LAW: धुर्मुस अर्थात सिताराम कट्टेलले लिएको अमेरिकाको Extraordinary Ability Green Card (EB-1A)” कस्ता व्यक्तिले पाउँछन् ? - Sajha Mobile
SAJHA MOBILE
LAW: धुर्मुस अर्थात सिताराम कट्टेलले लिएको अमेरिकाको Extraordinary Ability Green Card (EB-1A)” कस्ता व्यक्तिले पाउँछन् ?
Posts 1 · Viewed 1797 · Go to Last Post
ojhasamajdhangadhi
· Snapshot 0
Like · Likedby · 0
यस्ता कार्ड अमेरिकामा त्यस्ता व्यक्तिले पाउँछन् जसले आफ्नो पेशागत क्षेत्रमा असाधारण उपलब्धि प्रमाणित गर्न सक्छन्।यसलाई धेरैले extra ordinary green card भनेर पनि भन्छन्।यो अमेरिकामा स्थायी बसोबासको लागी सबैभन्दा छिटो प्राप्त हुने ‘ग्रीन कार्ड’ हो।
यो ‘ग्रीन कार्ड’ निम्न क्षेत्रका व्यक्तिहरूले पाउँन सक्छन्
१. कला (Arts) मा ख्यातिप्राप्त व्यक्तिले पाउँछन्।जस्तै..गायक, कलाकार, लेखक, नृत्य, अभिनय, फिल्म, डिजाइन आदि।
२.विज्ञान (Science) अन्तर्गत वैज्ञानिक, अनुसन्धानकर्ता, इन्जिनियर, टेक्नोलोजी विशेषज्ञ आदी।
३. व्यवसाय (Business) अन्तर्गत भने असाधारण उपलब्धि भएका ठूला उद्यमी, उच्च स्तरका बिजनेस भएका व्यक्ति जस्लाई प्रतिष्ठित उधोगपतिको रुपमा चिनिन्छ।
४. शिक्षा (Education) मा भने प्राध्यापक (professor) अनुसन्धानकर्ता,राम्रो एकेडिमिक उपलब्धि भएका व्यक्ति।
५. खेलकुद (Athletics) अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त खेलाडी, कोच जस्ले अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएको छ र ठूला महत्वपूर्ण उपाधि जितेको र उपलब्धि हासिल गरेको छ तिनीहरुले पनि पाउँछन्।
कस्ता कागजपत्र चाहिन्छन् त ?
आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरमा असाधारण उपलब्धि प्रमाणित गर्नुपर्छ।USCIS ले तलका १० मध्ये कम्तिमा ३ प्रमाण अनिवार्य मान्छ:
-पुरस्कार (Awards)
-राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण पुरस्कार
(उदाहरण: National Award, International Award, Championship आदि)
-प्रख्यात संस्थाले मागेर बोलाएको सदस्यता (Membership)
-उत्कृष्टताका आधारमा मात्र सदस्य बन्न पाउने संस्था।
-मिडिया कवरेज (Published Material About You)
-तपाईंको कामबारे समाचार, लेख, टिभी रिपोर्ट, मिडिया कभर।
-जजको रूपमा सहभागिता (Judge of Others’ Work)
-प्रतियोगिता, अनुसन्धान मूल्यांकन, सम्मेलन समीक्षक आदि।
-असाधारण मौलिक योगदान (Original Contribution)
-विज्ञान, कला, व्यवसाय वा खेलक्षेत्रमा महत्वपूर्ण योगदान।
-प्रतिष्ठित प्रकाशन/काम (Scholarly Articles)
-अनुसन्धान लेख, जर्नल, किताब, पेशागत प्रकाशन।
-ठूलो प्रदर्शन (Exhibitions / Showcases)
-कला, फिल्म, फोटो, सिर्जना आदि प्रतिष्ठित ठाँउमा देखाइ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 479
· Posts 1 · Viewed 214
· Posts 1 · Viewed 252
· Posts 5 · Viewed 1842 · Likes 1
· Posts 1 · Viewed 301
· Posts 3 · Viewed 2272
· Posts 1 · Viewed 335
· Posts 1 · Viewed 339
· Posts 1 · Viewed 600
· Posts 10 · Viewed 5125



Travel Partners
Travel House Nepal