[Show all top banners]

Ishwor
Replies to this thread:

More by Ishwor
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 BHAUTE HARAEKO SUCHANA

[Please view other pages to see the rest of the postings. Total posts: 241]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 142822 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 08-18-05 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


DEKHNAMA DUBLO DUBLO-MOTO MOTO, AGLO AGLO-HOCHO HOCHO, KALO KALO-GORO GORO, ANDAZI BARKHA THA BHENA NEPAL MA NIRDAL BAUDAL KO HO KI SATYAGRAHA HUDA KO BELA MA JANMEKO RE, NAAM ( bhaute) BHANTHE SAJHA BATA ACHANAK HARAUNU BHAEKO LE YO SUCHANA JARI GAREKA CHHU. FELA PARNU HUNE MAHANUBHAV LE TU- SAJHA.COM MA LYAI BUJHAI DINU BHAE MA UCHIT DANDA JARIWAN SAHIT NAJARANA TAKRAUNE THIYE.

 
Posted on 08-18-05 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्ची, कहा गएछन हाम्रा स्याउँजाली हरी पत्थर (Syangjali Harry Porter) उर्फ भउते ?

Keep rolling...


 
Posted on 08-18-05 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पसे होलान् नि ऊनि नि मुग्लान तिरै! आफू के जानुम्, खै? दादाले भेट्टउला र हात खुट्टा बाँधेर डोकोमा बोकी ल्याईपुर्?याउला! स्याईईईईईईईईईईईईईईई
 
Posted on 08-18-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asti keti ko photo rakhera tharkaideko ta bhagnu bhayecha:P
bhaute dai jata bhaye pani jaha bhaye pani ma kasam kahnchu abu dekhi kailee gali gardinaa,jaha hunu huncha yo khabar padhnu bhayo bhane sajha ma farkera aunu holaaaaaa:D:D
hehe

 
Posted on 08-18-05 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कतै मातेरा बाडि आ को त्रिशूली हीडेरा तर्?छु भनेरा हाम त फालेना बजि ये ले?
 
Posted on 08-18-05 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep rolling...

 
Posted on 08-18-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनै पुर्निमा मान्न मावली जानु भा ' छ अरे, गोबिन्दे ले भनेको ।

Keep rolling...
 
Posted on 08-18-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउतेलाई गजलको नशा लागेर rhyme खोज्न हिंडेका, भाउतेबाट माउते भएछन् . . .


 
Posted on 08-18-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीज पनि मानेर आऊने रे यसपाला ।
 
Posted on 08-18-05 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो बउतेकहाँसम्म पसेर जाम्, अस्तो खोल्सापारि बिर्खेको लैनु भैँसी किनेर ल्याम्दा डो-याउन प-यो बँधुवा भैँसि रेऽछ कता लड्छ भन्नी डर भनेर मेरो नाम्लाको बरियो मागे अनि मैले दिएको थिएँ, त्यो पनि लिएर जान्छु भन्ने हेतुले पस्या त भउते छैनन् घरमा। तागरोमा निस्केर यसो माथितिर हेर्छु त भउतेको मामा हाम्फाल्दै आऽका हातमा खुर्पा लिएर।

के भो बाहुन बा? कता हानिनु भो भन्या त, "पैला गिष्छु अनि भन्छु।" भन्छ्न् बा।
हैन के गिड्नी हो भउते बाख्रा त चर्न गए कुँडारका खरबारीमा भनेर मैले भने।

गाँढि कुरो त अर्कै रेऽछ, जनै सनै लाऽर अब भान्सा गर्न पर्यो,भान्जाले पनि भान्सा गरिसक्नु भेऽछ भनेर बुढा भान्सा गर्न गेऽछन्, भउते त मामाकी छोरी लिएर गोठतिरबाटै टाप! अब गाममा हल्लाखल्ला घटेसी फर्किन्छु भन्थे रे बटौलीमा यामेसित। कसैलाई नभन्नू भन्दै थियो यामेले मलाई। बेलुका आइपुग्यो यामे लाइट बाल्दै भरियासित।
 
Posted on 08-18-05 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घराँ चा-पत्ति (चिया पत्ति) सकिएछ, अनि चाडको बेला, जोहो त गरि राख्न परो भनेर म नि हटिया को दोकानमा यस्तै चा, सुपारी किन्न गाथें। ठ्याक्क पदे साहू (नाम त पदम हो के रे, सबैले पदे पदे भन्छन्) खस्यौली बट माल लेर आको रेछ। बटौली जाँदा सँगै राङखोला बट टडक (truck) मा भउते र को हो सरु सरु भन्थ्यो अरे, फेरि बहिनी पुनि हुन् भन्थ्यो अरे,पदे साहू सँगै गा'का अरे । "स्यानो मुख्या, आर्की एउटी बुईनी र म सँगै गाका हुम। पछि मुख्या र बुईनी त लाहूर जानी भनेर बटौली बट नि उँधो भैरबा तिर जानी मटर चडे के रे, म भनी माल लेर फर्कें।" भन्थ्यो त पदे साहूले ।

दादा कुरो झिरीप छ है । गोतामे जी, लौ है, कतै पैसा सैसा सापटी त लेको थेन ? बही तमसुक त बनाम्नु भा कै होला के रे ।

Keep rolling...
 
Posted on 08-19-05 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरी मेरो चिल्लो खप्पर!

भउतेको मामाकी छोरी यस्ती चिटिक्क परेकी थिई, बज्ज्येसंग दोस्ती गाँसेकै मामाकी छोरीलाई कहिले काहिं यस्सो नजर लाउन पाम्ला भनेर। "धन्दा नमान्, पुन्टे, अईले मलाई दुई खिल्लि याक किन्दे, मेरी मामाकी छोरी तलाईं नै भो" भनेर कति पटक किरिया सम्म पनि खाऽथ्यो!

अईले आऽर आफैंले उडाउनि? थुईक्का!

ठिकै छ। घुमोस, फिरोस अईलेलाई। कुनै दिन त गाम फर्किनै पर्ला नि! अनि तेस्को मामाकी छोरी, कहाँ जालिस मछ्छेली, मेरै डँडिया! हुनलाई त अर्कैले पोईला लईसक्या, फेरि आफ्नु नि नभाऽ नि हो...कान्छी बनाम् भनेर मात्र ताक्या!

भउतेले भगाई सक्या बज्ज्येको मामाकी छोरीको नाममा गीत गाम्न मन लागो!

(कलकत्ते काईंयो को तालमा)

त्यो हिमाल माथी थ्याङ्बोछे गुम्बा,
तिं माथी ल्हासा छ?
त्यो हिमाल माथी थ्याङ्बोछे गुम्बा,
तिं माथी ल्हासा छ?
अर्काको सन्तान, अर्काको आईमाई,
तै पनि आशा छ!

हे धानकै बाला झुल्याउँला, मायालाई फुल्याउँला!

ए, मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्!

 
Posted on 08-19-05 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-19-05 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वै के हो के हो पुण्टे दाई ।

सिर्बानी पुलामी दाईको जेठो छोरो मसिना पल्टनिया लाहुरे भएर ४ वर्ष पछि बल्ल पहिलो छुट्टी आ' को रहेछ।भैरबामा ठ्याक्क मटरे बाटामै भौते सित भेट भएछ । मसिना पनि पहिले त भौते सितै स्कूल जानी गर्थ्यो के रे लाहुर गएर भर्ती नहुँदै ।

मैले कति जाना मुन्छे थे त भनेर सोधेको "लेकिन अकेला नै थे" भन्थ्यो ।
मसिनाले "भौते, घर तिरको के छ त काईदा ? " भनेर सोधेको रे।
अनि भौतेले "गाममा आईमाईले साह्रै दुख पाए यो ढिकी-जाँतो गर्नलाई। जाँतो त सबैका घराँ छ, धान कुट्न जहिले नि मेरै घराँ आम्छन।ती आईमाई हुरलाई दिन भरि काम गरेर राति फेरि अन्न पार्न एउटा चौरास दुख, म फेरि आवाज आएर सुत्न नि कहिले पाएको होइन। तेही भएर एउटा धान कुट्नी र एउटा कोदो पिस्नी किर्सिनी तेल (kerosene) ले चल्नी भटभटे मिल हाल्न परो गाममा भनेर मिल किन्न आको ।" भन्थ्यो अरे ।

"लेकिन बहुत अच्छा काम गर्न ला का रैछन् भौतेले त ।जल्दी नै मिल लेर आम्छु भन्थे के रे " भन्थ्यो त मसिना लाहुरे ले त ।

दादा, खोज्नै जान पर्नी हो कि, मान्छे पिच्छे फरक फरक कुरो गर्दा रैछन भौतेले, एक बाजी कुरो बुझ्न नी हुनी, जानै पर्च कि बटौली तिर, दादा लाई चाईनी भा म नि सईं गइ दिम्ला ।

Keep rolling...
 
Posted on 08-19-05 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जो छ, हाम्रो देशाँ दिनको ५ जना वादीले ५ जना आर्मीले लापत्ता पार्छ र त देश चल्दैछ, भने यो जो छ एउटा केटो, नाम के रे? भउते? अँ भउते भन्ने एउटा केटो केई दिन्लाई गायब भो त के भो? कमसेकम ती बन्दुकेका फेला त परेका होउनन्।

नभए, यो जो छ गोर्खापत्र-सोर्खापत्र तिर पनि यसो सूचना छाप्न पर्च क्यारे बन्धु हो। फुटोसितै। यो साझाको आँगनाँ बाजा बजाएर मात्तै खै तिरो लाग्ला जस्तो लागेन है!
 
Posted on 08-19-05 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कुरोको चूरोको भेऊ पाउन सारै पर्ला जस्तो छ । अब क्या' अर्नी ? बटौलीको भट्टीतिर त छैनन् कतै भउते दाई । टाट भएर आउने भए बिचरा; मील किन्न स'योग गर्नु परो भने र दशौटा नोट सापट देको थेँ । मील किन्ने दाम मैँयाहरुलाई चढाएर आफुचाहिँ नील हुने भे बूढा ।
 
Posted on 08-19-05 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


o;kfnfsf] hg}k"l0f{dfdf ;aeGbf k}?nf wfuf] afGg d]/fdf g} cfp?5' eGg] s;d VjfP/ d}n] t emg u'? agfpg] ef?sf] t d]/L af:;}, u'?hL g} 6fk . km]l/ s'/f] ;'Ggdf klg s] s] xf] s] s], s;}n] ;/n]nfO{ eufP/ nUof] /], s;}n] ldn lsGg a6f}nLdf e]6]/] . xg, vf?6\6L s'/f] r}+ s;}nfO{ klg yf e]?g . st} 7u]n] 7f]s7fs kf/]/ cf]vtL g} cg{ kg]{ e]?/, a6f}nLsf] v:ktfn lt/ t 5}gg\ < a8f] kL/ ef] af . nf}g rf?8f] vf]hvfh kfg'{ k/f] . cfk\mgf] t kL/n] Hofg} ;'Sg cf?l6;sf] . km]l/ ;do klg cg's"n 5}g, st} /ftL k'ln; aHh]sf] km]nf kl/ ls< dfcf]jfbL eg]/ y'Gg kf] nu ls< cl:t Sofgfd, bf/L;f/L em'Dd kfn]]sf lyP a'9fn] . P afh], Tof] bf/L lsg kfn]sf] eGbf, k};f] geP/ eGy] . d}n] uf]8f !) ?Kof? b]/ nf} t];f] e] oNn] sfd rnfd eg]/ klg b]sf] y]+ . a]n'sL To} dfYnf 3/] ;fO{+nLsf] e6\6Laf6 lgSnb} lyP afh]nfO{ d}n] 6f9}af6 lrlgxfn]+ . a"9fnfO{ e]6fDg bu'b}{ uf?y]+, sxf? a"9f] t vNnL /]?5g\ . stf efu] efu] d}n] e]6fDg} ;lsg . To;kl5 gb]v]sf] cfh 7\ofSs} ! d}gf e]?5 . nf}g vfHg hfg' k/f] ;femfaf;L xf] ept] u'?nfO{.
 
Posted on 08-19-05 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau maryo font nai 6aina re6. k aram yo nepali ma type garne bhako ta jhan, kya fasad!!!!!!
 
Posted on 08-19-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाम त भौतेको गामबाट खोला पारी हो के रे, अहिले बर्खामा खोलो बढेको छ, मुन्छे तेती बिधी ओहोर-दोहोर अर्दैनन् के रे ।तेती बिधी जम्मै कुरो त थाहा हुन्न । तैपनि यसो गाई-गुई त चलि हाल्छ । एउटा हल्ला चलेको छ, हुन नहुन त भगवान जानुन, सुनाम है ।

बटौली पुगेसी ती संगै गाऽकी चेली सित बिहे अर्नी बिचार गरेका अरे । अनि बटौली को सिरानमा सिद्ध बाबाको थानमा गएर ब्या अर्नी सुर कसेछन सईंले ।

अब कहिले गाम नछोडेका के रे बरा, ब्या अर्न लाई त पण्डित खोज्न परो । अब गाम हुँदी त अरु गाम्ले भन्दा पण्डित मुन्छे अलग्गै चिनिन्थे । अरु गाम्ले ले कट्टु, पयँट (pants, trousers) कि तेस्तै कछाड लाम्छन तर जो खाँटी बाहुन, पुज्यारी पण्डित ले त घुँडा मुनि पैताला सम्मै आउनी गरी सेतो धोती बाँधेर हिड्छन। भनेसी लामो धोतीपाटा काछेर हिडेको मुन्छे जो पुनि पण्डित हुनी के रे गाममा त, फरकै नपर्नी ।

भौतेको पालो बटौलीमा एउटा लामो धोती लाको मुन्छे लाई लौ न गुरजी, हाम्रो ब्या गर्दिन परो भनेछन। तर तो मुन्छे त कहाँको पण्डित हुन्थ्यो र? अब मधेशमा त देसी मुन्छे जति सप्पैले धोती नै काछेर हिड्छन नि । अनि त्यही देशीले त, बिहे गरिलिने, त म कराईहाल्छु हुजुर भनेछ । अनि फेरि त हुजुरको जो छ, पहिले यो प्रसाद खाईलिनुस, त के छ आज मुहुरत छैन, त यो प्रसाद खाई लिनु भए पछि त पबित्तर भईहाल्छ र शादी-वादी गर्न चलि हाल्छ भनेछ। अनि भौते र ती चेलीलाई कुन्नि के हो खान दिएछ प्रसाद भनेर। एकै छिनमा त दुबै जाना बेहोस भएछन। अनि के के लुटेछ कि के के गरेछ, कसै कसैले त ती चेलीलाई भन्न नहुनी कुरा नी गरेछ भन्छन। फेरि कसैले भौतेको बेइज्जत अर्न ठगेले यस्तो हल्ला पिटाको हो, केही पुनि भाछैन, मील लिएर आम्छन, कोही केटी लगेका छैनन । घरबाट हिड्दा सरले सँगै गा का हुन, सरले आफ्नो मावली जान तुलसी भञ्ज्याङ्ग मा नै उत्रेर गई, भौते मत्रै भैरबा गा का हुन पनि भन्छन। के भा हो, अब दैब ले नै जानोस ।

Keep rolling...
 
Posted on 08-19-05 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि जाठ्ठा साझाका केटाहरु जे मून लाग्यो त्यही भन्चन । अब भउते केटो आफ्ना मामासं नपूग पैसा सापट लिएर भटभटे मिसिन किन्न बटौली गको मेरै आखाले देखेको , जे मून लाग्यो त्यइ बोल्न पाइन्च । अब कता मामाको छोरी सं सल्कियो पो भन्चन गांठे । थूक्क बजियाहरु बिचरो त्यो भउते केटो लाइ तेस्तो बापत लाउनी , राम राम भन्दा पनि पाप लाग्च । मामाले नै तिम्लाइ साथि हून्च तिमौरु संगै जाऔ , एक्लै त्यत्रो पैसा लिएर हिड्दा खतडा हुन्च भनेर पो संगै गका हून , हेर जनै पुर्न्या तेस्तो अछुत शब्द बोल्ने । भउतेले भटभटे मिसिन ल्यासी त म मूरि को थैलो एक्लै लिएर जान्चु धान कूट्न । मेरा भैसी छैनन् , ए केटाओ तमोरु लाइ ढुटो चाइन्च भने आओ हइ म सं ।
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters