धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फालिएको अवस्थामा फेला परेको नवजात शिशुको
धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फालिएको अवस्थामा फेला परेको नवजात शिशुको आमाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले
शिशुको आमा २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ सुरु गरेको छ।
प्रहरीका अनुसार राममति राना विवाहित महिला हुन् र उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। प्रसव पीडाका कारण उनी हाल धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु झाडीमा फाल्नुको वास्तविक कारण तत्काल खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।
यसअघि आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। शिशुको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र सोधपुछपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 16
· Viewed 16300
· Likes 3
· Posts 8
· Viewed 9186
· Likes 3
· Posts 1
· Viewed 4617
· Likes 3
· Posts 1
· Viewed 4961
· Likes 3
· Posts 11
· Viewed 18942