[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 437904 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेत्रे,
लहरे ले दिइ हाल्यो, टांस टुंस समितिको अध्यक्ष भनेर परिचय।
 
Posted on 02-15-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la teso bhaye mero ni SALAM.

 
Posted on 02-15-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चाइने नेत्र लाल दवाडी। एस गामको रूकी।
 
Posted on 02-15-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर त चेलीको पारा। अरुले सलाम न दियेसम्म चुप लाएर देख्या नदेख्या गरी बस्नी?
 
Posted on 02-15-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, लहरेको गीत संगीत टाँसटुँसमा वर्क पर्फोमेन्स एकदम राम्रो हुँदैछ दिन प्रतिदिन

लहरेलाई प्रोमोट गर्दिने कि ठुल्दाइ? के भन्छ बोर्डले? अध्यक्ष भन्दा ठुलो त के दिनु र पद पनि है?
लोल !
चेलीलाई मैले एक ब्यान सलाम गर्या हैन? माथि हेर्नुस् त फर्केर


 
Posted on 02-15-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pranam avastu!

Ani bwaso le bhanyo, "Ma talai khanchhu...."

 
Posted on 02-15-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुल्दै, आफुसँग छ तेसैले दिएको, नभये के दिन्थे,

चेलीलाई मैले बिहानै तारेमाम् भनेको है फेरी भनेनौ भन्लान


 
Posted on 02-15-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्र लाल दवाडी hoina नेत्रे नेपाल भन्नुस् न।


 
Posted on 02-15-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दालु दालु के त तपाइतो हाल तबल?


 
Posted on 02-15-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, ठुली, गालब, रिट्ठे, नेत्रे, चेली, ठुल्दाइ अनी बाकी जम्मै गाम्लेलाई शुक्रबारे जदौ।

 


 
Posted on 02-15-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी गाउँ बिकास समिती, चौतारी साझापूरको सुचना:

चौतारी मन्त्रिपरीषद्ले निम्न महानुभावहरुलाई चौतारी गाउँ बिकास समितीको सदस्यता प्रदान गरेको छ। निज सदस्यहरुको सहभागिता, चालचलन, वाकपटुता, साहित्य, संगित, कला तथा ज्ञानगुनका पोस्ट हरुको आधारमा केहि समय पछि योग्ता अनुसारको पदभार दिइने कुरा पनि अवगत गराउन चाहन्छौँ। नयाँ सदस्यहरुको सुची यस प्रकार छ-

१) श्री नेत्र नाथ नगरकोटी

२) सुश्री चेलिमाया चाम्लिङ

३)श्री सोमनाथ सापकोटा

४) श्री हर्क बहादुर हमाल

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

नोट: सदस्यता सुचिमा नाम छुटेको पाउनुभएमा यो सुचना प्रकाशीत भएको मितीले ३५ दिन भित्रमा नाम छुटेको निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।

 


 
Posted on 02-15-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्चे दर्सन् gare है मैले नि।

 
Posted on 02-15-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो नेप्चे तारेमाम, हिजो नेपेको गाना नि सुनियो क्यारे
नेप्चे त खतरा राइछ, कबिता त लेख्थ्यो लेख्थ्यो, अब त गीत
पनि गाउँए भएछ।
Last edited: 15-Feb-08 10:23 AM

 
Posted on 02-15-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नाइ नाइ बिर्खे दा नेत्रे नाथ नेपाल। त्यो नगरकोति त नेप्चेको हो


 
Posted on 02-15-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब भो त, आफ्नो त्यती राउँरो थर (दवाडी) लाई फेरेर नेपाल रे। म त थर फेर्नीमा परिन ठुलि, पाये अरुको थर फेर्दिन्थे।
 
Posted on 02-15-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेत्रे हाम्रो चौतारिको नियम् नै येस्तै हो।


 
Posted on 02-15-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sadasyata ko lagi dherai dherai dhanyabad chha hai maila daju!! Tyo aghi ko kabita purai padhna paye hunhtyo! kaha paiela?

 
Posted on 02-15-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिचय पत्रमा मेरो यो तस्बिर रख्दिम है जिम्माल। दारी जुँगा खौरिन भ्याइएन।
 
Posted on 02-15-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम थर परीवर्तनको नियम बारे सुचना:

सदस्यता सुचिमा नाम थर फरक परेमा सच्याइपाउँ भनेर निवेदन दिन सकिन्छ। उक्त निवेदन दिँदा सदस्यता सुचि प्रकाशित भएको मितीले ३५ दिन भित्र 'नाम थर सच्च्याउने आवेदन फारम' (चौआफा-३२) भर्नु पर्दछ। उक्त फारम चौतारी तथ्याङ्क बिभागमा पेश गरेपछि, तथ्याङ्क बिभागले बढीमा ६० दिन भित्रमा सम्बन्धित जिल्लामा पत्राचार गर्ने छ। सम्बन्धित जिल्लाबाट व्यक्तीको नाम थरको रेकर्ड ढड्डा पल्टाइ उक्त नाम सच्च्याइने छ र जिल्लाले सच्च्याइएको नाम सहित तथ्याङक बिभागलाई ३० दिन भित्रमा पत्राचार गर्नेछ। त्यसपछि तथ्याङ्क बिभागले सच्चिएको नामको विवरण २ हप्ता भित्रमा चौतारी मन्त्रिपरीषद्लाई दिने छ र मन्त्रिपरीषदले आवश्यक नियम कानुन मिलाई १ महिना भित्रमा बैठक बसाल्ने छ। उक्त बैठकले नाम सच्च्याउने निर्णय गरेको १ महिना भित्रमा नाम सच्चिएको सुचना प्रकाशीत गर्ने छ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्


 
Posted on 02-15-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


k ho thuli aagi dekhi black shirt lagayera timro chheuma ubheko ubhekkai chhu wastai

chhaina... khali blue shirt lai matrai herne thuli paani.. yasho black shirt, yellow shirt

laini herepo chaidai hanshi bhet hunchha ta..

morning morning

yati bhadai ma bhage aaba pachhi bhetaula..

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters