नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४४ --
हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
चौतारी का जम्मै गाम्लेहरु लाइ रात्रीकालिन अभिवादन, यो नेप्चे को।
बियोगको प्रचन्ड ताप लाइ, सम्झनारुपी कवच ले कहा छेक्छ र? झरीमा रुझ्दै हिडेको बेला, आखा बाट झरी रहेको मोतीहरु कस्ले देख्छ र? बिजयका कथाहरु त सबै ले लेख्छन, तर आफै देखि आफु हारेको कथा कस्ले पो लेख्छ र?
ए..ए....ए.... यामे, कता जान ला, म छु नि यार यता कान्ला मुनि! चौतारी नि कान्ला मुनी पुगिसक्या रैछ तर क्यार्नु एक्ल इ ले मोरिगए माथि उचाल्न सक्या हैन्, तिमी आएर राँरो गरेउ! अनि के छ त नयाँ हालखबर तेतातिर ? मेरो नि आउने जानेलाइ नमस्कार ।
ए.. ए..... ए........... ग्वाँचे, के छ नि खबर ? यता तिर ठिकै छ । हिउँ पर्या थ्यो क्यारे अहिले ता पानीले पखालि सक्यो । यसपाला तेति हिउ नै परेन । पानी परेर हैरान छ यार ।
हाँरो यता त यस्पाली हिँउ नै परेन यार, वुड यु बिलिभ, ऐले गज्जबसँअ घाम लाइराछ, समरमा जस्तै! अँ त है साँच्चि, आज त फ्राइडे हो नि है, तेस्तो खासै केइ पिरोगिराम छैन, विकएन्डाँ नि अलिकति खेत जोत्नु छ घरैमा बसेर, साउले भर्खरै काम दियेर गयो, सोमबार कस्ले कति काम गरेउँ भनेर दाँज्ने रे! अरु यस्तै हो, तिम्ले ढिडो ह्याप्स दियो?
नमस्ते गाम्लेहरू!!! यामे, ग्वाँचे, ठूली र पछि आउने गाम्लेहरूलाइ नि अग्रीम जदौ।
म आज स्वस्थानी लिएर आएको छु। आज पछि अलि बिजी भइन्छ, त्यसैले स्वस्थानी फलाकेर गैहाल्छु, अनि साँझ तिर फर्कन्छु। गालेको स्वस्थानी पनि त्यहीबेला पढम्ला।
चौतारी स्वस्थानी व्रतकथा - २९ वाचक - चित्र बहादुर मुखिया
कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्त्य मूनि, आज म तिमीलाई कसरी गालबको स्वस्थानी वाचन प्रतिभाबाट प्रसन्न भई महादेवले वरदान दिनुभयो र उनको औंरिका यात्रा कस्तो भयो भन्नेबारेमा कहन्छु, एक चित्त भई, ढाड सीधा पारी, आँखा ठूल्ठूला पारी, दाँत ङिच्च देखाई सुन।
गालवले जापुन गामको फुजी पर्वतको टूप्पोमा हरेक रात्री महादेवको तपस्या गर्दै चौतारीका सम्पूर्ण गाम्लेहरूको बारेमा मनोरन्जनात्मक चित्रण गर्दै आफ्नो गुणगान गाएको देखेर महादेव प्रसन्न भइ एक सुन्दर जापानी युवती सृष्टी गरी गालवलाइ सन्देश पठाउनुभयो। ती जापानी युवती गालबले तपस्या गरेको फुजी पर्वतमा गई भनिन् ,’ कोन्नीचीवा! हे गाराबु कुमारू! तिम्रो स्वस्थानी वाचनबाट महादेव अत्यन्त प्रसन्न भई वरदान माग्नको लागि सन्देश पठाउनु भएको छ, जे ईच्छा छ माग, म महादेव समक्ष पुर्याइदिउँला’।
यस्ती सुन्दर जापानी युवती शिव दूत बनी आएको देखी गालवको खुशीको सीमा रहेन, उनले भने, ‘हे सुन्दरी! मैले जापुनदेखि तुर्कीसम्मको यात्रा गरिसकें, धेरै कुरा पनि सिकियो, अब मलाई एकपल्ट औंरिकाको भ्रमण गरी औंरेजी भाषा पनि अलि अलि सिक्ने ईच्छा छ, यो विनम्र अनुरोध महादेवसमक्ष पुर्याइदिए आभारी हुने थिएँ, आरिगात्तो!’ युवतीले यो सुनी ,’तिम्रो ईच्छा अवश्य पूर्ण हुनेछ भनेर, अन्तर्ध्यान भईन्।‘
यसकुराको प्रभावले केही दिनमै गालवलाई अम्रिका भ्रमण गर्ने सुअवसर प्राप्त भयो। टोकियोको अन्तर्राष्ट्रिय विमानस्थलबाट बोइङ् ७५७ मा चढेर अम्रिका प्रस्थान गर्ने तरखर गरे। विमानभित्र गालेको सीट बीचमा थियो, तर झ्यालबाट बाहिर हेर्ने योजना बनाएर उनी झ्यालतिरको सीटमा बस्न पुगे। एकछिनमा एकजना जापानी बूढी आएर उक्त सीट आफ्नो भएको दावी गर्न थालिन्। गालेले कुनै टेरपुच्छर लाएन। बूढी पनि कम्ताकि थिईन, एयर होस्टेसलाई भन्न थालिन्, एयर होस्टेसले आएर अनेकौं अनुनय विनय गर्दा पनि गाले डेग चलेनन्। अन्तमा केही सीप नलागेपछि एयर होस्टेस्ले क्यापटेनसमक्ष यो कुरा पुर्याउन वाध्य भइन्। क्यापटेन आएर गालवको कानमा खुसुक्क केही कुरा भने, यो सुन्ने बित्तिकै गालव हतार हतार उठेर बीचको सीटमा बस्न पुगे। जापानी बूढी अत्यन्त खुशी भई क्याप्टेनलाई,’ आरिगात्तो! आरिगात्तो!’ भन्न लागिन्। यो देखेर एयर होस्टेस छक्क परिन् र क्यापटेनलाइ एकान्तमा लगेर कसरी यो कुरा संभव भयो भनी सोधिन्। क्याप्टेनले भने, ‘मैले उसलाई भनेकि, खाली बीचको सीट अमेरीका जान्छ, बाँकी सबै सीट चीन जान्छ’।
त्यसपछि गालब बसेको सीटको छेउमा एकजना अमेरीकी युवक बस्न आइपुगे। उनी ल्यापटप काखमा लिंदै ईन्टर्नेट चलाउँदै थिए, देश बिदेशका अनेकौं कुराहरू गर्थे। गालबलाई उक्त व्यक्ति देखेर वाक्क लाग्यो र निदाउन लागे। अमेरीकि युवकले गालवको निद्रा भंग गर्दै भने,’ईस्कुस् मी! ठपाई मोसँग क्वीज खेल्नुहुन्छ?’ गालबले कुनै चासो देखाएनन् र घुर्न थाले। यो देखी युवकले गालबलाई उठाई भन्न थाले,’ हरेक सही उत्तर दिने मान्छेलाई अर्कोले १० डलर दिनुपर्छ। यसो गर्दा रमाइलो हुन्छ।‘ गालब अझै पनि आकर्षित भएनन्। यो देखी उक्त युवक फेरी भन्न थाले,’ल भैगो, यदी तपाईले सही उत्तर दिनसक्नुभएन भने तपाई मलाई १० डलर दिनुस्, तर मैले सही उत्तर दिन सकिनँ भने म तपाईलाई १००० डलर दिन्छु।‘
यो कुरा सुनी गालबले सहमति जनाए अनि अमेरिकी युवकले प्रश्न सोध्न थाले,’ पृथ्वीको परिधि कति माइल छ?’ यो प्रश्न सुनी गालबले खल्तिबाट दश डलरको नोट निकाली युवकलाइ दिए। अब गालबको प्रश्न सोध्ने पालो आयो, उनले सोधे,’ आफ्नो मृत्यु भएपछि पनि खाना खाने र हिंडडुल गर्ने जीव कुन हो?’ अमेरिकी युवकले धेरै सोचे, सम्झे, केही सीप नलाएपछि इन्टर्नेटमा पनि खोजे तर पत्ता लाउन सकेनन्। अन्त्यमा हार मानेर १००० डलर गालबलाइ बुझाए। गालब त्यति धेरै पैसा एकै पल्टमा कमाएकोमा मख्ख पर्दै निदाउन लागे। युवकलाइ खुल्दुलीले सही नसक्नु भयो र गालबलाइ घच्घ्च्याउँदै ब्युँझाएर सोधे,’आखिर के हो त तिम्रो प्रश्नको उत्तर?’ गालबले खल्तीबाट अर्को दश डलरको नोट निकालेर युवको हातमा थम्याइदिए र आफू चैं मज्जाले घुर्न थाले।
अम्रिका पुगेर गालब रमाइलो मान्दै यताउती घुम्न थाले, अंग्रेजीमा पर्फेक्ट बन्नु पनि गालबको अमेरिका आउनुको एक उद्देश्य थियो। एकजना साथीसँग बजार घुम्दै जाँदा यौटा पसलमा चुरोट र चिलिमहरू देखेर महादेवको स्तुति गर्नमा काम लाग्छ भन्दै छिर्ने विचार गरे। ढोकामा पुगेर जोरले तान्न थाले, तर ढोका खुल्दै खुलेन। यो देखि उनका मित्रले भन्न थाले,’हे गाले! ढोकामा लेखेको कुरा पढेर त्यही अनुसार गर न। त्यहाँ PUSH लेख्या छ, त्यसैले ठेल्दा मात्र ढोका खुल्छ।‘ गालबले त्यसैगरे, नभन्दै ढोका खुल्यो। फर्कँदा गालबले फेरी जोरले ठेल्दा भए, तर ढोका खुलेन। उनका मित्रले फेरी भने,’ हे गाले! अंग्रेजी सिक्ने मान्छेको यही हो ताल? ढोकामा के लेखेको छ पढ् त!’ गालबले ढोकामा पढ्दा PULL लेखेको रहेछ, उनले ताने, र ढोका खुल्यो। यो देखी गालबले अबदेखि जे लेखेको छ त्यही अनुसार काम गर्ने अठोट गरे।
गालबको मित्र केही खानेकुरा किन्न यौटा पसल भित्र गए, गालब चैं बाहिरै यताउति घुम्न थाले। एकछिनमा उनी केही लेखेको ठाउँमा आइपुगे, यौटा ढोका जस्तो चीजमा अंग्रेजीमा केही लेखिएको थियो। उनले त्यो राम्ररी पढे, र केही सम्झे झैं गरेर उक्त चीज उठाउन खोजे, सम्पूर्ण बल लगाउँदा पनि उनले उठाउन सकेनन्। असीन पसीन हुँदै स्वाँ स्वाँ गर्दै उक्त ढोका जस्तो चीज उठाउन खोज्दै गर्दा उनको मित्र पनि त्यहीं आइपुगे र भन्न थाले, ‘हे गाले! के गरेको यो? किन उठाउन खोजेको?’ गालबले लामो सास तान्दै जवाफ दिए,’ जे लेखेको छ त्यही गरेको तर हुँदै भएन यार!’ गालबको मित्रले पनि के लेखेको रहेछ त भनी उत्सुक हुँदै पढ्ने जमर्को गरे। त्यहाँ अंग्रेजी अक्षरमा लेखिएको थियो, ‘LIFT’।
अम्रिकामा ग्राण्ड क्यान्योनदेखी अपालाचियन माउन्टेन् सम्म र मेउसिकाने गल्फू देखि सुपारी ताल(lake Superior) सम्म घुमेपछि गालबको जापुन फर्किने दिन आयो। हवाइजहाजमा चढी प्रशान्ते खोला तरेपछि टोकियो शहरमाथि पुग्दा आकाशमै विमान सात पल्ट फन्फनी घुम्न थाल्यो। चालकदलले तुरन्तै एक सूचना दिंदा भए,’प्रिय यात्रु महानुभावहरू! विमानको ईन्जिनमा खराबी आएकाले हामी अवतरण गर्न असमर्थ छौं, अब आ-आफ्नो ज्यान जोगाउनको लागि सीट बेल्ट खोली विमानको मध्यभाग तर्फ लाग्नुस् र त्यहाँको दराजमा भएको एक एक वटा प्याराशूट लिई त्यहींको ढोकाबाट हाम्फाल्नुस्। यो सुनी गालबको मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो, खुट्टा कमाई कमाई अरू यात्रुहरूसँगै उनी दराजतिर पुगे, हतारमा यौटा ब्याग उठाई विमानबाट हामफाले। आकाशबाट झर्दै गर्दा सबैले आ-आफ्नो प्याराशूट खोल्दै गए, गालबले पनि आफ्नो प्याराशूटको ब्याग खोल्ने कोसिस गर्न थाले, तर खुल्दै खुलेन। यो देखी अत्तालिंदै गालबले आफ्नो प्याराशूटतर्फ हेरे, तर त्यो त प्याराशूट नभए स्लीपिङ् ब्याग पो परेछ! गालबले मनमनै महादेवको पुकार गर्न थाले, यो थाहा पाएर महादेवले आफ्नो चमत्कारिक शक्ति प्रयोग गरी परमभक्त गालबलाइ हावा बाट एकै पल्ट फुजि पर्वतको टूप्पोमा सुरक्षापूर्वक पुर्याउँदा भए।
ईति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्य कुमारागस्ते संवादे गाले अमरिका भ्रमणम् नाम उनन्तीसोध्याय।
नोट:- यो कथा पूर्णत: काल्पनिक हो, कसैलाइ मर्का पर्न गएमा क्षमा प्रार्थी छु।
कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त ग्वाँचे र उसको हुनेवाला सम्धीको बिचमा के भयो अब बताउँछु। मन्दिरबाहिरबाट कोही हिंडेको आवाज आयो भनेर त्यो बाघ बनेको मानिसले सतर्क गरायो र ग्वाँचेलाई ज्याकेट फुकालेर लुकाउन लगायो। र एकछिन पछि ग्वाँचेलाई ढोकामा गएर बाहिर कोही आएको छ कि हेरिदिन अनुरोध गर्यो। ग्वाँचेले पनि ढोकाबाट चियो गरे र बाहिर कोही नदेखेर त्यही मौकामा भाग्न ईशारा गरे। ढोकामा निस्कँदै "होस गर्नुस् है! मैले मान्छेले कुरा गरेको जस्तो मानेको छु। प्रहरीले गस्ती गरिराख्या हुन सक्छन्। अहिलेदेखि नै मूर्ति बनेर बसे बेस होला" भनी लुसुक्क भाग्न लाग्यो। ग्वाँचे पनि तत्काल आफ्नो स्थानमा गई मूर्ति बनी अटल बसिरहे। निकै बेरपछि उज्यालो पनि हुन लाग्यो, गाँजाले पनि छोड्न लाग्यो र चिसो पनि अत्याधिक बढेर आयो। यतिका बेर नाङगै बस्दा पनि कोही मनिस नआएको देखेर, जाडो खप्न नसकी, "अब त अति भो, फेला पारे पनि पार्लान्। ज्याकेट लगाउनु पर्यो" भनी आफू बसेको तल्तिर खोज्न लागे। परन्तु त्यहाँ पाइन्ट सिवाय केही नदेखी अचम्ममा परे र निकै बेर घोरिएर सोचेपछि एक्कासि आफैंसँग बोल्न लागे "बज्जियाले झाप हानेछ (चोरेछ)। राति बाहिर मान्छे आयो भन्ने त नाटक पो रहेछ। त्यही भएर आफ्नो नाम पनि नभनी भाग्यो। त्यसलाई साइँध्वा! म तँलाई कहाँ छोडुम्ला र?"
हे अगस्त्यमूनि! तहाँ उप्रान्त पाइन्टले भनेपनि शरीरको केही भाग ढाक्दै, कुक्रुक्क पर्दै गर्दा उज्यालो पनि भयो र घाम पनि लागेर आयो। "अब यो ठाउँमा केही गरे पनि बस्ने छैन। पाँच लाख दाम छँदैछ। त्यति भए मलाई पुगिहाल्छ" भनी मन्दिर पछाडिको झ्यालबाट भागेर जाने सोच बनाउनै लाग्दा मन्दिर बाहिर साँच्चै नै मानिसको आवाज आउन लाग्यो र ग्वाँचे पनि तत्काल मूर्तिको पोजिसनमा बस्न लागे। एकै छिनमा एउटा पुरुष, एउटी महिला र एउटी बालिका बोलेको आवाजको खल्याङ् मल्याङ् आउन थाल्यो। त्यो पुरुषले भन्दै थियो "हेर्नुस् म्याडम, यी सबै पाँच हजार वर्ष अगाडिको मूर्ति हुन्। कुहिरेहरुले निकै महँगा दाममा किन्छन्। तपाईंले खोजे जस्तो मूर्ति यो छ, यो लैजानुहोला। तपाईंलाई भनेर दुई लाख भयो। हेर्नुस्, यो सबै पुरातत्व विभागले कब्जा गरेको छ। म आफैं पुलिस भएकोले तपाईंलाई मिलाइदिन सम्भव भएको हो, त्यही पनि यो समयमा। कसैले थाहा पाएमा मेरो जागीर जाने पक्का छ। नौ बजेपछि त यहाँ मान्छे नै मान्छे हुन्छन्।" यो कुरा सुनेर ग्वाँचे झसंग भए र नौ बजे अगाडि जसरी पनि भाग्नुपर्ने मनस्थिति बनाए। अरु केही सोच्न नभ्याउँदै एउटा सानो कोमल हातले आफ्नो गाला सुम्सुम्याउन थाल्यो र आफ्नो अगाडि एउटी बालिका बोलेको आवाज आयो "ममी, मलाई त शिवजी मन पर्छ। शिवजीको मूर्ति लैजाऔं न, हुन्न?" बालिकाको बोलीको उत्तर दिंदै ती महिला बोलिन् "नानू, त्यता नचल त। यहाँ महंगा महंगा मूर्ति छन्। जथाभावी गर्न हुँदैन।" उता ती पुरुष र महिला बिच पैसाको कुरा चल्दै गर्दा ती फेरि बालिका बोल्न लागिन् "ममी, यहाँ त बाबाले शिवरात्रीमा तानेको धुवाँ जस्तै गना'छ। के होला?" यस पटक चाहिं पुरुषले "शिवको मन्दिरमा गाँजा त गनाइहाल्छ नि!" भन्यो र हाँस्न लाग्यो।
ती कन्या अब ग्वाँचेको आँखाको परेला चलाउन थालिन्। परेला माथि तानिदिंदा ग्वाँचेलाई पनि सहन कठोर भयो र अन्त्यमा आँखा झिम्क्याउन पुगे। बालिकाले "ममी, शिवजीले मलाई आँखा झिम्क्याए।" भनेर प्रतिकृया दिंदा त्यस पुरुषले "महादेवले जो केटीलाई पनि आँखा झिम्क्याउँछन्।" भनेर ठट्टा गरिदियप। ग्वाँचेले बिस्तारै अर्को पटक शान्तको शास फेरे। केही समय यस्तै कष्टप्रद समय बिताएपछि महिला बाहिर जाँदै "नानू, ल धेरै नचल। हिंड जाऔं" भनी बोलाइन्। "हुन्छ ममी! म शिवजीलाई म्वाईं खाइदिन्छु" भनी तिनले एक्कासि नाकको टुप्पामा म्वाईं खाइदिंदा ग्वाँचेलाई हाँच्छ्यु रोक्न हम्मे पर्यो। बाहिरबाट "शिवजीलाई त नमस्कार गर्ने हो, म्वाईं खाने हैन" भन्ने आवाज आयो। तत्पश्चात उक्त वालिकाले ग्वाँचेलाई नमस्कार गरिन् र अनायसै ग्वाँचेले हात उचालेर तथास्तुको पोज दिए।
केही समयपश्चात बाहिर खैला बैला सुनियो। "देवीको बाहन छैन रे?" "छालामात्रै छ रे?" "भनेसि पक्कै कुनचाहिं डाँकाले बाघको मूर्ति चोरेर लगेर नक्कली बाघ बनेर बस्या हुन पर्छ हिजो" ल अब बित्याँस पर्यो भन्ने आवाजहरुको बीचमा ग्वाँचेले अघिकी बालिकाको स्वर ठम्याए "ममी, अघि शिवजीले पनि मलाई आशीर्वाद दिंदा हात उचालेका थिए" भनिन्। ती महिलाको बोलिन् "हो क्यारे! अघि नानू पनि शिवजीले आँखा झिम्क्यायो, गाँजा गनायो भन्दै थिई। त्यो मूर्ति चेक गर्नुपर्यो।" यस्तो सुनेर ग्वाँचे पनि अरु केही नसोचिकनै बसेको मून्तिरबाट पाइन्ट झिकेर हातमा च्यापी, पछाडिको झ्यालबाट निस्केर वनवनै हाम्फाली गौशालाचोकतिर हानिए।"
तहाँ उप्रान्त बिजुलीको बेगमा आधा घन्टा दौडेपछि पशुपति पनि आयो र तत्काल त्यही बाघको छाला माथि भनेपनि पाइन्ट लगाई निस्किए र जुरेलीको पसलतिर लागे। मम खाएर पैसा तिर्न लाग्दा पैसा फेला परेन। खल्ती छामाछाम गर्दै गर्दा जुरेलीले भनी "ग्वाँचे दाइ, तपाईंको त पाइन्टभित्रबाट पैसा झर्दै छ। पाइन्टको खल्ती च्यात्तिए जस्तो छ।"
सोही बेलामा कुनाको सिटमा कालो चस्मा, ओभर्सियर टोपी, कालो ओभरकोट र कालो गमबुट लगाएको मानिस सानो स्वरमा मुर्मुरियो "बज्जियाले बाघको छालाको कट्टुभित्र पो पोको पारेर राख्या र'च त!"
Good job subha! But this song has heavy hindi accent. Its not like his old adhunik geet. Raman's wordings are great as usual and the visual is good too. Tara malai ta ali ali masala haleko hindi geet jasto lagyo. By the way subha do u know miss_me? I got really confused!
वा वा गाले र चित्रे , म त यो शुक्रबारको खुराक बनाउने हो भरे । चोखै राखे अहिलेलाइ । हो त यार नेपथ्याले किन यस्तो गित गाउदैन आजकाल ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.