[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 त्यो अनुहार !!!!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 32501 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-13-11 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

त्यो अनुहार !!!!!!!


जिन्दगीको यो मोड सम्म आइपुग्दा असंख्य अनुहारहरु भेटिए, धेरै मेटिए।  अनेक व्यबहार झेलिए, केही मा जेलिएं । एउटा अनुहार म ३० बर्ष देखी बाटो चौबाटोहरुमा खोजी रहेको छु ।

आज फेरी त्यही पुरानो कालो दिनको स्‍मृतिपुन्जमा पुगेको छु । कुरो ५ क्लास पढ्दा तिर को हो । पिताजीले अंश त्यागी स्वतन्त्र जिन्दगी रोज्नु भएको धेरै दिन भाको थिएन । बाबाले काम गर्ने बैंक मा डकैटी भए पछी बाबाले जागिर छोड्नु भयो ।  चाँदिका वर्तन बनाउने पुरानै  पेशालाई निरन्तरता दिन  पूर्बाधार बनाइ भर्खर कामको थालनी गर्नु भएको थियो । नयाँ काम को सुरुवाती लगानी ( समय र अर्थ )मा घरको भकारी भिकारीमा परिणत भैसकेको थियो ।  समय अनेक दृष्‍टिले कष्टपूर्ण थियो । कुनै चमत्कार बिना त्यो स्थितिबाट मुक्ती मिल्ने संभावना न्यून थियो ।
चिसो चुल्हो बाल्नै पर्‍यो । खाली पेटहरुलाई माड ले टाल्नै पर्‍यो।  आम्दानी भने केही थिएन ।

बिहान सबेरै उठ्थें । नेपाली कागजको क्यालेण्डर तथा अन्य सजावटका पोस्टरहरुमा रङ्ग भर्थें । एक पाटो रङ्ग भरेकोको १ रुपैया पाइन्थ्यो । रङ्ग भरेर दङ्ग हुन्थें । सधैं हुने काम थिएन। जती हुन्छ मन लगाएर गर्थें । त्यो पैसाले ६ जनाको माड बन्दैन थ्यो ।

घरमा एउटा पुरानो लुगा सिउने कल थियो । हाम्रो टोलमा एउटा परिवारले ढाकाको खास्टोमा किनारा लाउने काम गर्थे । आमाले त्यही काम मागी किनारा सिउने काम थाल्नु भयो । एक खास्टो को पच्चिस पैसा । कागज मा रङ भर्ने काम न भाकोबेला म नि सिउने गर्थें । जसो तसो चिसो दाउरो बल्थ्यो । लड्डु विद्यार्थी भाकोले पढाई को कुनै चिन्ता थिएन । चिन्ता थियो त भात को ।

यसरी जिन्दगीहरु घिस्रिरहेका थिए । त्यती बेला दसैंको उपलक्षमा १५ दिन स्कूल बिदा । घटस्थापना अघिल्लो दिन शनिबार थियो । शनिबार बाबाले काम गर्ने आरानमा आगो फुक्ने, रसान मा सहयोग गर्ने काम गर्थें । त्यो दिन पनि म बाबा संगै  ज्यासलमा ( काम गर्ने ठाम )थिएं । 

एक जना ४०-४२ बर्षको झन्डै एस् फीट अग्लो ब्यक्ती ले ढोका ढक्ढक्याए । ढोका खोलें । खैरो रङको दौरा सुरुवाल, कालो भात गाउंले टोपी, इस्टकोट र कपडा को जुता लाएको ब्यक्ती देखें ।

"किशन दाई को घर यही हो,"नेवारीमा सोधे ती अपरिचित ब्यक्तीले । मैले हो भनें ।

काँधमा ल्हासाको झोला भिरेका ब्यक्तीले पिताजिलाई भेट्नु पर्ने काम बताउदै थियो .................................................................

क्रमश:


 
Posted on 01-18-11 9:35 AM     [Snapshot: 1342]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कथाको समाप्ती मै सबै मित्रगणमा एकमुष्ठ धन्यवाद ज्ञापन गर्ने बिचारले बीचमा धन्यवाद ज्ञापन गरिन, क्षमा चाहन्छु ।

बैरे- आज को दिन सम्म त्यो पाखण्डी जिउदै रहेको होला र ?? शैतानहरु छिट्टै मर्दैनन रे भन्छन। जिउदो भेटिए खबर गरौला ।

लहरे - राम धुलाई श्याम धुलाई गर्न मान्छे त भेटिनु पर्‍यो नि ? मखुला ??

सुपर ००७ - धन्यवाद, तपाईंहरु कै सदभाव मा मनको भाव पोख्ने गरेको छु । जे देखें जे भोगें , त्यही लेखें ।

ओबामा- मन छुन सकेकोमा सन्तोष लागेको छ। अर्जुन देब भन्दा नि अर्जुन देब लाई पठाउने दुष्ट को खोजिमा छु । 

मुल्मी- त्यो तान्त्रिक छिमेकी देश को हैन, छिमेकी जिल्ला को चाँही हुन सक्छ ।

हसाउने परी- दसैं को मुख मा त केही हैन, त्यो घट्ना पछी हाम्रो घरमा बिपत्ती लाइन लाएर आए, अझै त्यसको असर बाँकी छ । हेर्नु होस् पिताजीको सुनको तक्मा ।

एटोमिक- ३०० रुपैया सुब्बा साहेबको एक महिनाको तलब हुन्थ्यो, सुन एक तोलाको ६०० देखी ७०० थियो त्यती बेला ।


जीते- धन्यवाद हौसला दिनु भएकोमा । अझै लेख्न सिक्दै छु । आफुले भोगेको दु:ख पोख्दा मार्मिक हुनु स्वाभाबिक हैन र ?


क्रेजी- कथा छिट्टै समाप्न गरी दिएं ।

धर्के - अब त चिन्नु भो होला अनुहार ? कतै तपाईं को छिमेक मा त छैन त्यो ? होसियार !!!!

दमयन्ती - धन्यबाद ।

चिसोमान - धन्यवाद । समय दिनु भएकोमा।

अन्य सबै पाठक मित्रहरुमा अमुल्य समय खर्चेर पढिदिनु भएकोमा हार्दिक आभार ।
 


 
Posted on 01-18-11 10:02 AM     [Snapshot: 1362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो कथा सुनाउनु भएकोमा धन्यवाद ठुल्दाइ, फेरी पनि यस्तै यस्तै खुराक चाख्न पाइयोस
 
Posted on 01-18-11 10:11 AM     [Snapshot: 1347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई एउटा अनुरोध,
साझा र ठुल्दाईको मुहार पुस्तकबाट बन्चित मेरा शुभजिन्तकहरु माझ मेरो खेस्रा मार्फत हजुरको आत्मबृतान्त पस्किन चाहन्छु
अनुमति छ दाई ?

 
Posted on 01-18-11 11:43 AM     [Snapshot: 1406]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछी ठुल्दाइको कथा पढ्न पाइयो ! धन्य भईयो प्रभु ! अब अरु पनि लेख्दै गरौ परेको म बेहोरुला !
 
Posted on 01-18-11 2:52 PM     [Snapshot: 1468]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai ko katha ramro lagyo. A comparison can be made with the present government who is squeezing from the already sqeezed citizens. Nice presentation.
 
Posted on 01-19-11 12:19 PM     [Snapshot: 1626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो सत्य कथा , मलाई तेसै भएर धर्म का ठेकेदार हरुमा विश्वाश छैन। तर यो घटना को बेला को समाज शायद तेस्ताइ थ्यो फेरी दुख्ह को बेला मान्छे ले सम्झिनीए पनि भगवान नै हो। सन्सार भरी मान्छे हरु लाई धर्म कमौने भाडो भएको छ.

तितो सत्य लाई राम्रो सँग पस्किनु भएको मा राहुलभाइ लाई नमस्कार छ


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters