गालब गुरु, तपाईं नि झूर नै रहेछ, यस्तो राम्रो कथालाई नि झूर् देख्ने झूर् न भए के त? हहह्हह् हुउहुहु। रिसानि माफ् है। तपाइको कल्पनाशीलता, लेखन शैली, घट्नाक्रम को एकरुपता, र बिभिन्न अंशलाई एकै ठाम् मा समायोजन् गर्ने शील्प त थोरै ब्यक्तिमा मात्र हुने हुन्छ। सत्य यहि हो न मान्नु तपाइ को महानता हो। अस्तु!
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! तहाँ उप्रान्त मिनोसोट्टारमा पुगेपछि कलेजोको मम पतन भई कलेजेश्वरी देवी उत्पन्न भईन्। त्यस ठाउँमा नमे आई दौंतरीका साथ चौतारीको निर्माण गरी वरपीपल लगाई, बाजागाजा बजाई, फलफुलहरु सजाई पूजा गर्न लागे। देवी प्रसन्न भई वर माग भनिन्। नमेले पनि "मेरो रुघा सँधैंको लागि निको होस्। र, अहिलेको गाडी अलि पुरानो भएकोले मलाई अर्कै वाहन मिलाइपाऊँ" भनी वर मागे। यस्तो सुनी देवीले "हे नमे! यो रुघा भनेको भाइरसले लाग्छ। यसको कुनै ओखती छैन। ओखती खाए असर देखिन एक हप्ता लाग्छ, नखाए पनि एक हप्तैमा निको हुन्छ। बरु यो अदुवा राख, अदुवापानीले अलि ठीक गर्ला। अनि, बाहनको कुरा, मसँग अहिले यो लुतोखटिरा आएको बुढो गधा छ। सामान पनि बोक्न सक्दैन। मलाई कता फालुँ भइरहेको छ; यसले हुन्छ भने लैजाऊ" भन्नुभयो। लुते-खटिरे गधा भन्दा अहिलैको जाँते खटिरा आएको मटरै बेस भनेर नमे पनि खाली हात फर्किन लागे। बाटोमा मम बोक्ने केटालाई देखेर भन्न लागे "हे बालक! तिमीले महादेवलाई मम पुर्याउन आएका रहेछौ। महादेव त नेपालको हिमालय पर्वतमा बस्छन् त्यतै जाऊ।" नमेको कुरा सुनेर उक्त केटा पनि काशी जान कुतीको बाटो हिंडेछु भन्दै नेपालतिर लाग्यो।
नेपालको बालुवाटारभन्ने स्थानमा ममको अर्को डल्लो पतन भई यस पटक देवीको सट्टामा गिरिजेश्वर प्रभु प्रकट हुनुभयो। त्यस स्थानमा एक शय आठजना नवयुवक आई स्तुति गर्न लागे "हे प्रभु! तपाईं कस्ता भने राजनेताका पनि नेता। नाम 'गिरिजा' भए पनि कहिल्यै गिर्न परेन। राजाले 'गिरिजा, गिरी---ई जा' भनेर केही समयलाई गिराइदिए पनि तपाईं पछि फेरि उठेर आउनुभयो। यस्ता हवल्दार तपाईंलाई 'जय नेपाल' छ। अब हामीलाई तपाईं जस्तो तपस्वी र तेजस्वी, कुटील र रुपील, प्रश्ट र भ्रष्ट कसरी हुन सकिन्छ, आज्ञा हवस्।" यस्तो सुनेर गिरिजेश्वरले भन्न लागे "मैले भन्देको छु। मैले के भन्देको छु भने, म जे भन्छु त्यो पुर्याउँछु र जे पुर्याउँछु त्यो मात्रै भन्छु।" यो भनेको सुनेर भक्तहरु पनि "हे गिरिजेश्वर! तपाईं यस बिषयमा के भन्नुहुन्छ र के पुर्याउनुहुन्छ? भन्नुहोला" भन्दा गिरिजेश्वर पनि भन्न लागे "म भन्छु। म के भन्छु भने म जे भन्छु त्यो भन्छु; जे भन्दिन म भन्दै भन्दिन। यो बिषयमा जरुर पनि भन्छु र जे भन्छु, म भन्छु भन्छु र त्यो म भोलि भन्छु।" यतिभन्दै गिरिजेश्वर महादेव वालुवाटारको विल्डिङ्तिर बिलिन भएपछि बिन्ती बिसाउँदै बसेका बिचरा केटाहरु मुखामुख गर्न लागे।
बुढानिलकण्ठमा पुगेपसि अर्को डल्लो पतन भयो। त्यस पुण्यस्थलमा पनि अर्की महिषेश्वरी प्रकट भई शिवशक्ति स्वरुपले रहनुभयो। त्यस स्थलमा शेरवहादुर देउवा नामका व्यक्ति आई पजेरो र पैसा चढाई स्तूति गर्न लागे। ईश्वरी प्रकट भई वर माग भन्दा उनले "प्रधानमन्त्री पद पाऊँ" भन्न लागे। यस्तो सुनेर देवीले "हे देउवा! तिम्रो नामै 'देऊ बा'! त्यही भएर प्रधानमन्त्री पनि त्यही चुच्चे बुढालाई नै देऊ बा। तीन पटक प्रधानमन्त्री हुँदा सांसदलाई पजेरो दियौ बा! राजालाई तलब बढी दियौ बा! अब पहिले देशमा गणतन्त्र लेऊ बा! अनि मात्र प्रधानमन्त्री हुने सा---नो आशा लेऊ बा!' भन्दै अन्तर्ध्यान भइन्।
रात पनि पर्यो र मम बोकेको केटोले नजीकैको पाटीमा बास बस्न। दिनभरिको हिंडाइले भोक लागेकोले केही खाऊँ भन्दा नपाई त्यही मम दुई प्लेट हाब्स दिन लाग्यो। भोलिपल्ट बिहान सबेरै के करायो भनेर उठ्दा आफ्नै पेटबाट ह्वाँ ह्वाँ गरेर सेती भैंसीको स्वर सुनेर "ल बरबाद भयो। यस्तो बासी र खराब मासु रहेछ। मलाई त समात्यो समात्यो। शिवजीलाई पनि डाइरियाले समाउला" भन्दै मम जति त्यहीं नजीकको खोलामा फालेर उज्यालो भएपछि बाटोमा अष्टोत्तर शय घारीको छेल पर्दै आराम गर्दै गौशाला पुग्यो।
सबै भुस् परे होलान्, आफुले त श्वासतनी पढ्न पाइयो आज सबैभन्दा पहिला, आनन्द आयो, ल अब मिठो निन्द्रा लाग्ने भयो। ल गालब् बबु तिमिपनि मजले सुत अब। यो चिसो मा कति बस्नु चौतरि म एअक्लै लगियो अब, नारायणम् !!!!!!
लु यहाँ एका बिहानै गालउले स्वस्थानी भट्टाउन लाएछ!! सकिएन पर्भु सकिएन!! :पि म चाहि पल्ला गाममा स्वस्थानी सुन्न गा'को है, बुटि महात्म्य सुनारा'का रैछन् यसो राहुल बुढाको याद आइहाले के रे अनि अलि टिपेर ल्याछु के रे, शुरुमा पर्चार नि छ है, त्यसछि चाहि शुरु हुन्छ महात्म्य! लु सुनम!!
अनि गालउले नि यसै गरि पर्चार खोजे त के हो कुनि घर खर्च चाहिन्जो तर्थ्यो के रे!! :पि
हा हा हा! गालेकुमारले हँसायो! गज्जबको छ सधैं जस्तै!
>>>भन्दा गिरिजेश्वर पनि भन्न लागे "म भन्छु। म के भन्छु भने म जे भन्छु त्यो भन्छु; जे भन्दिन म भन्दै भन्दिन। यो बिषयमा जरुर पनि भन्छु र जे भन्छु, म भन्छु भन्छु र त्यो म भोलि भन्छु।"<<<<
चौतारी निकै लोकपृय धागोको रुपमा लिएको छु मैले। तर यस्मा कमीकमजोरी पनि उत्तिकै छन्।नेपाली भाषाको एकमात्र बलियो र सशक्तधागो चौतiरी नेपाली भाषा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुकोलगी नेपाली संस्कार,जात,धर्म ,बोलीचाली ,परंपरा,बन्धुत्वको सशक्त् माध्यम हो । तर चौतारीमा कहि कतै यो बन्धुत्व र् परंपरामाथि नै सिधै प्रहार गरे जस्तो देखिन्छ।स्वस्थानी ब्रतकथा नमान्ने र मान्ने दुबै उत्तिकै मात्रामा छन्। हास्य ब्यंग्य कुराकानी रमाइलो छ चौतारीमा ।हामी रमाइलो पनि गरम् साथै आफ्नो धर्म र् संस्कारमा आडम्बरीपना त छ तर पनि नेपाली चालचलनमा रहेका कतिपय कुराहरु नेपाली संपदा हुन र यिनलाई जोगाउनु र सम्मान दिनु हाम्रो कर्तब्य हो ।
मैले लेखेको चौतारी गाउलेलाई मन नपर्न सक्छ -यो त चौतरीबासीले पहिले नै देखाइसक्नु भएकोछ। छुचो मुखले बोले अब गाली खान पनि तयार्
बोलीचाली र परंपरा,बन्धुत्वको सशक्त् माध्यम हो । त्यैसैले
त्यैसैलेबोलीचाली र परंपरा,बन्धुत्वको सशक्त् माध्यम हो ।
Radha ji, Its nothing against the Swasthani!! We respect others belief in swosthani and We share a common love for Nepal over here!! This Chautari has been a place to spill your mundane thoughts and creativity!! The swasthani Galaab created was just another way to create a linkage and bondage between the chautari people!! It was not intended to hurt anyone's feeling!! We are enjoying just some flavour of satire in years old writing!! and Galaab is doing great job with his creativity there! Hope you won't take that as a offence to others belief!! and take it just as a part of nepali literature!! Have a good day!!..:) पि. एस.- यो अउरेजीमा लेखेको माफि पाम है। झ्वाट्ट देखेर लेख्नु मुन लागिहालो, फिरि त्यो खैरे जोगिको सँगत लागेदेखि अउरेजी बाहेक आम्दै आम्दैन!! यो शिव ब्रो व्हास अप!! ॐॐॐ फिरि शिव ब्रोले तेसिमा बज्या घन्ताआआआआआआआ सप भन्ला भन्ने डर!! : पि
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ शिब शिब शिब शिब शिब भोले. लु आज त बिहानै मलाइ पनि जगेले देको बन्दुगको गोली लाग्यो । देश बिदेशमा थाकेर सितल ताप्ने ठाउ भएको छ चौतारी। यसको बर्णन त हजार जिब्रो भएका शेष नाग हुन या हजार बुद्दि भएका गालब कुमार, कसैले पनी सक्कदैनन। यसका साथै यो धागो नेपाली सिक्न सिकाउनमा पनि उतिक्कै उपयोग गरेको छ। हातका सबै औला त काहा बराबर हुन्छन र तर अरु धागो हेर्दा त मैले लग भग बराबर नै देख्छु है चौतरीका हातका औलाहरु । स्वास्थानीको रिमिक्स भर्सन त चौतारीका पात्रहरु रमाइलो गर्ने कथा, कबितामा छिरिहाल्ने हुदा यस्तो भएको हो। मलाइ त यो १० अध्याय पनि मन पर्यो है ।
वाह वाह जिम्माल बा! जे बिषयमापनि कबिता लेख्नसक्ने यस्ता हजुरलाई कोटी कोटी नमस्कार छ। आफ्नो त यस्तो बिजोग छ।
हरेक दु:खमा सधैँ उसैलाई पुकार्छु हरेक खुसीमा फेरी उसैलाई समात्छु अब त उस्ले नि काम गर्न छाड्या जस्तो छ तिनपानेले म सङ्ग हार खान थाल्या जस्तो छ
गालब! एकदम राम्रो गइरहेको छ। तिम्रो लेख्नेशैलीको त जति बयान गरेपनि नसकिने। सार्है राम्रो। तिमीलाईपनि कोटी कोटी नमस्कार छ।
अब, महादेवले दैत्यहरु सङ्ग लडाइ गर्न निस, नोर्बु, बाङ्गेहरुलाई स्वर्गमा कसरी लैजानु भयो। स्वर्गमा निसले के के उधुम मच्चाए, सबै स-बिस्तार सुन्ने इच्छा छ।
'.......मास्टर्नीले "यस्तो कालोपाटीमा चकले लेख्ने चलन त गईसक्यो। दिने भए बरु साइनपेनले लेख्ने सेतो बोर्ड दिनुहोस्, हैन भने उल्टो तपाईंलाई श्राप दिन्छु" भन्दा देवी डराएर त्यो ब्ल्याकबोर्ड त्यहीं छोडी अलप भइन्। ....'
सकिएन गालब् संग् ......कस्ति छुच्ची डरलाग्दी बनाइदेको नि !!!!:D कति हास्नु र बरै! सिकiन पुछ्न र स्वाक्क स्वाक्क गर्दै फुर्सद छैन । ************************************************* राधाजी! त्यती साह्रो आपत्ति पर्ने जस्तो त केही देख्दिन मैले होस् हजुरलाई गाली चै नगरुम केरे फेरी यै गन्-गन नि गर्न छोड्नु भओ भुने क्यारिइ बसम्ला बरै
चौतरी कै पात्र राखेर समसामयिक घटनालाइ हास्यशैलीमा प्रस्तुत गरिएको गालबको कथा राम्रो लाग्छ मलाइ त
पत्रको मितीसम्म सँचै छु, त्यतातिर पनि कुसल मंगल नै होला!
गालब यो अध्याय नि घच्ची गयो यार, किप इट अप है ।
धेरै दिन पछि राधाजी नि झुल्किनुभेछ, स्वागत छ प्रभु, कता हुनुहुन्थ्यो यतीका दिन? चौतारीमा गाली खा'को गुनासो गर्नुभेको रैछ, खै कस्ले, कैले गाली गरेछ! मजाकको रुपमा हामीहरुले गरेको कमेन्टसलाइ सिरियस्ली लि दिनु भेन नि, राधाजी । यो त सबैको चौतारी हो नि, तपाईं नि यै चौतारीको गाम्ले त हो नि, हैन र ?
कुरो रह्यो स्वस्थानीको, गालबकृत स्वस्थानीको चौतारी भर्जन त सुद्द मनोरन्जनको लागि मात्र न हो, हामीहरु कसैको आस्थामा चोट पुर्याउने उद्देस्य कुनै पनि हालतमा होइन । हास्य ब्यङ्ग्य साहित्यमा यती सम्मका कुराहरु त एलाउड नै हुन्छन हैन र । यस्तै महादेव सम्बन्धी भैरब अर्यालको एउटा ब्यन्ङ्य पढ्या जस्तो लाग्छ, धेरै पैला ।
हो, आफ्नो धर्म संस्कृति बिर्सनु हुँदैन तर धर्म संस्कृति कै नाममा अन्ध्यबिस्वासि हुनु हुँदैन कि जस्तो लाग्छ, मलाई त, आगे तपाईंको जो इक्ष्या ।
चौतारीमा यदि जान अन्जान तपाईंप्रती दुर्ब्यबहार भएको भे, सरी है, माइन्ड नगरुम, आउँदै गर्नुहोला ।
तारेमाम है सबै लाई, ग्वाँच नि धेरै दिन पछि झुल्किनु भयो नि ? राधा जी लाई कुन कुरा ले बाधा दियो क्या रे ? मैले त आधा मात्र बुझें । माफ गर्नु होला, यो राअहुले को स्टाइल हो चिलिम को सूर मा ।
तारेमाम ठुल्दाइ! के गर्नु अलि यस्तै पर्यो आउनै पाइएन चौतारीमा, अब बल्ल काम अलि हलुका भो, अब आइन्छ, नियमित रुपमा । एक्लइ फत्फताइरा थे, तपाईं आइपुग्नु भो, चिलिम तान्दै, के छ नि हालखबर?
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.