[Show all top banners]

SAP Dude
Replies to this thread:

More by SAP Dude
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 रेखाको झापड उपहार पाउने गाइजात्रे लेख
[VIEWED 7866 TIMES]
SAVE! for ease of future access.
Posted on 08-07-12 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Disclaimer....This is a Gaijatra article...please do not fight with eachother over it. I thought the writing style was very unique. I know this is going to offend some people who will compare Rekha Thapa to their mothers. I apologize to those in advance for posting it.

नामै त ‘गाइजात्रा’ अनि हाम्रा गाइजात्रे कलाकार र गाइजात्रे पत्रकारको बीचमा गाइजात्रे झापड हानाहान गराउने लेखमा खासै नयाँ कुनै कुरा छैन । सबै जसो सुनिसकेका जोक संगालेर रेखालाइ पागल भएर छबी संग पारपाचुके गरेको भन्ने आशयको यस गाइजात्रे लेखलाइ रेखाले अनाबस्यक महत्व दिएको हो कि ?

भएको के थियो भने, सौर्य दैनिकका पत्रकार चिरन्जिबी पौडेलले एक गाइजात्रे लेख लेखे रेखा थापाको मिनी स्कर्टको बिषयमा चलेका जोक संगालेर । रेखालाई चित्त बुझेनछ र सौर्य दैनिकको कार्यालयमा गएर तेस्तो लेख लेखेको बिरोध गरिछन । त्यहाँ भनाभन हुँदै गर्दा रेखाले चिरन्जिबी पौडेलको गालामा एक चड्कन लगाइछन । त्यसको बदलामा पौडेलले पनि एक झापड हानेछन । (अंग्रेजीमा)

झापड हानाहान गराउने सौर्य दैनिकमा छापिएको लेखको पूर्ण पाठ तल दिइएको छ:

रेखा थापाको मिनिस्कर्ट रहश्य

एक दिन सुटिङमा जानेबेला रेखा थापा आफ्नो मिनिस्कर्ट खोज्दै थिइन् । नभेटेपछि श्रीमान् छवि ओझालाई सोधिन्, ‘डयाडी, (रेखा आफ्नो श्रीमान्लाई डयाडी भन्छिन्) तपाईंले मेरो गुलाबी कलरको मिनिस्कर्ट देख्नुभयो ?’

छवी : ए, त्यो त मैले धोएर थन्क्याइदिएको छु ।
रेखा : कहाँ छ त ?
छवि : ऊ त्यो सलाइको बट्टाभित्र

आफ्नो नयाँ फिल्म ‘सालीको पोइ’ को प्रिमियर हेर्न हल गएकी रेखालाई बेस्सरी पिसाबले चाप्यो । हाफ टाइम हुनासाथ उनी दौडिँदै शौचालयभित्र छिरिन् । तर, त्यो परेछ पुरुष शौचालय । आफ्नो पछिपछि धेरै पुरुषको भिड लागिसकेको उनले मेसो पाइनन् । हतार–हतार पिसाब गर्न बस्न खोज्दा टाइट मिनिस्कर्टले दिएन । मिनिस्कर्टको पछाडिपट्टि फस्नर थियो । पछाडि हात लगेर फस्नर अलिकति उघारिन् र फेरि बस्न खोजिन् । तर, अझै भएन  । फेरि फस्नर अरू धेरै उघारिन् र बस्न खोजिन् । यसपालि पनि सकिनन् । आखिर पूरै फस्नर उघारिन् र बस्न खाजिन् । यति गर्दा पनि भएन । यत्तिकैमा पछाडिबाट एक सज्जनले उनलाई जुरुक्क बोके र खुट्टा फट्याइदिँदै भने– लौ पिसाब फेर्नुस् । अत्तालिएकी रेखाले पिसाब गरिसकेर पछाडिको मान्छेलाई हेर्दै भनिन्, ‘तपाईं को हँ ? नचिनेकी केटीलाई यसरी बोकेर पिसाब फेराउन लाज लाग्दैन ।’
सज्जनले विनम्र हुँदै भने, ‘तपाईंले मेरो पाइन्टको फस्नर खोलिदिएर सहयोग गरेपछि मैले यति गर्न केको लाज ?’

छवि ओझा आफ्नी हिरोइन श्रीमतीका लागि मिनिस्कर्ट सिलाइदिन टेलरकहाँ पुगे । उनले रुमाल जत्रो कपडा टेलरवालालाई दिँदै भने– दुईवटा मिनिस्कर्ट सिलाइदिनु है ?
टेलर : तर, यत्रो कपडा…
छवि : (कुरा काट्दै) बाँकी रहेको कपडा तपाईंलाई नै भो ।

रेखा थापालाई एकजना फ्यानले विदेशबाट साइनिङ अन्डरवेयर (चम्किने कट्टु) उपहार पठाइदिएका थिए । अमेरिकाबाट पठाइदिएको भनेपछि त्यो लर्तरो कट्टु थिएन । प्राय: हलिउड सेलिब्रिटीले लाउने त्यो कट्टु यति चम्किलो थियो कि धेरै बेरसम्म हे-यो भने जो कोही पनि त्यसको प्रकाश धान्न नसकेर बेहोस हुनसक्थ्यो । रेखालाई कट्टु साह्रै मनप-यो तर आखिर प-यो कट्टु । अरूलाई कसरी देखाउने भनेर समस्या प-यो उनलाई । तर, उपाय सुझ्यो । राति साइनिङ अन्डरवेयर लगाएरै सुतेकी रेखा भोलिपल्ट बिहानै आफ्नो सबैभन्दा खुकुलो मिनिस्कर्ट भिरेर सुटिङमा हिँडिन् । उनले सुटिङमा कुनै जुक्ति निकालेर अन्डरवेयर देखाउने विचार गरिन् ।

 

नभन्दै एक दिन ‘मान्छेभन्दा भुँडी ठूलो’ नामक फिल्मको सुटिङमा उनले रूख चढ्नुपर्ने दृश्य थियो । गाउँले केटीको रोल भए पनि रेखाले मिनिस्कर्ट नै लगाएर रूख चढ्ने अडान लिइन् किनकि उनलाई साइनिङ अन्डरवेयर जो देखाउनु थियो ।

निर्देशकको के जोर चल्थ्यो, उनले चोली र मिनिस्कर्ट लगाएर रूख चढ्न रेखालाई अनुमति दिए । यता क्यामराम्यान मुन्तिरबाट क्यामेरा सोझ्याउँदै थिए । रूखमा अलि माथि पुगेपछि रेखाले नियतवश आफ्ना दुई खुट्टा अलिकति फट्याइदिइन् । रूखमुनि रहेका क्यामराम्यानले दुईचोटि वाह, वाह भने र त्यहीँ बेहोस भए ।

के भएछ भनेर निर्देशक उनको ठाउँमा आएर माथि हेरे । उनलाई पनि रेखाले खुट्टा फट्याएर देखाइन् । निर्देशक पनि धेरै बेर टिक्न सकेनन् र वाह ..  वाह … भन्दै भुक्लुक्क भए । एवं रितले सुटिङ युनिटका सबैजना पालैपालो वाह .. वाह … भन्दै त्यहीँ ढले । अन्तत: त्यस दिन सुटिङ नै हुन सकेन ।

यता, रेखा आफ्नो साइनिङ अन्डरवेयरको करामत देखाउन पाएर गदगद हुँदै घर फर्किइन् । घर आउनासाथ उनले श्रीमान् छवि ओझालाई बेलिबिस्तार लगाइन, साइनिङ अन्डरवेयरको चमत्कारको । तर, छवि त टाउको समातेर रुन पो थाले । एकछिनमा फुलिएपछि उनले भने, ‘म बिहान उठ्दा तिम्रो साइनिङ अन्डरवेयर त मैले लगाएर हिँडेको थिएँ ।’

छविले रेखाको मिनिस्कर्ट धोएर छतमा सुकाएका थिए तर उठाउन जाँदा मिनिस्कर्ट त भँगेराले टिपेर उडिरहेको देखे । हत्तेरी भन्दै उनले ओर्लेर रेखालाई भँगेराले मिनिस्कर्ट चोरेको सुनाए । रेखाले निर्धक्क हुँदै भनिन्, ‘ढुक्क हुनुस्, डयाडी † त्यसले मिनिस्कर्ट फिर्ता ल्याइदिन्छ ।’

नभन्दै भोलिपल्ट त मिनिस्कर्ट छतमा ल्याएर मिल्काइदिएको रहेछ भँगेराले । उठाउन खोज्दा छविले मिनिस्कर्टसँगै एउटा सानो चिठ्ठी देखे । त्यसमा लेखिएको थियो, ‘साह्रै टाइट भयो, त्यसैले फिर्ता ल्याइदिएँ ।

पत्रिकाहरूले साह्रै खेदो गरे भनेर एक दिन रेखाले आयन्दा मिनिस्कर्ट नलाउने निधो गरिन् । उनले यो कुरा श्रीमान्लाई सुनाइन् । ‘डयाडी  म अबदेखि मिनिस्कर्ट लाउँदिन, पत्रिकाहरूले साह्रै खेदे ।’
छवि गदगद भए उनको कुरा सुनेर । भने, ‘मैले जुन कुरा वर्षौंदेखि भन्न चाहेर पनि भन्न सकेको थिइनँ । आज तिमी आफैँले भन्यौ । यो मेरो सबैभन्दा खुसीको दिन हो ।’ छवि भावुक भएर रुन थाले ।
तर, रेखाले भनिन्, ‘त्यति धेरै खुसी हुनुपर्दैन, डयाडी । मैले मिनिस्कर्ट लाउँदिनँ मात्र भनेकी हुँ, त्यसको ठाउँमा अर्थोक लाउँछु त भनेकी छैन नि ’
छवि फेरि रुन लागे ।

रेखा थापा फिल्मको सुटिङमा थिइन् । भिलेनलाई उनले किक हानेर ढाल्नुपर्ने दृश्य थियो । रेखाले मिनिस्कर्ट लगाएरै किक हान्न चाहिन् । दुवै जना तयार भए । निर्देशकले एक्सन भन्दै खुट्टा उज्याएर भिलेनलाई बजाउन रेखालाई इसारा गरे । रेखाले दायाँ खुट्टा उचालिन् तर मिनिस्कर्ट निकै टाइट भएकाले खुट्टा धेरै माथि उठेन । खुट्टा टेकिन् र फेरि अर्को खुट्टाले प्रयास गरिन् । यसपटक पनि उनको खुट्टा भिलेनको घुँडाभन्दा माथि पुग्न सकेन । उनले अलि बल लगाइन् । ला…, मिनिस्कर्ट नै ध्यार्र गर्žयो । सुटिङ युनिटका सदस्यहरू मुखामुख गर्न थाले । अर्को मिनिस्कर्टको जोगाड गर्न निर्देशकले सहायकलाई इसारा गरे । तर, रेखाले भने मिनिस्कर्ट बदल्न कुनै चासो देखाइनन् । बरु अलि लजाएजस्तो गरी मुसुक्क हाँस्दै सरी भनिन् । उनी टेक दिन फेरि तयार भइन् र खुट्टा उचालिन् । यसपटक अलि माथि पुर्žयाइन् । तर, मिनिस्कर्टको पछाडि भागमा झन् बेसरी ध्यार्र गर्žयो । यसपटक भने रेखा पनि लाजले पानी–पानी भइन् । ‘हिजो मासु धेरै खाएकी थिएँ,’ रातो–पिरो अनुहार लगाएर उनले भनिन् । त्यतिबेलासम्म वरिवरि रहेका सबै नाक थुनिरहेका थिए ।

रेखा थापालाई कामको व्यस्तताबाट फुर्सद मिलाएर एक्लै गाउँतिर डुल्न मन लाग्यो । माथि सानो स्लिभलेस टिसर्ट र तल आफ्नो भएसम्मको छोटो मिनिस्कर्ट लगाएर उनी काठमाडौंनजिकैको एउटा गाउँमा पसिन् । आफूलाई कसैले नचिनून् भनेर उनले अनुहारको मेकअप नगरी हिँडेकी थिइन् ।

तर, गाउँ पस्नेबित्तिकै रेखा विपत्तिमा परिन् । गाउँका भूराहरू उनको छोटो लुगालाई औँल्याउँदै कुरीकुरी भन्दै पछि दगुर्न थाले । जति हप्काउँदा पनि नटेरेपछि रेखाले तिनीहरूलाई स–साना ढुंगा टिप्दै हान्न थालिन् । यत्तिकैमा केही गाउँलेले देखे । एउटी अर्धनग्न आइमाईले केटाकेटीहरूलाई ढुंगाले हान्दै गरेको देखेर उनीहरूले बहुलाही भन्ठाने । कसैले प्रहरीमा मोबाइलबाट फोन गरेर बढाईचढाई गर्दै भन्यो एउटी बहुलाही गाउँमा नांगै घुमिरहेकी छ ।

केहीबेरमा पुलिस आयो र ‘नांगी बहुलाही’ लाई एउटा ठूलो कम्बलले घर्लप्प छोपेर गाडीमा हालेर लग्यो । रेखा केही भन्न खोज्दै थिइन् तर मौका पाइनन् । पुलिसचौकीमा लगेपछि भने उनले ठूलै आक्रोश झिकिन् । तिमीहरूले मलाई यहाँ ल्याउने हिम्मत कसरी गर्žयौ ? म को हुँ, थाहा छ ? म हिरोइन रेखा थापा हुँ, रेखा थापा ।

उनको कुराले प्रहरीहरू पेट मिचिमिची हाँस्न थाले । प्रहरी निरीक्षकले उनलाई पहिले मानसिक अस्पताल लैजान आदेश दिए । मानसिक अस्पतालमा जाँच्ने डाक्टरलाई पनि उनले पटकपटक आफू हिरोइन रेखा थापा भएको बताइन् तर डाक्टरले के पत्याउँथे, बहुलाही नै भन्ठाने । डाक्टरले निधो गरिदिए, उहाँले रेखा थापाको फिल्ममा कुनै डरलाग्दो दृश्य हेरेर उहाँलाई मानसिक दौरा परेको देखिन्छ । सामान्य उपचारले हुँदैन । इलेक्ट्रिक सक नै दिनुपर्छ ।

अन्तत: उनलाई बाँधेर इलेक्ट्रिक सक दिइयो । सकले गर्दा रेखाको मगज साँच्चिकै असन्तुलित भयो । पछि उनी मानसिक अस्पतालबाट भागेर त निस्किन् । तर, उनको मानसिक अवस्था अहिले पनि ठेगानमा आउन नसकेको बताइन्छ ।

(स्मरणीय रहोस्, यही बिमारीले चापेका बेला रेखाले रामनामीलाई लगौँटी बनाएर नाचेकी थिइन् । छविले रेखासित छुट्टिने निर्णय लिनुमा पनि यही बिमारीको कारण रहेको बताइन्छ ।)

***

नेताहरू के भन्छन् ?
रेखाको मिनिस्कर्टबारे तीनजना नेताहरूसित मागिएको धारणा जस्ताको तस्तै

पुष्पकमल दाहाल
मने, नेपाली क्रान्तिको सन्दर्भमा यो बडो जटिल एवं अहं सवाल हो भन्ने मेरो बुझाइ छ । कमरेड रेखा थापाजीको मिनिस्कर्ट र नेपाली क्रान्तिको के सम्बन्ध छ र भन्ने प्रश्न त एउटा कित्ताबाट निश्चितरूपमा उठ्ने नै छ तर हाम्रो गौरवशाली पार्टीको ठम्याइ के छ भने नेपाली क्रान्ति र मिनिस्कर्ट एक–आपसमा घुलमिल भएर आएका छन् र यिनलाई छुट्याएर हेर्न मिल्दै मिल्दैन भन्ने नै हो । हामीले मिनिस्कर्टको रूप पक्षलाई मात्र हेरेर हुँदैन, सार पक्षमा पनि जानुपर्छ भन्ने हाम्लाई लाग्छ । रूप पक्षमा अलिकति तडकभडक देखिए पनि सारमा यसलाई नेपाली महिलामुक्तिको एउटा महान् केन्द्रबिन्दुका रूपमै लिनुपर्छ भन्नेमा दुई मत छँदै छैन । कामरेड थापाजीको जुन क्रान्तिकारी स्प्रिट छ, त्यो मिनिस्कर्टकै कारणले पनि हो भन्ने महान् नेपाली जनताले निश्चितरूपमा बुझेकै छन् ।
जस्तो मैले पनि विगतमा कमरेड रेखाजीसित कम्मर जुधाएर नाच्ने अवसर पाएकै हो र त्यसलाई मैले एउटा ‘ब्रेक थु्र’ का रूपमा लिएको छु । मने, त्यो घटनापछि म धेरै दिनसम्म मनमनै कुत्कुतिएको स्थिति पनि रहेको थियो । त्यतिबेला पनि उहाँले मिनिस्कर्ट नै लगाएर नाच्नुभएको भए अझै त्यसले महान् नेपाली क्रान्तिलाई स्पष्ट रूपमा उजागर गथ्र्यो भन्ने पनि मलाई लाग्छ ।

केपी ओली
‘काम पाइनस् बुहारी पाडाको कन्डो कन्या’ भन्या जस्तो प्रश्न भो यो त † को हुन् रेखा थापा ? सूर्यबहादुर थापाकी छोरी हुन् ? कि कमल थापाकी भाइबुहारी ? ए, साँच्ची अस्तिनै हुँदो सर्वहारावादी कामरेडसित ढिङ ठोक्काई–ठोकाई नाच्ने फ्याङ्ली हिरोनी हुन् क्यारे †
हुन त यस्ता खुद्रा–मसिना कुरामा बोलिहाल्ने बानी त होइन मेरो, तैपनि प्याच्च सोधिहाल्नुभो, उत्तर दिनैपर्žयो । ती नानीलाई जब म हेर्छु आक्कलझुक्कल टेलिभिजनमा । बडो उदेक लाग्छ । रंग न ढंगसित झ्याम्टा हल्लाएर लैनो बाछोजसरी उफ्रिदैमा हिरोइन भइन्छ ? देखाउनुपर्ने कुरा देखाउन सक्नु छैन, छोप्नुपर्ने कुरा ह्वाङ्गै देखाको छ । हिरोनीले देखाउनुपर्ने कला हो, त्यो चैँ छैन, छोप्नुपर्ने साँप्राहरू देखाएर दुनियाँका छोरालाई बिगारेकी छन् । रेखा थापा हुन् कि देखा थापा हुन् ? अँ, त्यो केजाति मिनिस्कर्ट रे † मुस्किलले गुप्तांग छोप्ने ४ इन्चको टालोलाई मिनिस्कर्ट भन्न मिल्ने हो भने मैले सिगान पुछ्न खल्तीमा बोक्ने गरेको पकेट रुमाललाई पनि मिनिस्कर्ट घोषणा गरिदिन्छु, हुन्छ ?

उपेन्द्र यादव
मलाई पहाडे हिरोइनको कुरा के सोध्नुहुन्छ ? पहाडे हिरोइन पनि कोई हिरोइन छ ? पारिका हिरोइनको कुरा गर्नुस् न ? प्रियंका चोपडाको लट्का हेर्नुस्, दीपिका पादुकोणेको झट्का हेर्नुस् । वाह † मुख रसाइहाल्छ । मिनिस्कर्ट त उनीहरूलाई पो सुहाउँछ । पहाडे हिरोइनको पुठ्ठा मिनिस्कर्ट लगाउने खालको कहाँ छ ? रेखा थापाको बात के गर्नुहुन्छ, पारिको रेखालाई हेर्नुस्, ६० साल पुग्दा पनि आग लगाउने जिस्म छ । नेपाली हिरोइनमा त के दम छ ? हेर्नुस्, नेपाली फिल्म इन्डस्ट्रीमा त  पूरा बाहुनवाद हाबी छ । सबै पहाडेहरूको हालिमुहाली छ । एकजना पनि मधेसी हिरोइन देख्नुभएको छ ? मधेसी जनतामाथि शासकले कति ठूलो विभेद गरेको छ हेर्नुस् त ? के मधेसका लड्कीलाई मिनिस्कर्ट लगाउन आउँदैन ? नेपाली फिल्म इन्डस्ट्रीमा पनि अब समावेशी प्रणाली लागू गर्नुपर्छ । मधेसीलाई ४० प्रतिशत आरक्षण छुट्याउनै पर्छ । अब बन्ने संविधानमा यस्तो आरक्षण व्यवस्था भएन भने हामी दोस्रो मधेस आन्दोलन गरिहाल्छौँ । मधेसमा पहाडेले बनाएका एउटा फिल्म पनि चल्न दिदैनौँ । एक मधेस एक प्रदेश हुनुपर्छ । नत्र मधेसमा आगो लाग्छ ।



 
Posted on 08-07-12 9:40 AM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It wasn't so bad after all. When I read in news that she slapped the writer I thought it must have been really really bad. I think it was just plain humor which she was not able to take in good stride.

Instead of slapping him, she should have presented the writer with her old mini skirt since he was so into it.

 
Posted on 08-07-12 12:20 PM     [Snapshot: 268]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i agree with grgdai, medai personality should have become more happy with this type of article coz it increasing her value and publicity. that too free of cost
 
Posted on 08-07-12 12:25 PM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेखा थापाको फिल्ला चै दामी छ| सोच्दा नै सिरिङ्ग हुने

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters