[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 604936 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-06-08 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाउजु, रिसानी माफ होस् है। धरो धर्म मैले पेल्न खोजेको भए।
दिप प्रभो, खोइ त अर्को भाग?
 
Posted on 11-06-08 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाउजु, रिसानी माफ होस् है। धरो धर्म मैले पेल्न खोजेको भए।
दिप प्रभो, खोइ त अर्को भाग?
 
Posted on 11-06-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)  देवरराजा,  ए बाssss नि क्यार्न त्यसो भन्नुभा हउरले। म चै मजाक अरेकिम के ।रिसानी किन हुदिहुम् र भन्चु। बरु भेट नै भाको जस्तो लागेर दंग पो छु त । 

 तर नि , के भन्च रे , त्यो के जाति -  बिधानास , धरो धर्म, मरिजाम, ए राम  भन्ने शब्दहरुको त्यति भरोसा हुदैन के।   पहिले नै बांङेलाइ त्यति विधि  भनिसके। दिपदा चै रिसानी भा हुनुपर्च । माफी माग्दा अर्को झटारो आउला भन्ने डर भैराछ के अरुम,के अरुम?


 
Posted on 11-06-08 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)  देवरराजा,  ए बाssss नि à¤•्यार्न त्यसो भन्नुभा हउरले। म चै मजाक अरेकिम के ।रिसानी किन हुदिहुम् र भन्चु। बरु भेट नै भाको जस्तो लागेर à¤¦à¤‚ग पो छु त à¥¤ 


 
Posted on 11-07-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 à¤¤à¤°à¥à¤¨à¤¿à¤•ो पछि लाग्ने रैछन्त बाङ्गे , तरुनिले गर्दा à¤¹à¤¾à¤²à¤¤ खराब


 
Posted on 11-07-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तरुनिको पछि लाग्ने रैछन्त बाङ्गे , तरुनिले गर्दा हालत खराब


 
Posted on 11-07-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laa bichara bangey kina jail gaecha.
 
Posted on 11-07-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laa bichara bangey kina jail gaecha.
 
Posted on 11-07-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै तिर आँखा डुलाउन भएन प्रभो, एउटिले भो नभन्दै अर्की तिर लाउनी अनी हुन्छ त? बरु पहिला शुभेक्षा कै छिनो फानो गरौ अनी अन्त तिर लागम्ला हुन्न र भन्या 
 
Posted on 11-07-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै तिर आँखा डुलाउन भएन प्रभो, एउटिले भो नभन्दै अर्की तिर लाउनी अनी हुन्छ त? बरु पहिला शुभेक्षा कै छिनो फानो गरौ अनी अन्त तिर लागम्ला हुन्न र भन्या 
 
Posted on 11-07-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jail ma gayo re bange? haina hola bange janchha aba jailma kahi napara. nachahine kura. arko bhag kahile?

 
Posted on 11-07-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jail ma gayo re bange? haina hola bange janchha aba jailma kahi napara. nachahine kura. arko bhag kahile?

 
Posted on 11-10-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep lai pani lagyo jasto chha police le!!

 
Posted on 11-10-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep lai pani lagyo jasto chha police le!!

 
सान्नानी
Posted on 11-10-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli teso bhae ta jailma lekheko kathaharu padhna paine bho ta deep ko?
 
Posted on 11-10-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिपदा पनि जेल मा गको रे?  क्यार्न त? छानबिनको लागि हो?!  बांगेको मोटरसाइकल अरु कसैको  साइकलमा ठोक्कियो होला। अनिखेरि गल्ति कस्को भनेर छानबिन हुदै होला। वयान दिनु पर्यो नि त्यै भ'र   एउटा प्रत्यक्षदर्शी चाहियाहोला--भरपर्दो चै   दिपदा होला के बांगेको। (कति रिस उठ्नेहोला अब ---)


 
Posted on 11-10-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 à¤¦à¤¿à¤ªà¤¦à¤¾ पनि जेल मा गको रे?  क्यार्न त? छानबिनको लागि हो?!  à¤¬à¤¾à¤‚गेको मोटरसाइकल अरु कसैको  साइकलमा ठोक्कियो होला। अनिखेरि गल्ति कस्को भनेर छानबिन हुदै होला। वयान à¤¦à¤¿à¤¨à¥ पर्यो नि त्यै भ'र   à¤à¤‰à¤Ÿà¤¾ प्रत्यक्षदर्शी चाहियाहोला--भरपर्दो à¤šà¥ˆ   दिपदा होला के बांगेको। (कति रिस उठ्नेहोला अब ---)


 
Posted on 11-10-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिलक्षण प्रतिभाका धनी दीप साह्रै नराम्रा थिए, उन्को भुँडी प्याट्ट बहिर निस्केको थियो, बोके दारी छुस्स पालेका, साह्रै दुप्ला र साह्रै पुड्का थिए। "  तर रुप जस्तो भये पनि मन न हो, संगतले गर्दा उन्लाई पनि टोलभोरीका बरालिएका ठिटाहरु सँग तरुनी को पछीलाग्दैमा फुर्सद थिएन। उमेर न हो। एकपटक उन्को दोस्त बाङेले खोइ कुनचाही हो फुलिवाल पुलिसको छोरी लाई जिस्कायो भनेर हनुमान ढोकामा राखेको थियो। साथी भेट्न गएका दिप लाई पनि पोल लाइदिएछन बिचरा ऐले त दीप पनि हनुमानढोकमा नै छन भन्ने हल्ला चलेको छ टोलभोरी। कुरा सत्य नै जस्तो छ, नभये त ऐले सम्म पक्कै 'शुभेक्ष्या" को अर्को भाग साझामा टासिएको भैसक्थ्यो होला।


 
Posted on 11-10-08 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिलक्षण प्रतिभाका धनी दीप साह्रै नराम्रा थिए, उन्को भुँडी प्याट्ट बहिर निस्केको थियो, बोके दारी छुस्स पालेका, साह्रै दुप्ला र साह्रै पुड्का थिए। "  तर रुप जस्तो भये पनि मन न हो, संगतले गर्दा उन्लाई पनि टोलभोरीका बरालिएका ठिटाहरु सँग तरुनी को पछीलाग्दैमा फुर्सद थिएन। उमेर न हो। एकपटक उन्को दोस्त बाङेले खोइ कुनचाही हो फुलिवाल पुलिसको छोरी लाई जिस्कायो भनेर हनुमान ढोकामा राखेको थियो। साथी भेट्न गएका दिप लाई पनि पोल लाइदिएछन बिचरा ऐले त दीप पनि हनुमानढोकमा नै छन भन्ने हल्ला चलेको छ टोलभोरी। कुरा सत्य नै जस्तो छ, नभये त ऐले सम्म पक्कै 'शुभेक्ष्या" को अर्को भाग साझामा टासिएको भैसक्थ्यो होला।


 
Posted on 11-10-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपदाको हुलिया त्यस्तो?

----!!!  


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters