[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 314772 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 07-08-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे काका को कथा कती लामो, पढ्नै ट्याम लाओ।
 
Posted on 07-08-08 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लास्ट्मा चै रिठ्ठेलाई चिठ्ठा परेको जस्तो छ है ।
 
Posted on 07-09-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो बिर्खे ब्रोको कथा बबाल गएको रहेछ यो पल्टपनि। सोझो गाले म भन्दा नि सोझो देखियो यो कथामा। कि चिठी दिनेबेलामा असली रुप देखिन्छ गालेको? हा हा हा! सोच्दा नै हाँस् उठ्न थाल्यो। गालेले चिठी चेन्ज गरेर रिट्ठेलाई दिने रे! अनि यता फेरि चिठी चेन्ज गरेर बसन्तीलाई दिँदै आफ्नो फर्सी बिकाउँदै फोकटमा फुल खाँदै बस्ने रे!

नेप्चेले त्यो होटलमा आधा जिउ बाहिर र आधा जिउ भित्र गरेर बसेको सिन पनि दामी लाग्यो। ब्रोले नि घुरान दिनु खोजेको हो हुन त! बसन्तीले बाल दिइनछिन् र पो! हा हा हा!

बसन्ती उसको सामुबाट हिड्दा, केहि धुँवाँको र केहि पसिनाको मादक गन्ध नेप्चेको नाकमा एकपललाई छिर्यो र बिलायो। -- हा हा हा! ऐया!!


 
Posted on 07-09-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिकृया दिनेहरु संग ढिलो कुरा गरेकोमा माफ पाउँ है?

 

दीपीका नानू- त्यहि त बुढा हरिप नै हुन्!

माष्टरनी नानी- खै त अरु भाग? कि तपाइँलाई पनि लामो सप्ताहान्त लाग्यो? खै तितौरी कता छिन कुन्नि? खुसुखुसु पढेर इखिँइखिँ गरिरा होलि कतै!

नेप्चि भाउजु- लोल! जय होस जय होस!

नार्टान दाजु सरि नेत्रे- आउँछ आउँछ मजैले लेखिएर आउँछ!

चेली नानी- लोल! हो नि कामचोर लम्बर एक हो म! जागिर खाने? हस भोलि बाट इन्टरभ्यू प्रश्नहरु सोध्छु है त?

बसन्ती- विकेन्ड सकिएसि लेख्न भ्याइयो के गर्नु। हिजो टाँसेको हेरौँ त को मेन एक्ट्रेस छ हिजोकोमा?

चिप्ले- ए, गएर आएसी कुरो सुनियो। जे होस चिहाउन नछाडौँ न है?

बिराले- के छ?

सान्नानी- तितौरीले जस्तो बोलेको? हेहेहेह

नमे- छिटो पढे हुन्छ पछि थपिँदै जान्छ झन टेम लाग्छ!

हर्के- रिट्ठेले कति दुख पाओस त बिचरा हैन?

कुम्ले- लोल! आइडिया चाहिँ आउने हो यार हाहाहाहा!

सकेसम्म आज एक भाग राख्छु!


 
Posted on 07-09-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब गालब ले चै  बसन्तीले देको चिठी  रिठ्ठेलाई नदे'र च्यातचुत पार्छन होला हइ जिम्माल बा?

 


 
Posted on 07-09-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न  को हो यो बसन्ती फेरि।।हैन  भये भर को नक्कली बसन्ती मैले आजै भेटे।।। चौतारी को बसन्ती यानिकी म र नेप्चे त जुम्ल्यहा दिदिभाइ हो नि ।।लौ न जिम्माल बा।।
हैन भन्या मै हो र त्यो? फेरी के खाएर  मैले रिट्ठे लाई चिट्ठी पठाउथे र, तिहार नि आको छैन भाईटिका को निम्तो पठाउन लाई।।।जिम्माल बा, बिरु ले था पायो भने हजुर को नलिखुट्टामा बजाउला है लोल लोल
जोक्स अपार्ट, सधैं जस्ताइ  रमाइलो छ कथा।।। अब AC नै  भाईसके अरु के भन्नु


 
Posted on 07-09-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बिर्खे दाजु हमी तपाईंको लिखाइको बहुते बडा फिँयान भईहालेछु। क्या डाइलग लिख्नु भएछ, कादर खान भि सोँच्दे छ कि सला यो बिर्खे कहाँ से आयो हामीको फिलाँप कर्न। खेँ खेँ खेँ   
 
Posted on 07-09-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी चै बसन्तीको कुरामा हासेकी है

बिचरा गाले, नेप्चुले  डोकै रित्यौदा पनि कस्तो बेच्न नसकेको को उस्ले चै। बोल्ने को पिठो पनि बिक्छ नबोल्ने को चामल पनि बिक्दैन है माइलदाइ।
बसन्ती कस्ती स्विट!!!! आफ्नो काम निकाले पनि अरुको मर्का बुझेर सबैको भलो सोचेकि
नेप्चु तिमी चै कती डाहाडे भएको ह? आफुले फर्सी बेचिसकेको भए गाले लाई मध्दत गर्नु पर्दैन बेच्न?
 


 
Posted on 07-09-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी के खाएर  मैले रिट्ठे लाई चिट्ठी पठाउथे र, तिहार नि आको छैन भाईटिका को निम्तो पठाउन लाई

 

तेही भर रिट्ठे नआ रैछ,
के गर्छस त - अब तेरो कर्मै उस्तो रैछ,

कथा त दामी नै छ भनेर भन्नु पर्दैन होला है।
अनी भाईटिका चाँही अक्टोबर एन्द मा हो है रिट्ठे बिर्सेंलाउ नि

Last edited: 09-Jul-08 11:50 AM

 
Posted on 07-09-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचाले के लेखेर मेटेछ फेरी।

हैन यो नेप्चे र रिठ्ठेलाई किन दाई भाई मात्रै बनाम्छन हं बसन्तीहरु।

अनी बिर्खे दाई को कथा को त कुरै नगरम। दुरुस्त चित्रण गर्नु भएको छ, हाम्रो गाम्ले पारीवेसको। कस्तो याद दिलायो यो भागले, मेरो सानीबारे  हटिया र साउनिको तारेको आलु को।  


 
Posted on 07-09-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग--

 

चिया गुलियो थियो तर यसको एक एक घुट्कि नेप्चेलाई तितो लाग्दै थियो। एक त चिया पाक्न नै ढिलो भएको थियो, अर्को बुढा निकै नै ढिलो थिए, सकेसम्म मोटो शरीरलाई चलाउन खोज्दैनथे।

बसन्ती गएको निकै बेर भैसकेको थियो। नेप्चे हतार हतार चिया सकाउन खोज्दै थियो।

गफ गर्दै होलान्!

नेप्चेले सोच्यो।

गाले बजिया नि मख्ख परेर हाँस्दै होला, असत्ति!

नेप्चेले चियाको घुट्कि लाउँदै सोच्यो।

बर्खाले बाटो कत्तिओ चिप्लो बनाछ हँ गाममा?

भित्रबाट बुढाको प्रश्न सुनेर नेप्चेलाई दिक्क लाग्यो। उसको मन उथलपुथल भैराखेको थियो उता बुढालाई गाउँको चिप्लो बाटोको चासो!

तो मासुको थुप्रो एक कान्ला चढेसि सिदै नरक पुग्ला जस्तो छ बाटो कत्तिको चिप्लो भो रे!

नेप्चेले मनमनै बुढालाई गालि गर्यो र प्रत्यक्षत: भन्यो‍-

चिप्लो भा छ हउर सारइ नै!

चिप्लो भाछैन?

कान कम सुन्ने बुढाले उल्टो बुझेर फेरि सोधे।

नेप्चेले ठूलो स्वरले अलि कराएको जस्तो गरेर भन्यो र अन्तिममा नक्कली हाँसो हाँस्यो-

चिप्प्प्प्प्लो भा छ सारइ नइ, चौतारिआँ खुट्टा टेको भन्देखुन खुरमुरिएर बेँशि झरिन्छ!

ए चिप्लो भा रेछ!

बुढा यति भनेर केहि सोच्न थाले।

नेप्चेले चियाको अर्को चुस्कि लायो र केहि बेर चिया मुखमा कुलुकुलु गरेर घुटुक्क निल्यो।

उसले बाहिर बाटो तिर हेर्यो।

परबाट बसन्ती अघि अघि र पछि पछि डोको बोकेर गाले आउँदै थिए।

नेप्चेलाई रिस, जलन र अत्यास एकैपटक लाग्यो।

गालेले नेप्चेको फर्सी बेबारिस छोडेर बसन्ती संग आएछ! जोसुकैले पनि डोको, फर्सी सबै चोरिदिन सक्थ्यो। अब गालेको सबै फर्सी बिक्नु र उसको सबै चोरि हुनु कुनै गाह्रो थिएन। उसलाई औडाहा भयो र सिधै गएर गालेलाई छप्काउने मन भयो।

बसन्ती र गाले पसल आइपुगे।

बसन्तीले नेप्चेतिर एक उपेक्षित नजर दिँदै पसल भित्र छिर्दै गालेलाई भनिन्-

यता भित्र ल्यार खन्याऊ डोको!

गालेले नेप्चेतिर अत्यन्तै खुसिसाथ हेर्यो र दाँत देखाउँदै बसन्तीको पछि पछि लाग्यो।

नेप्चेले बसन्तीलाई कौतुहलताका साथ हेर्यो र भित्र नछिरेसम्म हेरिरह्यो अनि गालेलाई खाउँला जस्तो गरेर हेर्यो र चियाको अन्तीम चुस्कि लियो।

कुकुरका त दिन आम्छ भन्थे!

नेप्चेले चियाको गिलाँस भुइँमा राख्दै आफ्नो चित्त बुझायो।

उसले पैसा झिक्दै भित्र हेर्यो।

गालेले फर्सि एउटा कुनामा राखिसकेको थियो र बसन्ती संग नजिकै दुवैजना केहि झुकेर फर्सी तह लगाउँदै थिए र बसन्ती झिनो स्वरमा गालेलाई केहि भन्दै थिइन्। उसलाई सुन्ने इच्छा भयो र कान ठाडो पार्दै ध्यान दिन थाल्यो।

छिटोपुग्ने बित्तिकै…..खुसुक्ककसइले थानपाऊन   म रिसाउँछु नि!

उसको कानमा बसन्तीले बोलेको केहि वाक्य र शब्दहरु सल्बलाए!

हन यो गोफ्लेसित भाग्ने कुरो अरेकि त हइन एल्ले?

मनमा शंका मान्दै नेप्चे फेरि चनाखो भएर भित्रको वार्तालाप सुन्न थाल्यो।

उता बुढा तमाखु तान्दै भित्ता हेरिरहेका रहेछन्।

नेप्चेलाई फेरि अलपत्र परेको उसको फर्सीको भारीको याद आयो। उसलाई छटपटि भयो।

भित्र बसन्ती र गाले उठे। गालेले खालि डोको बोक्यो। बसन्तीले गालेलाई भरपुर नजरले हेरि र मुसुक्क हाँसेर फेरि भनिन्-

होस गर है गालु, था पाउलान फेरि!

गालु! नेप्चेले मनमनै दोहोर्यायो।

उसको पेट भतभति पोल्न थाल्यो।

गाले डोको बोकेर बाहिर आयो पछि पछि बसन्ती आइन्।

मेरो त सपै फर्सी बिको नेप्चे, फेरि गाम गर गर्नु पर्ने काम भ्याई-नभ्याई छ म चाइँ लागेँ अब पारितिर!

गालेले हँसिलो मुखले नेप्चेतिर हेरेर भन्यो।

नेप्चेले पुलुक्क बसन्तीलाई हेर्यो बसन्ती भावबिहिन आँखाले नेप्चेलाई हेर्दै थिइन्। नेप्चेलाई नमिठो लाग्यो।

गालेलाई मुखभरीको गालि गर्न मन लागिरहेको थियो उसलाई; थोरै उसको फर्सी अलपत्र छोडेर हिँडेकोमा र धेरै बसन्ती संगको उसको शंकास्पद सम्बन्धमा! तर बसन्ती अगाडि थिइन्, उसले त्यस्तो केहि भनेन र गालेतिर हेर्दै रिस दबाउँदै भन्यो-

हुन्छ त नि, फर्सी बिकिआलो क्यार्छौ त नि ह्याँ बसेर?

गाले फुरुङ्ग परेर बसन्तीतिर हेर्दै जाने इशाराले हात घुमाएर पारी गाउँ देखायो र बसन्तीले पनि टाउको हल्लाएर बिदा गरिन् र भित्र छिरिन्। गाले खाली डोको बोकेर बाटो लाग्यो। नेप्चे, घरि भित्र हेर्दै थियो घरि गाले क्रमश: पर जाँदै गरेको हेर्दै थियो। भित्र बुढा अझै भित्ता तिर एकोहोरो हेर्दै तमाखु तान्नमा व्यस्त थिए र बसन्ती भर्खरै नेप्चेलाई एक नजर पनि नहेरि माथि कोठामा उक्लिसकेकि थिइन् र माथिबाट उनले गाएको कुनै गीतको सुरिलो धुन नेप्चेको कानबाट सररर बहेर भित्र छातिमा पुगेर छाति पोलाउँदै  थिए। अचानक उसलाई आफ्नो फर्सीको भारिको याद आयो। पैसा झिकेर बुढालाई ठूलो स्वरले बोलाएर फुत्त पैसा फालिदियो र फटाफट भारि मनले फर्सी भएतिर लाग्यो।

 

 

पटुकामा पोको पारेको पैसा सुरक्षित थियो, पेट टन्न थियो र आँखामा बसन्तीको ओठ चलेको मिठो दृष्य सिनेमा जसरि आउने जाने गरिरहेका थिए। गाले आफैँमा मस्त खोलाको बगर हिँड्दै थियो र उसले बोकेको खालि डोको पनि गालेको खुसियालीमा साथ दिन होला ढलपल ढलपल गर्दै हल्लिँदै थियो।

बगरमा हिँड्दै जाँदा गालेले अलि पर ठूलो ढुङ्गाको छेउमा कोहि बसेको देख्यो। त्यसको पोशाक रंगिचंगि थियो। गालेलाई अलिकता डर लाग्यो। त्यस्ता मान्छे उसले एक दुई पटक बजारमा देखेको थियो र उनिहरुले उसलाई हेर्ने नजर जहिले पनि डरलाग्दो हुन्थ्यो। उसले सुनेको थियो कताकताबाट औतारी मान्छेहरु आउँछन् र गाउँलेलाई काटेर पैसा लुटेर लान्छन्। उसको मुटु उफ्रियो। गालेका पाइलाका गति कम हुँदै गए। नजिकै एउटा झाडि रहेछ। गाले बिस्तारै झाडिभएतिर गयो र छेकिएर बस्यो। उसले देख्यो, त्यस्तै रंगिचंगि लुगा लाएको अर्को मानिस उताको ढुङ्गामा बसेर झुकेर केहि गर्दै थियो। गालेले यता उता हेर्यो; कतै कुनै गाउँलेलाई देखेन। उसलाई झन धेरै डर लाग्यो। उ त्यहिँ छेकिएर उभिएर हेर्न थाल्यो। ढुङ्गा पछाडि बसेको मान्छे उठेर अर्को ढुङ्गामा बसेको मान्छेतिर गयो। उनिहरुले केहि बोले जस्तो लाग्यो। गालेले देख्यो एउटाले चुरोट झिक्यो र दुवैजनाले पालै पालो तान्न थाले। गाले पर्खिएर बस्यो। उनिहरु ढुङ्गामै सुते। जाने बाटो नजिकैबाट थियो त्यसैले गाले पर्खिरह्यो। निकै बेर उनिहरु उठेनन्। गालेले बसन्ति सम्झियो र ढिलो गर्न नहुने कुरा बिचआर गर्यो, तर डरले उसलाई छोडेको थिएन। गालेले उनिहरु निदाएको अनुमान गर्यो र बिस्तारै बाटोतिर लाग्यो।

ऊ हिँड्ने बित्तिकै ती मानिसहरु उठे र ठूला रंगिन झोला जिऊको पछाडि बोके। गाले फेरि टक्क अडियो।

उनिहरु हिँड्न थाले।

गाम जान लाया होलान् यि अउतारीहरु!

गालेले मनमनै सोच्यो र झन डरायो। उसलाई आफ्नो पटुकामा पोको पारेको पैसाको याद आयो।

ती मानिस हरु खोलाको तल पट्टि जाँदै थिए।

डुबेर मर्ने भए!

जङ्घार माथिपट्टि भएको ज्ञानले गालेले मनमनै भन्यो।

ऊ ती मानिसहरु संग केहि दूरी राखेर जङ्घार तर्फ हिँड्दै थियो। पर पारीपट्टि गालेले दुई जना गाउँले खोलातिर आउँदै गरेको देख्यो। गालेको सास आयो। ऊ जति सक्दो चाँडो जङ्घार तर्फ पुग्न चाहन्थ्यो, र ती गाउँले चिन्न चाहन्थ्यो।

ऊ बेला बेलामा ती दुई अवतारीहरुलाई हेर्दै बेला बेलामा पारिपट्टिबाट क्रमश: नजिक हुँदै गरेका गाउँले हेर्दै खोलातर्फ आफ्नो पाइला बढाउँदै थियो। उसले देख्यो ती अवतारी मानिसहरु खोला नजिक पुगेर अडिएको। ती मानिसहरु पारिपट्टिबाट अब खोला तर्ने तरखर गर्दै गरेका गाउँलेहरुलाई हेरिराखेका थिए। गाले क्रमश: खोलाको नजिक हुँदै थियो। माथि पट्टि पारिबाट दुईजना गाउँले खोला तर्न लुगा फुकाल्दै थिए। तल पट्टिबाट अब ती दुई अवतारीहरु खोलाको किनारै किनार माथिपट्टि आउँदै थिए। गालेको सबैसंगको दूरी कम हुँदै थियो। गालेले पारि हेर्यो र गाउँलेहरुलाई चिन्यो। बिस्टे बुढा र भउते एक अर्काको हात समातेर खोला तर्न लागेका थिए। अवतारीहरु पारी हेर्दै गालेको निकै नजिक आइपुगिसकेका थिए, तर उनिहरुको पछाडिपट्टि भएकोले गालेलाई देखेका थिएनन्। उसले खोला तर्न लागेका बिस्टे बुढा र भउतेको हात फुस्किएको देख्यो र ऊसले उनिहरुले एक अर्काको हात समात्न गरेको संघर्ष पनि देख्यो। अब गालेलाई औतारिहरु संग भन्दा खोला संग डर लाग्न थाल्यो। उसले हेर्दा हेर्दै बिस्टे बुढालाई भउतेले सम्हाल्न सकेन। उसले बुढालाई खोलाको भलले हुत्त्त्याएर लगेको देख्यो। उसको आँखामा बिस्टे बुढाको दयनिय अनुहार आयो। उसले बोकिराखेको खालि डोकोलाई फाल्यो र सकेसम्म बल लगाएर खोलातिर दौडियो।

 ----

 

 


 
Posted on 07-09-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हन कुन चाइ बसन्तीको कुरा गरेको जिम्माल बा ले? चौतारीकी बसन्ती त मेरी साखै दिदी पो हुन त।  गाउ मा अर्की बसन्ती नि छन र भनेको?
कुम्ले ब्रो, मैले घुरान देको रे? हाम्रो जिम्माल बा को आँखा ले धोका देको होला। म त पसलमा बुढाले चिया कती खेर देलान र बाकी फर्सी बेचेर सकाउने भनेर सोच्दै थे।
दिपु, म कहाँ डाहाडे हुनु? म त मेरो सकियोस अनी गालु को पनि बेचेर गाउ फर्किने भनेको। तेही बजिया को भाग्य चम्केर जम्मै फर्सी त बसन्ती ले पो किनेर गै त।

 


 
Posted on 07-09-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी- खै च्यातचुत पार्छ कि रिट्ठेको कुरा मिलाउँछ हेरौँ!

बसन्ती- हेँख हेँख हेँख  हमि सला नलिटांगका अन्सोरैन्स करेछुँ! रिट्ठेलाई भाईटिका रे?? आज बेलुका भट्टिमा भेट हुने भो रिट्ठे।

प्रेरणा- :पि :डि

दीपीका नानू- :पि :डि, हो नि बसन्ती क्या ज्ञानी है?

लहरे- हाहहाहा लहरेको कर्म के हुँदैछ बरु , हेर्न पर्छ!

सुन्तले- त्यहि त सुन्तले किन किन बुझ्नै नसकिने।

नेप्चे- दिदीको नाम संग मिल्या पो त, तै पनि किन आत्तेको बसन्तीले हेर्या छैनन तिमीलाई!

सबैलाई धन्यवाद्!


 
Posted on 07-09-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्सी को मुन्टा पनि बेच्छौ  कि फर्सी मात्र बेच्छौ हौउ गाम्लेहरु?   फर्सी को मुन्टा भए अलिकती म पनि किन्थिए
 
Posted on 07-09-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हौ गाले अझै आइपुगेन त खाम लेर
आफु ह्या कुर्या कुरै छु नि
 
Posted on 07-09-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"
खै हौ गाले अझै आइपुगेन त खाम लेर
आफु ह्या कुर्या कुरै छु नि

"
hahaha.....
 
होस् गर्नु है रिठ्ठेब्रो चिठ्ठिमा बसन्तीले भाइटिकाको निम्तो लेखेकीहोलिन् !!!
 

 
Posted on 07-09-08 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल त्यो खोलाले बगाउने सिन नेर हाम्रो झिल्के गान्जा तान्दै थियो हैन र? कल्ले बचाउने हो हाम्रो बिस्टे बालाई।
रिठ्ठेको दिन आउने होकी, एउटा गीत नि राख्नु पर्‍यो जस्तै यस्तो, लौ हेरौ रिठ्ठे र बसन्तीको भेट भएसी दुई जाना कस्तो नाचेको ।

 


 
Posted on 07-10-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे चिट्ठी खोलेपछी फेरी बिहोश हुन्छ है
चिट्ठी मा यस्तो लेखेको हुन्छ

प्यारो भाई रिट्ठे,

                    /////////////////////////////////////

                   /////////////////////////////////////

                  ///////////////////////////////////////


                                                     उही तिम्रो प्यारी दिदी
                                                                  बसन्ती

 

मरे म त - एस्तो भए कस्तो होला  

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters