाम् साहेब भन्दै। पक्का चौकिदार् हुनु पर्छ, मेरो मनको ठ्म्याइ, सहि निस्कियो।

"नाम के हो?"
 
"जगिया।"

 "जगिया मात्र?"
"हाँ, साहेब, जगिया।"
 उसले मेरो सामान बोक्दै   अर्को इन्जिनियरको  क्वाटरमा भित्र लगे। इन्जियर साहेब संग औपचारिक परिचय गरें।  शायद इन्जिनियर साहेबले पहिले नै उसलाइ सूचना दिएको हुनु पर्छ र रिक्सा बाट ओर्लिने बित्तिकै थाहा पाइहाले।
 
सरकारी जागिरको पहिलो पोस्टिङ तौलिहवा, जिल्ला कपिलवस्तु। इलाहाबाद पढ्दा धेरै चोटी भैरहवा बिश्राम् गरेको र त्यहि बाटो हुंदै नौतनवा, गोरखपुर् -इलाहाबाद गएकोले कपिलवस्तु पनि उस्तै होला भन्ने सोचेर गयेको थिएं। भैरहवा सम्म त पीच बाटो खासै समस्या परेन। तर त्यहाबाट ६६ किमी बाटो धुलाम्य, र नेपालको भूगोल जस्तो बाटो। ३ घण्टा पत्यार् लाग्दो यात्रा। तौलिहवा, पहिलो द्रिष्टि मै उराठ लाग्दो लाग्यो। हिन्दुस्तानको कुनै देहात जस्तो लाग्ने, चारै तर्फ मश्जिद मात्र। गौतम बुद्धको कर्मथलोमा बुद्ध धर्म को नामो निशान थिएन्। राजा सुद्धोधनको दरबार  अबशेष र केही अशोक सतम्भ बाहेक बुद्ध धर्म को प्रतिनिधित्व गर्ने केही थिएन।

जगिया, हाम्रो अफिसको चौकिदार। श्रीमती र सानो बच्चा सहित गेट निरकै सानो कोठामा बस्थ्यो। बिहान कार्यालय खोल्ने, सफा गर्ने  लगायत सबै  उसैले गर्थ्यो। क्वाटर् र अफिस एउटै कम्पाउण्ड भित्र थियो। छुट्टा छुट्टै क्वार्टर, गेस्टहाउस्, अनि स्टोर रुम।

कुनै पनि बेला जगिया, हे जगिया भन्ने बित्तिकै  जि साहेब भनेर उपस्थित हुन्थे। बजार जाने देखि अखबार लिन जाने आदि इत्यादि जे काम पनि तुरन्तै गर्थे। यसमानेमा हाकिम र अरु दर्जाका स्टाफ सबैमा जगिया प्रति राम्रो धराणा थियो।
अफिस को एकापट्टी पोखरी, अर्को पट्टी जंगल र अर्को पट्टी खेत भएकोले सर्प, गोमन अनि  करेटको त उर्बरभूमि नै थियो। काठमाडौंको घरघरमा आ।ुने सानो सर्प RAT SNAKE   देखि त त्राहिमाम त्राहिमाम् हुने मान्छेलाई सर्प गोमनको वस्तिमा हुल्दिंदा सातो जानु स्वाभाबिक थियो।
तर के गर्नु, जागिर खाए पछि डरलाई नि आफ्नो घर बनाउनु पर्दो रहेछ।


म त्यता हाजिर भएको लगत्तै अर्को इन्जिनियर साहेब सरुवा लिएर नवलपरासि जानु भयो, मानौं यो उदेक लागो भूमिबाट मुक्ति पर्खेर बसेको। हाकिम हुनुहुन्थ्यो, तानसेन घर भएका भलादमि। हरेक छुट्टीमा घर जानु हुन्थ्यो र कहिं जानु छ भने निमित्त हाकिम दिएर जानु हुन्थ्यो।

एक दिन हाकिम घर गाको बेला, साँझ ८ बजे तिर, जगिया, साहेब  साहेब भन्दै आए, मेरो क्वार्टरमा। निकै आत्तिएको देखिन्थे।

मैले किन, किन आत्तिएको भनेर सोधें। अबधि भाषा मात्र बोल्ने तर नेपाली मिसाउदै  बच्चा बिरामी भएको र होस् नै नभएको  बताए। मलाई अबधि भाषा आउदैनथ्यो, हिन्दी मा भनें।
" चलो अस्पताल् ले चलते है।"
 
जिल्ल अस्पताल ३-४ मिनेट को पैदल दूरी मै थियो। जगियाले बच्चा बोके र हामी दुबै जना रफ्तारमा अस्पताल पुग्यौं। डाक्टर् यादबले प्रारम्भिक जाँच गर्नु भयो।  झाडापखालाले डिहाइड्रेसन् भएको होला भन्दै सलाइन पानी दिने कुरा गरे र दिए पनि। डाक्टर संग बिस्तारमा कुरा गरें। यता तिर झाडापखाला नर्मल रे।

एउटा सलाइन पानी चढाइ सक्दा नि बच्चाको स्थितिमा सुधार भएन। जगिया, त्यसै त आत्तिसकेको, बच्चा निलो हुंदै गए पछि झन आत्तिए। रुन थाले, जगिया। डाक्टर यादब पुन: आए र तत्काल बुट्वल वा भैरहवा लैजाने सल्लाह् दिए। रातको साढे ११ बजिसकेको थियो। एम्बुलेन्सको ब्यबस्था त्यो पनि रातको समयमा लगभग असंभव थियो नै।

अफिसको गाडी थियो तर ड्राइभर साहेब भने साँझ ८ बज्यो कि १ पाउच श्री मा झमझमाइ सकेको हुने। मलाई ड्राइभिङ आउदैनथ्यो।
"जगिया, गाडी चलाना आता है?"
"हाँ साहेब।"
"लाइसनवा नही साहेब।"
 
लाइसेन्स् साइसेन्सको बात छैन, साँचो मेरो क्वार्टरको ढोकै मा छ, गाडी लिएर आउ , म बच्चा लाई हेर बिचार गरेर बस्छु भने। उ एकै छिन मै गाडि लिएर आइहाले साथमा लज्जो अर्थात उनकी श्रीमती पनि, साडिले टाउको छोप्दै।

 
जगिया ले गाडी हाँके, खाल्डाखुल्डी छिचोल्दै निमेषमै भैरहवा पुर्‍याए। अस्पतालमा बाल रोग बिशेषज्ञ पनि रहेछ। डाक्टर् कर्माचार्य, काठमाडौ घर भएको नेवार। मैले नेवारी मै डाक्टर साहेब संग कुरा गरें। केही आत्तिनु पर्दैन, समय मै हस्पिटल ल्याउनु भयो, भन्नु भयो। त्यहि कुरा जगिया लाइ भने। तर पनि उनको अनुहारमा चिन्ताका रेखाहरु ज्यूंकात्यूँ नै थियो। "बच्चालाइ केही हुदैन भोलि बिहान सम्म मा ठिक हुन्छ।" डाक्टर् साहेब ले अबधि मै भन्नु भयो।


 सायद त्यो अघिको  सलाइन पानी मै मिसावट थियो। डिहाइड्रेसन नै भएको रहेछ।  सलाइन पानी फेरि दिइयो। बच्चा स्वास्थमा क्रमिक सुधार हुंदै आयो। रातको ३ बजे डाक्टर साहेबले उनकै को क्वार्टरमा एक निद सुत्न अनुमति दिनु भयो र भोको पेटमा अलिकति अन्न। म धन्न भए।

क्रमश:

 


 
Posted on 07-10-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Wa Rahuldai wa feri arko Dhamaka


एक दिन यसरी नै सिङ्गो सडक आफ्नो बनाएर हिड्दै गर्दा बस पार्क को प्रतिक्षालयमा ओतलिएर बसेकी २०-२१ बर्षकी लरकी देखेछ, जगियाले। दारुको सूरमा जिस्काउन, फकाउन जगियाको अनियन्त्रित पाइला अघि बढेछ। लज्जो रोइरहेकी थीइ। रोइरहेको देखेर जगियाको ह्रिदय परिवर्तन भएछ र हप्काएछ । "इतनी रात मे कन्नो बस ना मिलेगा, घर जाओ।"
 
Posted on 07-10-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ क्या ट्यक्टिस है चोरलाई चौकिदारिको जागिर। तर जे होस चोरी स्विकार्दो रहेछ। मान्छे इमान्दार रहेछ जगिया।

ल अर्को भाग को प्रतिक्षा मा बसियो फेरी। 


 
Posted on 07-10-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl pstng :(

Last edited: 10-Jul-08 06:29 PM

 
Posted on 07-10-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo scene ma chai malai mithun ko classic hindi movie herya jasto lagyo lol
 
Posted on 07-10-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kun movie prerana? Disco Dancer ho
 
Posted on 07-10-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो ल रमाइलो, रोचक हुँदै छ कथा ।।
 
Posted on 07-10-08 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramailo cha dai yo part, arko part chai jhan ramailo hola jasto cha. jagiya ko love story
 
Posted on 07-11-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा जी,
मार्मिक भाव लाई रमाइलो संग पस्किन सकें र ? खुशी नै लाग्यो, रमाइलो पनि लेखिंदो रहेछ।

कुम्लेजी,
जगिया हाँडीघोप्टे कालो थियो तर कुम्ले जस्तो होइन नि फेरी। लोप पर्ला न पर्ला त्यो त मलाई मात्र थाहा छ, हाहाहा हा !

चिप्लेढुङ्गा जी,
कथा मार्मिक मोड छ, जोडतोड का साथ अर्को भाग राखौला।

लहरेजी,
रमाइलो मात्र र भन्या?

चेली जी,
यो मोड मा कसलाई तोड पर्ने हो, अर्को अंक मा ।

शितल जी,

फिलिम जस्तो हुन्न रहेछ जिन्दगी। लोप पर्नु, बिहे गर्नु, बच्चा जन्मिनु मात्र जिन्दगी को रित नहुन सक्छ।

झिल्के जी,

मन न हो, ढुङ्गा कै भए नि पग्लन्छ रे। जगियाको मन नौनी जस्तो देखियो।

दीपिका जी,
त्यो मेरो ट्याक्टिस थिएन, डि इ साहेब को। मन हुने चोर् लाई त्यहाँ लगाउने यो उपाय उत्तम थियो। एक पटक म हुंदै फेरी जी आइ पाइप चोरी भयो। बिहान थाहा पाउने बित्तिकै हाकिमा साहेबले जगियालाई पाइप र चोर् खोज्न पठाएछ। एक छिन् मै चोर् नि भेटियो पाइप नि।

हर्के जी,

रोचक बनाउन सकेको भए आफ्नो लेखाइ मा अलिकती भए नि सुधार आएको छ भनेर मान्नु पर्छ मैले।

जोशी जी,

अर्को पार्ट शायद अन्तिम हुने छ, जगिया को जीवन यात्रामा कारीब ४ महिना जती मात्र सहयात्रि भएको थिएं। अली धेरै समय कपिलवस्तु बसेको भए धेरै जगियाहरी भेटिन्थे होला।

 
 
 


 
Posted on 07-11-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जगियाको लवस्टोरी आउन लागेछ! जावस ठूल्दाई!

हाहाहा 'प्ज्न शून्य शून्य सात' ले भने जस्तो मलाई पनि पुरानो मिथुनको मुँविको याद आयो! प्रेम प्रतिज्ञा हो कि यस्तै केहि!


 
Posted on 07-11-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी,
जगिया को लोप स्टोरी नि राख्दै छु, लोप स्टोरी हुने कि लोप्पा स्टोरी हेर्दाइ जाम।

 
Posted on 07-11-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न ४ महिनामा कथा सकिने र छ...राहुलसर त्यो जगियले छोरोको नाम किसन किन राखेको होला :( मलाई त टेनसननि किसनको नाम बिगारन कती टाईम लाग्थ्यो र ...लोल...माथि कामोब्रोले त समाती सकेको हो ;) अरुको पनि नजर त नपुगेको के होला र...

 

to be honest on narration, ramro cha sir nice easy reading...ramailo lagyo background pani...excellent piece!

 


 
Posted on 07-11-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 'प्ज्न शून्य शून्य सात'


 
Posted on 07-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ् ठुल्दाइ जगिया को काहानी, ए भनेची त्यसरी भेट्भा राइछ जगिया र लज्जो को
लौ लौ अब अर्को भाग छिट्टै पस्किनुस् ठुल्दाइ।
 
Posted on 07-11-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृष्ण जी,
त्यता तिर कृष्ण लाई किसन (किशन) भन्दा रहेछन। जगिया को छोरो को न्वारण मैले गरिदिएको होइन। निख्खर कालो थियो, नाम पनि सुहाउने नै राखेछन, जगिया, बजिया ले।

 

बिस्टे जी,

लज्जोलाई जगियाले त्यसरी भेटेका हुन, तर लज्जो को काहानी अझै दर्दभरे छ।


 
Posted on 07-11-08 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 म नि पढ्दै छु ठुल्दाइ
 
Posted on 07-11-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले लेख्ने नेत्रेले नपढ्ने? हुनै सक्दैन। दामी गैराछ ठुल्दाइ, अर्को भाग कहिले साझामा हुल्दाइ? तारेमाम
 
Posted on 07-11-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी जी,
पढ्नु भएको मा धन्यवाद। पढेर गुणेर यसो २-४ शब्दको कन्जुस्याइ नगरे हामी जस्तो टिपनटापन गर्नेलाई गौशाला को म: म: जस्तो हौसला हुन्थ्यो।

नेत्रे जी,
अब आज राती लेखाइ के भयो र, जगिया जस्ताइ सिङ्गो सडक आफ्नो बनाउने पिलान छ। सोमबारे जदौका साथ हुल्दिनु पर्ला।
 

 


 
Posted on 07-11-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथाले घत लाग्दो मोड लिन थालेछ। थप्दै जाउँ ठुल्दाइ हामी पढ्दै जान्छौ। अर्को भाग को प्रतिक्षा मा
 
Posted on 07-11-08 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जग्गु दादा को लब्स्टोरि सुरु हुन लाग्या हो ठुल्दाइ लज्जो सँग? हेहे
 
 
Posted on 07-13-08 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई को कथा फेरी रिभ्यु गरेको - दाई यस्तो लामो ब्रेकलिनु हुन्छ कि कथा को सुरुवात बिर्सेंला भन्ने चिन्ता - कथा को टाइटल अनुसार त जगिय ले किसन लाई नि गोद ल्याहोला जस्तो लाग्यो  
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters